स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि विराटनगरमा स्वाब संकलन रोकियो

 न्यूज विराट
स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि विराटनगरमा स्वाब संकलन रोकियो

विराटनगर, ३२ साउन|प्रदेश १ को राजधानी विराटनगरमा शंकास्पद व्यक्तिहरुको कोरोना परिक्षणका लागि स्वाव संकलन कार्य रोकिएको छ । समुदायमै कोरोना संक्रमण फैलिएको विराटनगर महानगरपालिकामा शंकास्पद व्यक्तिहरुको पिसिआर परीक्षण गर्न स्वाब संकलन गर्ने काम नै अबरुद्ध भएको हो ।

कोरोना परीक्षणको लागि स्वाब संकलन कार्यमा खटिने एक चिकित्सकमा आइतबार कोराना संक्रमण पुष्टि भएपछि स्वाब संकलन कार्य नै रोकिएको हो । स्वाब संकलनमा खटिने चिकित्सकमा नै कोरोना देखिएपछि तत्कालका लागि स्वाब संकलन कार्य अघि बढ्न नसकेको महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए ।

चिकित्सकमा ज्वरो आउनेलगायत कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको हो । चिकित्सकमा कोरोना देखिएपछि स्वास्थ्य महाशाखाका कर्मचारी क्वारेन्टाइनमा बसेका छन् । उनीहरुको कोरोना परीक्षण गराएर रिपोर्ट आएपछि मात्र स्वाब संकलनको काम सुरु गरिने महानगरपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार

प्रदेश १ मा घट्यो संक्रमण दर, आज ३४९ जना कोरोना संक्रमित थपिए

विराटनगर, २३ जेठ । प्रदेश १ मा आज ३४९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १९५, सुनसरीमा ५१, झापामा ३६, ते¥हथुममा २६, संखुवासभामा ९, पाँचथर, इलाम र भोजपुरमा ४–४, उदयपुरमा ३, ओखलढुङ्गा र धनकुटामा...

प्याब्सन हिज्जे प्रतियोगिताको उपाधि सप्तकोशी स्कुललाई

विराटनगर । प्याब्सन हिज्जे प्रतियोगिताको उपाधि मोरङको उर्लाबारीस्थित सप्तकोशी सेकेण्डरी स्कुलले जितेको छ ।प्याब्सन मोरङले विराटनगरमा बुधबार आयोजना गरेको प्रतियोगितमा सप्तकोशीले फाइनलमा ९ वटा स्कूललाई पछि पार्दै उपाधि जितेको हो । जितसँगै सप्तकोशीले नगद १५...

ललिता निवास प्रकरण : काग्रेसद्धारा प्रदेश १ को संसद बैठक अबरुद्ध

विराटनगर, माघ २६–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश १ को प्रदेशसभा बैठक पनि अबरुद्ध गरेको छ । आजको बैठक सुरु भए लगत्तै नेपाली कांग्रेसका सांसद उठेर बैठक अवरुद्ध गरेका थिए । प्रतिपक्षका सांसद उठेर विरोध...

फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता दिइने

काठमाडाैं, ८ भदौ-काठमाडाैंकाे टोखा नगरपालिकाले कोभिड–१९ नियन्त्रण तथा उपचारमा अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई १ सय ५० प्रतिशत भत्ता दिने निर्णय गरेको छ । नगरपालिकाको आइतबार बसेको ६१औँ नगर कार्यपालिकाको बैठकले कोभिड–१९ नियन्त्रणमा अग्रभागमा प्रतक्ष्य खटिने मेडिकल...

भगवती विद्या मन्दिरले १५औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनायो

विराटनगर, १४ – विराटनगर १४ स्थित भगवती विद्या मन्दिर सेकेण्डरी इङ्ग्लिस बोर्डिङ स्कुल (BBM) ले आफ्नो १५औं वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार एक भव्य समारोहबीच सम्पन्न गरेको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक,...

धरानमा दोस्रो कोशी प्रदेश गल्फ प्रतियोगिता हुँदै

विराटनगर । कोशी प्रदेश गल्फ संघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको प्रयोजनमा कोशी प्रदेश खुला गल्फ प्रतियोगिता हुने भएको छ। सुनसरी स्थित धरान गल्फ क्लबको गल्फ कोर्समा वैशाख १३ गते दोस्रो संस्करणको कोशी...

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौं, ३ कात्तिक-मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अन्तर्राष्ट्रिय खुला सिमानामा हुने आवागमन ३० कात्तिक मध्यरातसम्मका लागि स्थागित गर्ने पुरानो व्यवस्थालाई निरन्तरता दिने निर्णय गरेको छ । तर, १३ वटा प्रवेश विन्दुबाट नेपाल प्रवेश गर्न र मालसामानको...

नेपालमा एकै दिन थपिए ५ हजार संक्रमित

काठमाडौं, २४ असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ५ हजारभन्दा धेरै‌लाई कोरोना भाइरस संक्रमण देखिएको छ । दैनिक संक्रमण हुनेमा यो अहिलेसम्मकै धेरै हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्