८६ प्रतिशत घरपरिवारमा राष्ट्रिय प्रसारणको बिजुली

 न्यूज विराट
८६ प्रतिशत घरपरिवारमा राष्ट्रिय प्रसारणको बिजुली

काठमाडौं, ३० साउन-नेपालभरमा ८६.४४ प्रतिशत घरपरिवारमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार राष्ट्रिय ग्रिडमार्फत सबैभन्दा बढी प्रदेश २ का घरपरिवारमा विद्युत्‌काे पहुँच पुगेको छ भने सबैभन्दा  कम कर्णाली प्रदेशमा छ ।

प्रदेश २ मा राष्ट्रिय प्रसारण प्रणालीमार्फत ९९.०५ घरपरिवारमा विद्युत् पुगेको छ । प्राधिकरणले कर्णाली प्रदेशमा ३४.७४ प्रतिशत विद्युतीकरण गरेको छ ।

सरकारले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत राष्ट्रिय ग्रिड पुग्न नसकेका ठाउँमा सौर्य, लघु जलविद्युत (माइक्रोहाइड्रो) लगायतमार्फत पनि विद्युतीकरण गर्दै आएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको तथ्यांकअनुसार अहिले ९० प्रतिशतभन्दा बढी जनसंख्यामा विद्युत्‌काे पहुँच पुगेको छ ।

सम्बन्धित समाचार

वामदेवको प्रस्ताव : केपी ओली महाधिवेशनसम्म अध्यक्ष, ५ वर्षै प्रधानमन्त्री

काठमाडौं, १३ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधिसभाको यो कार्यकालभरि केपी शर्मा ओली नै प्रधानमन्त्री रहने र एकता महाधिवेशन नहुञ्जेल अध्यक्षमा पनि उनी कायम रहने गरी सहमतिको प्रस्ताव पेस गरेका छन् ।...

६ लाख नेपालीको कोरोना परीक्षण गर्छौं : प्रधानमन्त्री

काठमाडौं, जेठ १२-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको जनसंख्याको कम्तिमा २ प्रतिशतको कोरोना भाइरस (कोभिड-१९) संक्रमण भए/नभएको परीक्षण गर्ने प्रतिबद्धता जनाएका छन् । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै कम्तीमा जनसंख्याको २ प्रतिशत अर्थात् ६ लाख नेपालीको...

अध्यक्ष र उपाध्यक्षको झगडाले गाउँपालिकावासीलाई सास्ती

जनकपुर, ५ साउन-पर्साको पकाहामैनपुर गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीचको विवादले सेवा प्रवाह प्रभावित भएको छ । भनाभनदेखि कार्यालय तालाबन्दीसम्मको लफडाको घाटा गाउँपालिकावासी बेहोर्नुपरेको हो ।  गाउँपालिका उपाध्यक्ष कुश्मी देवीको नेतृत्वमा स्थानीयले आइतबार गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका...

बजार नपाएपछि बाख्रालाई घाँस तेजपत्ता 

 झापा,  १८ असोज-विगत तीन दशकदेखि हात्तीपीडित गाउँको रुपमा चिनिदै आएको झापाको बाहुनडाँगी अहिले औषधीय गुणयुक्त तेजपत्ताको पकेट क्षेत्रको रुपमा परिचित छ । तर कोभिड–१९ को महामारीले बजारमा असर परेपछि तेजपत्ता उत्पादन गर्दै आएका किसान मारमा...

कोरोनाबाट एकै दिन उपत्यकाका ६ सहित देशभर १२ को निधन

काठमाडौं, १३ भदौ-नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय नाघेको छ । शनिबार थप १२ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ७ पुगेको हो । यसअघि शुक्रबार पनि...

प्रदेश १ का स्थानीय तहलाई थप बजेट

विराटनगर, २५ भदौ–प्रदेश १ सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था मिलाउनको लागि स्थानीय पालिकाहरुलाई थप रकम उपलब्ध गराएको छ । प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषबाट आइसोलेशन केन्द्र स्थापना तथा सञ्चालनको लागि स्थानीय...

अब १४ दिन सबै नागरिक अघोषित होम क्वारेन्टाइनमा !

नेपालमा अहिले कोरोनाको संक्रमण नभए तापनि विश्‍वव्यापी रूपमा फैलिएको संक्रमणलाई मध्यनजर गरी सरकारले उच्च सतर्कता अपनाएको छ । विभिन्न चरणमा छुट्टाछुट्टै किसिमका सतर्कता देखाएको सरकारले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनपछि सबै नागरिकलाई सम्भव भएसम्म...

अत्यावश्‍यक कामको लागि विस्तृत योजना ल्याउन राष्ट्र बैंकले निर्देशन

काठमाडौं २९ साउन-नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई अत्यावश्‍यक कामको निरन्तरताको लागि विशेष कार्ययोजना ल्याउनको निर्देशन दिएको छ । राष्ट्र बैंकले बिहीबार १ सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । समुदायस्तरमा कोभिड-१९ को...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्