सबै जिल्लाबाट सवारी पास वितरण बन्द

 न्यूज विराट
सबै जिल्लाबाट सवारी पास वितरण बन्द

काठमाडौं, २८ साउन-गृह मन्त्रालयले मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ । सतहत्तरै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आज परिपत्र गर्दै मन्त्रालयले यही साउन २९ गतेदेखि लागू हुने गरी सवारी पास वितरण नगर्न निर्देशन दिएको हो ।

कोभिड –१९ को जोखिम उच्च भएकाले नेपाल सरकारबाट विभिन्न समयमा भएको निर्णय र मन्त्रालयबाट भएको  निर्देशनसमेतका आधारमा उक्त परिपत्र जारी  गरिएको हो ।  ‘हालसम्म जारी हुँदै आएको सवारी पास व्यवस्थालाई अर्को व्यवस्था लागू नभएसम्मका लागि साउन २९ देखि सवारी पास वितरण नगर्नू नगराउनुहुन आदेशानुसार अनुरोध छ’, मन्त्रालयद्वारा आज जारी सूचनामा उल्लेख छ ।

यसअघि सरकारले अत्यावश्यक कामका लागि अन्तरजिल्ला जान सवारी पास वितरण गर्दै आएको थियो । पछिल्लो समयमा मुलुकभर कोभिड –१९ को संक्रमण बढ्दो छ । काठमाडौं उपत्यकामा समेत सङ्क्रमण बढिरहेकाले प्रवेशमा कडाइ गरिएको छ ।

सम्बन्धित समाचार

अनुसन्धानमा अब्बल प्रहरी सहयाक निरीक्षक विष्ट प्रहरी दिवसमा पुरस्कृत

विराटनगर । अपराध अनुसन्धानमा अब्बल ठहरिएका जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी सहायक निरीक्षक भक्त बहादुर विष्ट पुरस्कृत भएका छन् । ६७ औँ प्रहरी दिवसको अवसरमा विराटनगरमा सोमबार एक भव्य समारोहमा विष्टलाई ५० हजार रुपैयाँ...

काँग्रेस विराटनगर ३ को सभापतिमा धमेन्द्र बानीया निर्वाचित

विराटनगर । नेपाली काँग्रेस विराटनगर महानगरपालिका वडा नं. ३ को सभापतिमा धर्मेन्द्र बानीया (धर्म) निर्वाचित भएका छन् । आज सम्पन्न भएको निर्वाचनमा २२६ मत ल्याएर धर्म सभापतिमा निर्वाचित भएका हुन् । सभापति पदमा चार जनाको...

काठमाडौंबाट ११० जना रुसी नागरिक लिएर मस्को उड्यो रोयल फ्लाइट

काठमाडौं, बैशाख ८–काठमाडौंबाट १ सय १० जना रुसी नागरिक बोकेर रुसको रोयल फ्लाइट एयरलाइन्स मस्को उडेको छ । रुसबाट रोयल फ्लाइट एयरलाइन्सको जहाज काठमाडौं आएको थियो । सोमबार बिहान साढे १० बजे काठमाडौं अवतरण गरेको...

विराटनगरका उद्योगिको आन्दोलन स्थगित

विराटनगर, १२ असार । अथर्थमन्त्री जनद्र्धन शर्माले माग सुनुवाई गर्ने आश्वासन दिएपछि विराटनगरका उद्योगीहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । आइतबार विभिन्न तीन संगगठनले संयुक्त विज्ञप्ती प्रकाशित गर्दै अर्थमन्त्री शर्माले आफुहरुले राखेको मागप्रती ध्यानाकर्षण भएको...

मोरङको धनपालथानस्थित उखुबारीमा हत्या प्रकारणःथप दुई जना पक्राउ

विराटनगर, २२ माघ । मोरङको धनपालथानस्थित उखुबारी र ललितपुरको धापाखेलमा तीन जनाको हत्या गरी शव गाडेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । शुक्रबार हत्याका मुख्य योजनाकारसहित तीन ओरोपीलाई पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको...

रौतहट बम विस्फोटन प्रकरण: आलमका सहयाेगी पक्राउ

काठमाडौं, २५ जेठ-प्रहरीले रौतहट बम विस्फोट घटना एक अभियुत्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सिम्राैनगढ नगरपालिका–४ का ५५ वर्षीय मुक्ति साह छन् । उनलाई प्रदेश २ को प्रहरी टोलीले शनिबार पक्राउ गरेको प्रदेश...

वीरगञ्जमा कोरोना संक्रमित १ पुरुषको मृत्यु

वीरगञ्ज, २१ साउन-वीरगञ्जमा बुधबार कोरोना भाइरस संक्रमण एक पुरुषको मृत्यु भएको छ । संक्रमण पुष्टि भएर आइसोलेसनमा उपचाररत ती पुरुषको आज बिहान मृत्यु भएको हो । वीरगञ्जको गण्डक बहुअरीमा रहेको वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज...

मध्यपुर अस्पतालका ३० स्वास्थ्यकर्मी क्वारेन्टाइनमा  

काठमाडौं, २४ जेठ-गर्भवती महिलामा कोरोना भाइरस पोजिटिभ देखिएपछि भक्तपुरको मध्यपुर अस्पताल प्रालिका ३०  कर्मचारी क्वारेन्टाइनमा बस्न सुरू गरेका छन् । गत मंगलबार अस्पताल भर्ना भएकी दोलखा घर भएकी भक्तपुर कमलबिनायकमा बस्ने ति गर्भवतीमा आज गरिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्