प्रदेश १ मा एक दर्जन सञ्चारकर्मीमा कोरोना, १ जना डिस्चार्ज 

 न्यूज विराट
प्रदेश १ मा एक दर्जन सञ्चारकर्मीमा कोरोना, १ जना डिस्चार्ज 

विराटनगर, साउन ३२, प्रदेश १ मा एक दर्जन पत्रकार तथा सञ्चारकर्मी कोरोना संक्रमित भएका छन् । आइतबार थप एक पत्रकारमा पुष्टि भएसँगै संक्रमित पत्रकार तथा सञ्चारकर्मीको  संख्या १२ पुगेको हो ।

अहिलेसम्म फ्रन्टलाईनमा रहेर रिपोर्टिङ गर्दै आएका ९ जना पत्रकार र सञ्चार माध्यममा काम गर्ने ३ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको नेपाल पत्रकार महासंघ प्रदेश–१ का अध्यक्ष विक्रम लुइटेलले जानकारी दिए ।

अध्यक्ष लुइटेलका अनुसार संक्रमित अधिकांश सञ्चारकर्मी प्रदेश राजधानी विराटनगरका हुन् । संक्रमितमध्ये उदयपुरका १ पत्रकार कोरोना मुक्त भएर डिस्चार्ज भइसकेका छन् ।

संक्रमण पुष्टि भएका मध्ये दुई जना पत्रकार होम आइसोलेसन र अन्य विराटनगर महानगरपालिकाले बैजनाथपुर, र मारवाडी सेवा सदनमा बनाएको आइसोलेसनमा उपचाररत रहेको महासंघ अध्यक्ष लुइटेलले जानकारी दिए ।

उनले पत्रकारको सुरक्षा र कोरोनाबाट प्रभावित पत्रकारका लागि पहल गरिँदै आएको बताए । प्रदेश पत्रकार महासंघ मार्फत पत्रकारहरुका लागि विभिन्न समयमा स्वास्थ्य सामग्रीहरु वितरण, संक्रमित पत्रकारको उपचारका लागि समन्वय, कोरोना परिक्षणलगयातमा समन्य गरिएको अध्यक्ष लुइटेलको भनाइ छ ।

हालसम्म कोरोनाबाट प्रभावित पत्रकारको राहतका लागि प्रदेश सरकारसँग समन्वय गरेर प्रदेश १ का सञ्चार माध्यामहरुलाई करिब ५३ लाख रुपैयाँ वितरण गरिसकिएको उनले बताए । अध्यक्ष लुइटेलले अब कोरोनाबाट प्रभावित १०० जना पत्रकारलाई लेखनबृत्ति प्रदान गर्न लागिएको समेत जानकारी दिए ।

सम्बन्धित समाचार

बालुवाटारमा ओली–प्रचण्डबीच छलफल जारी

काठमाडाैं, ३० साउन-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद समाधानकाे प्रयासमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भइरहेकाे छ । ९ दिनयताकाे संवादहिनता ताेड्दै ओली–प्रचण्डले हिजोबाट पुनः छलफल सुरु गरेका छन् । २ अध्यक्षबीच हिजो...

कान्तिपुर स्कुलको भव्य भयो वार्षिकोत्सव र अभिभावक दिवस

विराटनगर । विराटनगरस्थित कान्तिपुर स्कुलले वार्षिकोत्सव र अभिभावक दिवस मनाएको छ । विराटनगरमा सोमबार एक भव्य कार्यक्रम आयोजना गरी स्कुलको वार्षिकोत्सव र अभिभावक दिवस मनाएको हो । कार्यक्रमको प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय इकाई मोरङका...

कञ्चनपुरमा भारतीय तस्करकाे आक्रमण, सशस्त्र प्रहरी घाइते

कञ्चनपुरकाे दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा भारतीय तस्करहरूकाे समूहले सशस्त्र प्रहरीको गस्ती टोलीमाथि ढुङ्गामुढा प्रहार गरेको छ । ढुङ्गामुढा प्रहारबाट एक सशस्त्र प्रहरी जवान घाइते भएका छन् । घाइते जवानको अवस्था सामान्य रहेको छ । उनको...

दसैँमा घर आउँदा १४ दिन क्वारेन्टाइन बस्नुपर्ने‍

तनहुँ, १९ असोज-दसैँमा घर आउने व्यक्ति १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नपर्ने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले कोभिड–१९को जोखिमलाई ध्यानमा राखेर यस्तो निर्णय गरेको हो ।  चाडपर्वमा देश तथा विदेशबाट धेरै...

‘लक डाउन’ मा विराटनगरमा झडप

विराटनगर, चैत ११–नेपाल सरकारले कोरोना भाइरसको संक्रमणबाट नेपाली नागरिकलाई सुरक्षित बनाउन आज देखि लागू गरेको लकडाउनका क्रममा विराटनगरमा प्रहरी र स्थानीय बीच झडप भएको छ । विराटनगर गुद्रीबजार स्थित अतिआवाश्यक सेवा वाहेकका अन्य सवै सेवा...

प्रदेश १ मा ३८ कोरोना संक्रमित थपिए, ६ जना डिस्चार्ज

विराटनगर, १९ असार–प्रदेश १ मा शुक्रबार ३८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ५३ पुगेको छ । शुक्रबार ३४ पुरुष र ४ महिलामा संक्रमण देखिएको सामाजिक...

१४ हजार बढी क्वारेन्टाइनमा, कम बागमती र सबैभन्दा बढी प्रदेश ५ मा

काठमाडौं, १३ वैशाख-कोरोना भाइरसका संक्रमणको जोखिमलाई मध्यनजर गर्दै १४ हजार बढी व्यक्ति देशभरका विभिन्न क्वारेन्टाइनमा बसेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न ठाउँमा १४ हजार ७ सय ३१ जना क्वारेन्टाइनमा रहेका छन् । स्वास्थ्य...

मोरङ कारागारका फेरी अर्का एक बन्दीको मृत्यु

विराटनगर, १३ भदौ-मोरङ कारागारमा शनिबार एक बन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा शुन्दरहरैँचा नगरपालिका–४ का २६ वर्षिय फुर्वासिंह तामाङ रहेका छन् । उनी गत फागुन महिनामा पुर्पक्षका लागि कारागारमा थुनामा रहेका थिए । स्वास्थ्यमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्