सप्तरीमा ४८१ संक्रमित निको भएर घर फर्किए

 न्यूज विराट
सप्तरीमा ४८१ संक्रमित निको भएर घर फर्किए

राजविराज, ४ भदौ-सप्तरीमा बिहीबारसम्म ४ सय बढी कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार हालसम्म ४८१ जना संक्रमित निको भएर घर फर्किएका हुन् ।

सप्तरीको १८ वटै स्थानीय तहमा संक्रमण फैलिएको छ । संक्रमणका कारण हालसम्म ४  जनाको निधन भएको स्वास्थ्य कार्यालयको तथ्यांकमा छ ।

जिल्लामा बिहीबारसम्म ७०७ जनामध्ये आइसोलेसनबाट ४९ महिला र ४३२ गरी ४८१ जना निको भएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । अहिले साईकृष्ण मेडिकल भवनमा सञ्चालित आइसोलेसन केन्द्रमा ११३, तिलाठी कोइलाडी गाउँपालिकाको आइसोलेसनमा २३, होम आइसोलेसनमा ५९ र प्रहरी तालिम केन्द्र आइसोलेसनमा २२ जना गरी २१७ जना उपचाररत रहेको स्वास्थ्य कार्यालयका निमित कार्यालय प्रमुख दुनियालाल यादवले बताए ।

बिहीबार थपिएको एक स्वास्थ्यकर्मीसहित ५ जना सङ्क्रमितलाई आइसोलेसनमा ल्याउने तयारी भइरहेको बताइएको छ । जिल्लामा १२ हजार १७५ जनाको स्वाब सङ्कलन गरिएकोमा १० हजार ९८२ जनाको परीक्षण भइसकेको छ । तीमध्ये १० हजार २८० जनाको नेगेटिभ रिपोर्ट आएको छ भने १ हजार १९३ जनाको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ । जिल्लाको विभिन्न स्थानीय तहहरूले सञ्चालन गरेको क्वारेन्टाइनमा ३४५ जना मात्र रहेका छन् ।

सम्बन्धित समाचार

लोकतन्त्र स्थापनामा इस्लाम धर्मावलम्बीकाे योगदान महत्वपूर्ण : सभापति देउवा

काठमाडौं, १७ साउन-नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘बकर इद’ पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको उल्लेख गरेका छन् ।  इस्लाम धर्मावलम्बीको बकर इदका अवसरमा आज उनले सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा...

तेस्रो मिल्स क्रिकेट प्रतियोगिता सुरु : दिल्ली र एनबीएससीको विजय सुरुवात

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगितामा भारतको दिल्ली क्रिकेट क्लब र विराटनगरको एनबीएससी क्रिकेट क्लब विजय भएको छ । विराटनगर जुट मिलको खेलमैदानमा शनिबार भएको उद्घाटनको पहिलो खेलमा दिल्लीले हरियाण थन्दर्स...

प्रदेश १ मा थप पाँच संक्रमितको मृत्यु 

विराटनगर, २५ असोज-प्रदेश १ मा कोरोना भाइरसको संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राति तीन र विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा दुई जनाको मृत्यु भएको हो ।  बीपी...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४११ संक्रमित थपिए, ४५८ डिस्चार्ज

विराटनगर, २२ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४११ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा १७४, सुनसरीमा १५५, झापामा ३६, उदयपुरमा १९, भोजपुर, इलाम र...

देशभर १ हजार ३५९ जनामा संक्रमण, १ हजार ३५४ डिस्चार्ज

काठमाडौं, १९ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप एक हजार तीन सय ५९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

जिया र प्रश्रय भए ग्रेडेड सिंगिङ्ग स्टार

विराटनगर । जिया भगत र प्रश्रय विष्ट ग्रेडेड सिंगिङ्ग स्टारको उपाधि जितेका छन् । विराटनगरस्थित गेडेड बोर्डिङ स्कुलले बिहीबार स्कुल परिसरमा आयोजना गरेको ग्र्रेडेड सिंगिङ स्टारमा कक्षा १ देखि ५ सम्म जिया र कक्षा ६...

पोखरा–दिल्ली बस सेवा सञ्चालनमा आउने

पोखरा, १४ असोज-कोरोना भाइरस महामारी न्यूनीकरणका लागि आह्वान गरिएको बन्दाबन्दीपछि बन्द रहेको पोखरा–नयाँदिल्ली बस सेवा यही १५ असोजदेखि पुनः सञ्चालनमा आउने भएको छ ।  पर्यटकीय शहर पोखराबाट भारतको राजधानी नयाँ दिल्लीसम्म सिधा बस सेवा सञ्चालन...

आज देशभरका धेरै ठाउँको मौसम सफा

काठमाडौं, माघ २९ । आज देशभरका धेरै ठाउँको मौसम सफा रहेको छ ।केही ठाउँमा आंशिक बद्लीको सम्भावना रहेको र आज तराईका केही ठाउँमा मात्रै हुस्सु र कुहिरो लागेको छ । प्रदेश एक र वाग्मती प्रदेशका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्