कमला ह्यारिस डेमोक्र्याटबाट उपराष्ट्रपतिको उम्मेदवार

 न्यूज विराट
कमला ह्यारिस डेमोक्र्याटबाट उपराष्ट्रपतिको उम्मेदवार

एजेन्सी, साउन २८-आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले कमला ह्यारिसलाई उपराष्ट्रपति पदको उम्मेदवार बनाएका छन् । अमेरिकी उपराष्ट्रपति पदको उम्मेदवार बन्ने उनी पहिलो अश्वेत महिला हुनेछिन् । उनी भारतीय–जमाइका मूलकी हुन् ।

यसअघि दुई पटक मात्रै अमेरिकी उपराष्ट्रपतिमा महिला उम्मेदवार खडा भएका थिए । सन् २००८ मा रिपब्लिकन पार्टीबाट सारा प्यालिन उपराष्ट्रपति पदको उम्मेदवार बनेकी थिइन् भने सन् १९८४ मा डेमोक्रेटिक पार्टीले गिरालडिन फेरारोलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको थियो । तर, दुवै चुनावमा पराजित भएका थिए ।

अमेरिकाको इतिहासमा दुवै पार्टीले हालसम्म कुनै अश्वेत महिलालाई उम्मेदवार बनाएका छैनन् भने अमेरिकामा महिलाले राष्ट्रपति निर्वाचनमा जित हात पारेका छैनन् ।

क्यालिफोर्नियाकी सांसद कमला ह्यारिस राष्ट्रपति पदका लागि उम्मेदवार बन्न जो बाइडेनसँगै प्रतिस्पर्धामा थिइन् । तर उनी राष्ट्रपति पदको दौडबाट बाहिर भएपछि पनि जो बाइडेनले उपराष्ट्रपतिको उम्मेदवार बनाउने विषयले चर्चा पाएको थियो ।

क्यालिफोर्नियाको महान्यायाधिवक्तासमेत भइसकेकी उनी प्रहरीमा सुधारको पक्षपाती हुन् । जो बाइडेनले आगामी ३ नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको सामना गर्नेछन् ।

हालका उपराष्ट्रपति माइक पेन्स एकपटक ट्रम्पसँगै उपराष्ट्रपति पदका उम्मेदवार हुनेछन् । बाइडेनले कमला ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेदवार घोषणा गर्दै कमला ह्यारिस एक बहादुर योद्धा र अमेरिकाको एक असल सेवक भएको बताएका छन् ।

उपराष्ट्रपति पदको उम्मेदवार बनेपछि उनले बाइडेनलाई धन्यवाद दिएकी छन् । उनले भनेकी छन्, ‘बाइडेनले अमेरिकी जनतालाई एक बनाउन सक्नुहुन्छ, किनकि उहाँले हाम्रा लागि लड्दालड्दै आफ्नो पूरै जीवन बिताउनुभएको छ र राष्ट्रपतिका रूपमा हाम्रो आदर्शमा खरो उत्रिने अमेरिका बनाउनुहुनेछ ।’

उनले आफू उपराट्रपति पदको उम्मेदवार हुनुकाे नाताले बाइडेनलाई राष्ट्रपति बनाउनका लागि सक्दो भूमिका खेल्ने प्रतिवद्धता जनाएकी छन् । बाइडेनको चुनावी अभियानका अनुसार बाइडेन र कमला ह्यारिसले बुधबार डेलवेयरमा चुनावी सभालाई सम्बोधन गर्नेछन् ।

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने जो बाइडेन र कमला ह्यारिस एकसाथ आएकोमा निराशा व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘अमेरिकाका लागि गलत हो ।’

सम्बन्धित समाचार

केएमसी अस्पतालको आइसोलेसनमा १ जनाको मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी

काठमाडौं, १० जेठ-काठमाडौं मेडिकल कलेज (केएमसी) को आइसोलेसनमा उपचाररत १ वृद्धको मृत्यु भएको छ । अस्पताल स्रोतका अनुसार बुटवलका ति व्यक्तिको आज उपचारका क्रममा मृत्यु भएको हो। ३ दिनअघि अस्पताल भर्ना भएका करिब ६५/७० वर्षीय...

रात्रिकालीन व्यवसाय राति १० बजेसम्म सञ्चालन गर्न पाइने

काठमाडौं, २३ माघ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले रात्रिकालीन व्यवसाय राति १० बजेसम्म सञ्चालनका लागि अनुमति दिएको छ । डान्स बार, दोहोरी, नाचघर, क्लब, सिनेमा हल, जिम खाना, स्विमिङ पुल तथा फुटसल १...

निको भएर फर्किए १६ कोरोना संक्रमित

काठमाडौं, १४ वैशाख-कोरोना भाइरस संक्रमण भेटिएका १६ जना नेपाली उपचारपछि घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएअनुसार आज थप ४ जना कोरोना जाति भएर घर फर्किएका हुन् । मन्त्रालयका अनुसार रौतहटका...

भारतमा पब्जीसहित १ सय १८ चिनिया एप्समा प्रतिबन्द

एजेन्सी, १७ भदौ-भारतले चर्चित भिडियो गेम पब्जीसहित चीनमा विकास गरिएका १ सय १८ वटा मोबाइल एप्सलाई प्रतिबन्द लगाएको छ । भारतले चिनियाँ एप्सबाट राष्ट्रिय सुरक्षामा खतरा बढेको कारण देखाउँदै १ सय १८ वटा एप्समा प्रतिबन्ध...

विराटनगरमा २७ सहित प्रदेश १ मा २६८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

विराटनगर, २० माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २६८ जनामा कोरोना संक्रमण भएको छ । ३५४ जनाको पीसीआर परीक्षण गर्दा १३१ र ५५७ जनाको एन्टिजेन परीक्षण गर्दा १३७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक...

काठमाडौं भित्रिने र छाड्ने घटे

काठमाडौं, १४ कात्तिक-कोभिड-१९ महामारीको त्रासका कारण यसपालिको दसैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रूपमा कम भएका छन् । विगतका वर्षमा उपत्यका छाड्ने र भित्रिने यात्रुको सङ्ख्या लाखौँलाख हुन्थ्यो । यसपालि भने केही लाखले मात्रै...

प्रचण्डलाई भीम रावलले भने, ‘पदको झगडामा म सामेल छैन’ 

काठमाडाैं, १३ साउन-नेकपा स्थायी कमिटी सदस्य भीम रावलले पदको झगडामा पार्टी अध्यक्ष प्रचण्डलाई साथ दिन नसक्ने बताएका छन् । बालुवाटार भेलामा रावलले पदका लागि भइरहेकाे झगडामा हारजितका लागि आफूहरूको टाउको नगन्न आग्रह पनि गरेका छन्...

कोशी प्रदेश टी– १० क्रिकेट : विराटनगर स्पोर्टिङको लागातार तीन जित

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा विराटनगर स्पोर्टिङ क्बलले लगातार तीन जित निकाल्दै ६ अंक जोडेको छ । विराटनगर – ६ स्थित एमबिजे क्रिकेट मैदानमा बिहीबार भएको एलिट क्रिकेट क्लबसँग ६३...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्