विराटनगरमा २९ जना सहित प्रदेश १ मा आज ८३ संक्रमित थपिए

 न्यूज विराट
विराटनगरमा २९ जना सहित प्रदेश १ मा आज ८३ संक्रमित थपिए

विराटनगर, १ भदौ|प्रदेश १ सोमबार ८३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४४, सुनसरीमा ३१, झापामा ७ र प्रदेश १ बाहिरका १ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा सोमबार २९ जना संक्रमित थपिएका छन् । थपिएका मध्ये १३ महिला र १६ पुरुष छन् । बेलबारीमा ७ महिला ३ पुरुष, बुढीगंगामा १ महिला ३ पुरुष, सुन्दरहरैचामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीको धरानमा १२ महिला ६ पुरुष, गढीमा ४ पुरुष, इनरुवामा ४ पुरुष, देवानगञ्जमा ३ पुरुष, कोशी र रामधुनीमा १÷१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

झापाको दमकका ४ पुरुष, शिवसताक्षीका २ र कनकाईका १ पुरुष र जनकपुरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ९२ पुगेको छ ।

प्रदेश १ मा आज २४ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट १७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६, कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट १ जना डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ९९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

विराटनगरको मानव सेवा आश्रममा मनोरोग र आँखा जाँच शिविर सम्पन्न

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा विराटनगरस्थित मानव सेवा आश्रममा निःशुल्क मनोरोग र आँखा जाँच शिविर सम्पन्न भएको छ । ज्येष्ठ नागरिक दिवसको अवसरमा क्लबले तीन टालीयास्थित आश्रममा आश्रित ज्येष्ठ नागरिकहरुका लागि निःशुल्क...

भोलिदेखि १ साता भारत र चीनतर्फका नाका बन्द गर्ने सरकारको निर्णय

सरकारले भारत र चीनतर्फका सबै सीमा नाका १ साताका लागि बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज आइतबारको बैठकले यो निर्णय गरेको हो । भोलि बिहान १० बजेबाट १ साताका लागि दुवै देशतर्फका नाका...

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा (२) अनुसार संयुक्त सरकारको नेतृत्व गर्ने गरी कार्कीलाई आइतबार साझ मुख्यमन्त्री पदमा नियुक्त गरेका...

विश्वकपछि टी-२० को कप्तानी छोड्ने कोहलीको घोषणा

एजेन्सी, ३१ भदोै । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले अक्टोबरमा दुबईमा हुने टी-२० विश्व कपपछि छोटो फर्म्याटको क्रिकेटमा भारतीय टोलीको कप्तानी छाड्ने निर्णय गरेका छन् । सामाजिक सञ्जालमा ट्वीट गर्दै कोहलीले यहाँसम्म आइपुग्नका लागि...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५६० जना डिस्चार्ज, २१८ संक्रमित थपिए

विराटनगर, ४ मंसिर–पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५ सय ६० जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ५ लसय ४०, मेची अस्पतालबाट सात, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट पाँच, कोसी अस्पताल कोभिड१९ उपचार...

आईपीएलमा बैंगलोरको तेस्रो जित

एजेन्सी, २७ चैत । मुम्बई इन्डियन्समाथि ७ विकेटको जित निकाल्दै रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार तेस्रो जित निकालेको छ । मुम्बईले भने लगातार चौथो हार बेहोरेको छ । जितका लागि पाएको १५२...

उद्योग कलकारखानाहरुको व्यवस्थापनका लागि प्रदेश सरकारले सहजिकरण गर्ने

विराटनगर, असार १०–प्रदेश नं. १ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुशियैतले लकडाउनको मारमा परेका उद्योगद्यन्दा तथा कलकारखानाहरुको व्यवस्थापनका लागी प्रदेश सरकारले सहजीकरण गर्ने बताएका छन् । प्रदेश नं. १ प्रदेशसभा बजेट...

भोलिबाट सबै उद्योग र पसल खुला

काठमाडौं,२१ जेठ-सरकारले व्यवसायीलाई राहत दिनुको साटो कर तिर्न ताकेता गरेको भन्दै नेपाल राष्ट्रिय बाणिज्य महासंघले भोलिबाट सबै पसल तथा उद्योग खोल्ने भएको छ । बुधबार महासंघले विज्ञप्ती जारी गर्दै बिहीबार बिहान ११ बजेसम्म सबै साना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्