निजी स्वास्थ्य संस्थाले २० प्रतिशत बेड नछुट्याए पीसीआर परीक्षण अनुमति रद्द

 न्यूज विराट
निजी स्वास्थ्य संस्थाले २० प्रतिशत बेड नछुट्याए पीसीआर परीक्षण अनुमति रद्द

काठमाडौं, ३ भदौ-सरकारले कोरोनाका बिरामीका लागि एक तिहाइ बेड नछुट्याउने मेडिकल कलेजलाई आरटी पीसीआर परीक्षणको अनुमति नदिने भएको छ । साथै कोरोना संक्रमितका लागि २० प्रतिशत बेड नछुट्याउने निजी स्वास्थ्य संस्थालाई पीसीआर परीक्षणका लागि दिएको अनुमति खारेज गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाजागेश्वर गौतमले आज बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमले यस्तो निर्णय भएको बताए । केही दिनअघि सरकारले कोरोनाका बिरामीका लागि निजी स्वास्थ्य संस्थालाई २० प्रतिशत बेड र मेडिकल कलेज तथा स्वास्थ्य प्रतिष्ठानलाई एक तिहाइ बेड छुट्याउनका लागि निर्देशन दिएको थियो ।

उनले आज थप स्पष्ट पार्दै अझै १/२ वर्ष कुनै अस्पतालले कोरोनाबाहेकका बिरामी उपचार गर्न सम्भव नहुने भएकाले अहिल्यैदेखि त्यसको तयारी गर्नका लागि सरकारले निर्देशन दिउको बताए । उनले समाजमा तीव्ररूपमा कोरोना फैलिँदै गएपछि सरकारी अस्पतालले मात्रै उपचार गर्न सम्भव नहुने भन्दै त्यसका लागि निजी स्वास्थ्य संस्थाले अहिल्यैदेखि नै स्वास्थ्यकर्मीलाई तयारी पारेर राख्नसमेत आग्रह गरे ।

सम्बन्धित समाचार

मन्त्री घिमिरे काेराेना संक्रमणमुक्त

विराटनगर, १ असोज-प्रदेश-१ का सामाजिक विकासमन्त्री जीवन घिमिरे कोरोनामुक्त भएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरले उनको रिपोर्ट बिहीबार नेगेटिभ आएको जनाएको छ । कोरोना संक्रमण पुष्टि भएको १८ दिनपछि मन्त्री घिमिरे संक्रमणमुक्त भएका हुन्...

राप्रपाको एकता महाधिवेशन आजदेखि : अध्यक्षमा थापा र लिङ्देन प्रतिस्पर्धामा

काठमाडौँ, १५ मंसिर ।  राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशन आजदेखि सुरु हुँदैछ । तीन राप्रपा एक भएपछि यो एकता महाधिवेशन हुन लागेको हो । काठमाण्डौको भृकुटीमण्डपमा आज बिहान साढे ११ बजे उद्घाटन समारोह रहेको...

सभामुख, अध्यक्ष र कानुनमन्त्रीबीच छलफल

सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङफेबीच मुलुकको समसामयिक विषयमा छलफल भएको छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा आज भएको छलफल कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थिति,...

विराटनगरको पशुपति ज्वलर्समा छापा, तस्करीको ४० केजी चाँदी बरामद

विराटनगर । विराटनगर – ११ पिचरास्थित एउटा सुनचाँदी पसलमा छापा हानेर तस्करीको ठुलो परिमाणको चाँदी बरामद गरेको छ । आज दिउँसो पिचरास्थित पशुपति ज्वलर्समा छापा हानेर ठुलो परिमाणको तस्करीको चाँदी बरामद गरेको हो । बरामद...

विराटनगर–५ का तीन जनामा कोरोना पुष्टि

विराटनगर, २१ साउन–विराटनगर–५ मा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर चाँदनी चोक क्षेत्रका तीन जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको वडाध्यक्ष मिनकुमार आचार्यले जानकारी दिए । गुद्री बजारमा तरकारी पसल सञ्चालन...

संघीय संसदका पदाधिकारीलाई नयाँ लोगो हस्तान्तरण

काठमाडौं, ३२ साउन|संघिय संसदबाट पारित भएको नेपालको नयाँ अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा अंकित संघीय संसदको प्रतीक (लोगो) संघीय संसदका पदाधिकारीहरूलाई हस्तान्तरण गरिएको छ । संघीय संसदका महासचिव डा.भरतराज गौतमले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख...

आजदेखि खुला तरकारी हटिया सञ्चालन

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको समयमा सप्तरीको राजविराज नगरपालिकाले राजरङ्गशालामा आजदेखि खुला तरकारी हटिया सञ्चालन गर्दै छ । नगरपालिकाको शुक्रबारको बैठकले तीनबुँँदे निर्णय गर्दै प्रत्येक दिन बिहान ६ देखि ९ बजेसम्म...

कांग्रेसले भन्यो : कुनै पनि परिस्थितिमा सरकारमा सहभागी हुँदैनौँ

काठमाडौं, २२ असार-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कुनै पनि परिस्थितिमा यो कार्यकाल सरकारमा सहभागी नहुने प्रष्ट पारेको छ । सत्तारूढ नेकपाभित्रको विवाद र प्रतिपक्षी दलका नेताहरूसँग बाक्लिएको भेटघाटको सन्दर्भमा कांग्रेसले कुनै पनि हालतमा अहिले सरकारमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्