कोरोना रिपोर्ट नेगेटिभ आएकी मृतक महिलाको शव नेपाली सेनाले व्यवस्थापन गर्दै

 न्यूज विराट
कोरोना रिपोर्ट नेगेटिभ आएकी मृतक महिलाको शव नेपाली सेनाले व्यवस्थापन गर्दै

विराटनगर, साउन ३२–कोरोना सर्ने डरले कोही पनि छिमेकी र आफन्त नआएपछि विराटनगरमा एक ८७ वर्षीय महिलाको शव नेपाली सेनाले व्यवस्थापन गर्ने भएको छ ।

विराटनगर–की एक मृतक शनिबार मृत्यु भएपनि कोरोना रिपोर्ट नेगेटिभ आएको छ । आइसोलेसनमा रहेका उनका छोरा, बुहारी र नातिको रिपोर्ट भने पोजिटिभ आएको छ । सोही डरले कुनै छिमेकी आएर लाश नउठाएपछि नेपाली सेनाले शव व्यवस्थापन गर्ने भएको हो ।

वडाध्यक्ष विनोद बस्नेतका अनुसार संक्रमित छोरा धनकुटाको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका अधिकृत हुन् । अर्का छोरा र बुहारी १० दिनअघि आमा भेट्न काठमाडौंबाट विराटनगर आएका थिए । उनीहरू ३ दिनअघि काठमाडौं फर्किएका छन् । उनीहरूलाई पनि ज्वरो आएको बताइएको छ । उनिहरुले कोरोना परीक्षणका लागि स्वाब दिएका छन् ।

महिलाको मृत्यु शनिवार राति भएको हो। उनी मुटु र थाइराइडको रोगबाट ग्रस्त थिइन्। आइतवार ३ बजेसम्म पनि उनको शव ओछ्यानमै छ । एक छोरा, बुहारी र नाति महानगरको आइसोलेसनमा छन्। अर्का एक नाति दाँतका डाक्टर हुन्।

मृतक महिलामा स्वाशप्रश्वास र ज्वरोको समस्या भए पनि उनको रिपोर्ट नेगेटिभ आएको वडाध्यक्ष बस्नेतले बताए। यही श्वासप्रश्वास र ज्वरोका कारण उनको मलामी जान कोही नआएका हुन्। मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाका अनुसार घरका सबैजसो संक्रमित भएपछि शवको जिम्मा नेपाली सेनालाई दिन लागिएको हो ।

सम्बन्धित समाचार

सुन्दरहरैँचा नगरपालिकाद्वारा सिँचाइका लागि ५७ किसानलाई विद्युतीय मोटर वितरण

विराटनगर, १० चैत । मोरङको सुन्दरहरैंचा नगरपालिकाले कृषि क्षेत्रमा सिचाई समस्या हुने ५७ जना किसानलाई यस बर्ष बिद्युतीय मोटर बितरण गरेको छ । नगरपालिकाले धान गहुँ, मकै, तोरी, ड्रागन फुड, फलफुल खेती बोयर जातका बोका,...

विराटनगरमा बल्ल सुरु भयो मतगणना

प्रदेश १ को एक मात्र महानगरपालिका विराटनगरको मतगणना सुरु भएको छ । विहान ८ बजेबाट सुरु गर्ने भनिएपनि केहीबेर अघिदेखि सुरु भएको हो । उम्मेदवारहरुले मतगणना प्रतिनिधि पठाउन ढिलाई गर्दा मतगणना पनि ढिलो सुरु भएको...

अर्थमन्त्रीबाट जनार्दनको राजीनामा मात्रै पर्याप्त हुन्न : शेखर कोइराला

जनकपुर, असार ३१ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अगामी निर्वाचनमा हतारमा दलीय गठबन्धन नगर्न नेतृत्वलाई आग्रह गर्नुभएको छ । जनकपुरधामस्थित पार्टी कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा नेता कोइरालाले स्थानीय तह र प्रतिनिधि सभाको निर्वाचन फरक रहेकोले...

प्रदेश १ मा कामदारका लागि दक्षता परियोजना सुरु हुँदै

विराटनगर, २३ पुस-प्रदेश १ मा कामदारको शिप विकाससँगै उनिहरुको दक्षता अभिबृद्धि गरिने भएको छ । कामदारमा दक्षता अभिबृद्धि गरि स्वरोजगार बनाउने उदेश्यले प्रदेश १ मा परियोजना स्ुरु हुन लागेको हो । कृषि, पर्यटन र निर्माण...

झलनाथ र माधव एमालेको साधारण सदस्यबाटै निष्कासित

काठमाडौं । नेकपा एमालेले बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ । स्थायी कमिटीको आज बसेको बैठकले खनाल र नेपाल सहित विघटित संसदका ११ जना...

काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउन आफ्नो सबै क्षमता लगाउँछु

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले अबको पाँच वर्ष महानगरपालिकाबाहेक अन्यत्र समय नखर्चिने बताएका छन् । काठमाडौंलाई विश्वकै उत्कृष्ट र विकसित सहर बनाउन आफ्नो ज्ञान र सीपको पूर्ण प्रयोग गर्ने उनले प्रतिबद्धता जनाए...

जो जहाँ जहाँ छौं, त्यहीँत्यहीँ रहेर दसैं मनाऔँः प्रम ओली

काठमाडौं,  १० कात्तिक-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको ठूलो चाड बडादसैंका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, प्रगति र समुन्नतिका लागि शुभकामना व्यक्त गरेका छन् ।  उनले चाडबाड केवल पर्व र उत्सव...

आजदेखि संघीय संसद्को बजेट अधिवेशन

काठमाडौं, २६ वैशाख-संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान अनुसार शुक्रबार अपराह्न ४ बजे दुवै सदनको बैठक सुरू हुँदै छन् । कोरोना भाइरस (कोभिड–१९) को कहरबीच सुरू अधिवेशनको सुरक्षा लगायतका सम्पूर्ण तयारी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्