धुलिखेल अस्पतालमा थप १ कोरोना संक्रमितको मृत्यु

 न्यूज विराट
धुलिखेल अस्पतालमा थप १ कोरोना संक्रमितको मृत्यु

काठमाडौं, २ भदौ-काभ्रेको धुलिखेल अस्पतालमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिनाका अनुसार धुलिखेलका ९८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा २७ साउनमा कोरोना पुष्टि भएको थियो । अस्पतालका अनुसार मृत्यु भएका वृद्ध मधुमेह र दमका रोगी थिए ।

सम्बन्धित समाचार

नेवाः खलः कास्कीलाई २ लाख सहित सुर्दशन– कपिला सिरपा ११४४ सम्मान प्रदान

विराटनगर । नेपाल भाषा तथा संस्कृति संघ (झी पुचः ) ले नेवाः खलः कास्कीलाई २ लाख रुपैयाँसहित सुर्दशन– कपिला सिरपा ११४४ सम्मान प्रदान गरेको छ । नेपाल भाषा संस्कृति संरक्षण र जगेर्नामा लामो समयदेखि विशेष...

सम्झना कार्की भइन् मिसेस कोशी

विराटनगर । विराटनगरकी सम्झना कार्कीले चौथो संस्करणको मिसेस कोशीको उपाधि जितेकी छिन् । उनले १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिसेस कोशीको उपाधि जितेकी हुन् । जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा विराटनगरमा सम्पन्न भएको प्रतियोगितामा मोरङ...

विराटनगरमा ‘तमु ल्होसार’ पर्व मनाइयो

विराटनगर । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन् । विराटनगरमा भव्य कार्यक्रमसहित यो पर्व मनाइएको हो। विराटनगरस्थित होटल कन्जनजंगामा आयोजित कार्यक्रममा विभिन्न कार्यक्रम गरी मनाइयो...

नाइजेरियामा सेनाको कारबाहीमा २५० जना बन्दुकधारी मारिए

९ असोज-नाइजेरियाको सेनाले बिहीबार दिएको जानकारी अनुसार सेप्टेम्बर महिनायता करिब २५० जना हतियारधारी मारिएका छन् । सेप्टेम्बर महिनायता कम्तीमा पनि २५० जना बन्दुकधारीहरु सेनाको कारबाहीमा परी मारिएका छन् । जनाइएअनुसार गएको सेप्टेम्बर महिना यतादेखि बिहीबारसम्मा...

कोशी प्रदेशमा ३ असारबाट खेलकुदको कार्यक्रम सुरु, तेह्रथुमबाट हुँदैछ उद्घाटन

विराटनगर । कोशी प्रदेशमा असार ३ गतेबाट खेलकुदका प्रतियोगिताहरु सुरु हुने भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले विभिन्न १२ खेलका प्रतियोगिताहरु असार ३ गतेदेखि सञ्चालन गर्न लागेको हो । तेह्रथुममा एक भव्य कार्यक्रम आयोजना...

धरानबाट औषधी सहित १ जना पक्राउ

विराटनग, ९ असार । सुनसरी धरान ११ सयपत्री चौक स्थितबाट ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले हिजो राती ९ बजे प्रतिबन्धीत औषधी सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २३...

प्रभुराम शर्मा प्रधान सेनापति नियुक्त

काठमाडौं, ११ भदौ । बलाधिकृत रथी प्रभुराम शर्मालाई नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्त गरिएको । २४ भदौदेखि लागू हुनेगरी राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सो पदमा नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २६७...

संक्रमणमुक्त हुनेको संख्या ३० हजार नाघ्यो

काठमाडौं, २२ भदौ-नेपालमा कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किनेको संख्या बढ्दै गएको छ । आज थप १ हजार ७ सय ३६ जना संक्रमित डिस्चार्ज भएका घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त भएर फर्किनेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्