प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड पुगे बालुवाटार

 न्यूज विराट
प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड पुगे बालुवाटार

काठमाडौं, २९ साउन-प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बालुवाटार पुगेका छन् । दुई अध्यक्षबीच लामो समयको संवादहीनता अन्त्य गर्दै बालुवाटारमा भेट भएको हो । 

बालुवाटारमा दुई अध्यक्षबीच पार्टीमा जारी विवाद अन्त्यका विषयमा छलफल हुने बताइएको छ । पार्टी स्थायी कमिटी बैठकमा शीर्ष ४ नेताले प्रधानमन्त्री तथा पार्टी अध्ययक्षबाट केपी ओलीले राजीनामा दिनुपर्ने माग राखेपछि सत्तारुढ नेकपाभित्र विवाद चुलिएको छ ।

विवादका कारण नेकपा स्थायी कमिटीको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । विवाद समाधानका लागि दुई अध्यक्षबीच भएको छलफलमा सहमति बन्न नसकेपछि स्थायी कमिटीको बैठक अन्योलमा परेका बेला पुनः छलफल सुरु भएको हो ।

यसअघि दुई अध्यक्षबीच भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले विवाद सचिवालयबाट हल गर्ने प्रस्ताव राखेका थिए भने अर्का अध्यक्ष प्रचण्डले स्थायी कमिटीको बैठक अलपत्र राखेर सचिवालयमा फर्किन नसकिने बताएपछि वार्ता अघि बढ्न सकेको थिएन ।

स्थायी कमिटीमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालको समूहको बहुमत छ भने वामदेव गौतम सहमतिका लागि भन्दै ६ बुदे प्रस्ताव लिएर आएपछि सचिवालयमा ओली बहुमतमा छन् ।

सम्बन्धित समाचार

विराटनगर रोडशेष चोकबाट ३७ लाख मुल्य बराबरको अवैध सामान बरामद

विराटनगर, १५ भदौ । मोरङको बिराटनगर महानगरपालिका-१२ रोडशेस चोक स्थितबाट प्रहरीले भन्सार छली गरी नेपाल भित्राउदै गरेको अवैध सामग्री बरामद गरेको छ । हिजो राती साढे ८ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले...

भारतमा मालबाहक रेलले किचेर १६ जना प्रवासी मजदूरहरुको मृत्यु

एजेन्सी, बैशाख २६-महाराष्ट्र राज्यको औरंगाबादमा मालबाहक रेलगाडीले रेलको लिकमा आराम गरिरहेका प्रवासी मजदूरहरुको एक समूहलाई शुक्रबार बिहान ठक्कर दिँदा १६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सवारी साधनको अभावमा हिँडेरै आआफ्ना घरतर्फ गइरहेका...

औषधी व्यसायीको सप्ताहव्यापी कार्यक्रम सकियो, अन्तिम दिन भव्य कार्यक्रम

विराटनगर । नेपाल औषधी व्यवसायी संघको ५० औं स्थापना दिवसको अवसर पारेर औषधी व्यवसायी संघ मोरङ शाखाले सुरू गरेको सप्ताहव्यापी कार्यक्रम सकिएको छ । संघले विराटनगरमा आइतबार एक भव्य कार्यक्रम आयोजना गरी सप्ताहव्यापी कार्यक्रम समापन...

मोर्डन एराको भव्य भयो अभिभावक दिवस, दुई दिनसम्म विविद्य कार्यक्रम

विराटनगर । विराटनगर ३ आयल निगम पूर्व रहेको मोर्डन एरा स्कुलमा दुइदिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी २४ औं अभिभावक दिवस भव्य रुपमा सम्पन्न गरेको छ । स्कुल परिसरमा दुई दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी शनिबार...

प्रदेश १ मा आज ५७८ जना संक्रमित थपिए

विराटनगर, २५ वैशाख । प्रदेश १ मा आज ५७८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २११, झापामा १६८, सुनसरीमा ११९, सोलुखुम्वुमा २४, इलाममा २२, धनकुटामा ९, उदयपुरमा ३, संखुवासभा र ताप्लेजुङमा १–१ र प्रदेश...

अफगानिस्तानमा सैनिक हेलिकप्टर दुर्घटना 

एजेन्सी, साउन १२-अफगानिस्तानको हेल्मान्ड प्रान्तमा सोमबार एउटा सैनिक हेलिकप्टर आपतकालीन अवतरण गर्दा २ सैनिक गम्भीर घाइते भएका छन् । सैनिक स्रोतका अनुसार उक्त हेलिकप्टर सोमबार बिहानै हेल्मान्डको काजाकी जिल्लामा आपतकालीन अवतरण गराइएको थियो । उक्त...

चन्द्रमामा पानी भेटियो, मानव जीवनको सम्भावनाका लागि ठूलो सफलता

एजेन्सी, ११ कात्तिक-अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी भेटिएको पुष्टि गरेको छ । चन्द्रमाको घमाइलो सतहमा पानीको केमिकल कम्पाउण्ड पाइनु त्यहाँ मानव जीवनको सम्भावनाका लागि ठूलो सफलता भएको वैज्ञानिकहरुको भनाई छ । यसअघि चन्द्रमाको...

दिगो समाधानमका लागि सन्दकपुरको पानी इलाम बजारमा

इलाम — खानेपानीको चरम अभाव रहेको इलाम बजारमा दिगो समाधानका लागि तेस्रो साना सहरी खानेपानी योजनाको काम सुरु भएको छ । सन्दकपुर गाउँपालिका क्षेत्रमा रहेका मुहानको पानी ल्याउने गरी खानेपानी योजनाको निर्माणले तीव्रता पाएको हो । एसियाली...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्