३० कर्मचारीमध्ये ४ जनालाई कोरोना संक्रमण भएको विराटनगर भन्सार कार्यालयकी सूचना अधिकारी सुनिशा पौडेले जानकारी दिइन् । उनीहरूलाई केही दिनअघि रुघा खोकी लागेपछि घरमै क्वारेन्टाइनमा बस्न आग्रही गरिएको र शंका लागेर स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ रिपोर्ट आएको उनको भनाइ छ ।
संक्रमण पुष्टि भएका ४ जना अहिले होम आइसोलेसनमा रहेको छन् । उनीहरूको स्वास्थ्य अवस्था पनि सामान्य रहेको बताइएको छ । उनीहरूमा कोरोनासम्बन्धी लक्षण पनि नदेखिएको उनले बताइन् ।
प्रदेश १ सामाजिक विकास मन्त्रालयसँगको समन्वयनमा भन्सारका कर्मचारीको पीसीआर परीक्षण गरिएको थियो । अहिले कार्यालयको कामकारबाही सुचार नै रहेको र वस्तु आयत निर्यातमा उच्च सतर्क अपनाइएको सूचना अधिकारी पौडेलेको भनाइ छ । आइतबारदेखि कार्यालय आसपास क्षेत्रमा भीड नियन्त्रण गरेर काम गरिएको कार्यालयले जनाएको छ ।