राष्ट्रिय फुटबल टिमका खेलाडीको कोरोना परीक्षण

 न्यूज विराट
राष्ट्रिय फुटबल टिमका खेलाडीको कोरोना परीक्षण

काठमाडौं, २६ साउन-विश्वकप छनोट र एसियन कप छनोटका लागि प्रशिक्षणमा सहभागी हुने राष्ट्रिय फुटबल टिमका खेलाडीहरूको कोरोना परीक्षण गरिएको छ । सोमबार बन्द प्रशिक्षणमा सहभागी हुने ३४ खेलाडीमध्ये ११ जनाको कोरोना परीक्षण गरिएको हो । खेलाडीहरूसँगै पहिलो दिन १ फिजियो, १ प्रशिक्षक र एन्फा होस्टलका १२ स्टाफको गरी २५ जनाको परीक्षण गरिएको छ । ललितपुरको पाटन अस्पतालमा फिजियो आविष्कार पुडासैनी र प्रशिक्षक किरण श्रेष्ठको पनि परीक्षण गरिएको हो ।

सोमबार विशाल राई, रंजित धिमाल, मिक्चेन तामाङ, रवी पासवान, दर्शन गुरुङ, विमल राना, दीप कार्की, दिलेन लोक्तान, छिरिङ गुरुङ, देवेन्द्र तामाङ र पुजन उपरकोटीको कोरोना परीक्षण गरिएको हो । बाँकी खेलाडी र अफिसियलको पीसीआर मंगलबार गरिने राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले जानकारी दिए ।

सरकारले लकडाउनलाई खुकुलो बनाएसँगै विश्वकप छनोटका लागि एन्फाले राष्ट्रिय फुटबल टिमको प्रशिक्षण १ भदौबाट सुरु गर्ने तयारी गरेको छ । फिफा विश्वकप २०२२ छनोटअन्तर्गत नेपालले ३ वटा होम खेल दशरथ रंगशालामा खेल्दै छ । ३ खेलमध्ये नेपालले २२ असोजमा चाइनिज ताइपेईसँग र त्यसको ५ दिनपछि अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै छ । समूह ‘बी’ मा रहेको नेपालले छनोट अन्तिम खेलमा नेपालले कात्र्तिक २७ गते जोर्डनसँग खेल्ने तालिका छ ।

समूह ‘बी’ मा रहेको नेपाल ३ अंकका साथ चौथो स्थानमा छ । नेपालको समूहमा रहेको अस्ट्रेलिया १२ अंकका साथ शीर्ष स्थानमा रहँदा । समान १० अंक जोडेका कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । अंकविहीन चाइनिज ताइपेई पाँचौँ स्थानमा छ ।

छनोट प्रतियोगिताको पहिलो नेपाल कुवेतसँग ७–० ले पराजित भएको थियो भने दोस्रो खेलमा चाइनिज ताइपेईलाई २–० ले हराएको थियो । तेस्रो खेलमा नेपालले अस्ट्रेलियालाई ५–० र चौथो खेलमा जोर्डनलाई ३–० ले  को नतिजा सुम्पिएको थियो ।

सम्बन्धित समाचार

जानकी जन्मोत्सवमा सुनसान जन्मभूमि

जनकपुर, १९ वैशाख-धार्मिक एवं पर्यटकीय नगरी जनकपुरधाममा जानकी जन्मोत्सव आज मनाइँदै छ । त्रेता युगमा वैशाख शुक्ल नवमीका दिन देवी जानकीको जन्म भएकाले जनकपुरधाममा जानकी जन्मोत्सव प्रत्येक वर्ष विशेष उत्सवका साथ मनाइने गरिन्छ । जन्मोत्सवका...

चुनावको पक्षमा उभियो कांग्रेस

काठमाडौं, माघ ४ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस चुनावकै पक्षमा दृढतापुर्वक उभिएको छ । निर्वाचन आयोगसँगको छलफलमा औपचारिक रुपमा चुनावको पक्षमा उभिएको हो । कांग्रेसको यो निर्णयसँगै चुनावबिरुद्ध कांग्रेससँग सहकार्य गर्ने पुष्पकमल दाहाल, प्रचण्ड...

आज १ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण

काठमाडौं, १४ असोज-गत २४ घण्टामा नेपालमा १ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परीक्षणमा आज देशभर १ हजार ५ सय ५९ जनामा कोरोना पुष्टि भएको...

कोरोनाबाट २४ घण्टामा ११ जनाको मृत्यु

काठमाडौं, ५ भदौ–शुक्रबार एकै दिन नेपालमा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । देशका विभिन्न जिल्लामा १ महिला र १० पुरुष गरी ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा....

उच्च सतर्कताका साथ विराटनगरबाट हवाई उडान सुरु, पहिलो दिन ६ उडान

विराटनगर, ५ असोज–कोरोना भाइरस महामारी नियन्त्रण गर्न गरिएको लकडाउनपछि गत चैत ११ गतेबाट बन्द हवाइसेवा सोमबारबाट सुरु भएको छ । लामो समयको बन्दपछि सोमबारदेखि सुरु भएको हवाइसेवामा पहिलो दिननै विराटनगर विमानस्थलबाट ६ उडान भएका छन्...

४ स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि कोशी अस्पतालको ओपिडी सेवा बन्द

विराटनगर, साउन १४–चारजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि विराटनगर स्थित कोसी अस्पतालको ओपीडी सेवा बिहीबारबाट बन्द गरिएको छ । ओपिडीका इञ्चार्जसहित चार जनामा कोरोना पुष्टि भएपछि अस्पतालले सूचना जारी गर्दै सेवा बन्दको जानकारी दिएको हो ।...

त्रिभुवन विमानस्थलमा एकै दिन २० उडान

काठमाडौं, ९ असार-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन आन्तरिक र अन्तर्राष्ट्रिय गरी २० उडान भएका छन् । ती उडानमध्ये अन्तर्राष्ट्रियतर्फ सर्वाधिक १४ उडान भएको विमानस्थल कार्यालयले जनाएको छ । बन्दाबन्दीपछि यो हालसम्मकै बढी उडान हो...

कोशी प्रदेशका मन्त्री राजभण्डारीलाई पाँच दिनभित्र लिखित जवाफ पेश गर्न आदेश

विराटनगर । कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्विकुमार राजभण्डारीलाई पाँच दिनभित्र उच्च अदालतमा आफँै उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश गरेको छ ।न्यायधीशद्वय सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको संयुक्त इजलासले बुधबार मन्त्री राजभण्डारी विरुद्ध...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्