अयोध्याका विषयमा थप अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

 न्यूज विराट
अयोध्याका विषयमा थप अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, २४ साउन-प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा अध्ययन गर्न आग्रह गरेका छन् । उनले शुक्रबार माडी नगरपालिका-९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अयोध्यापुरीको अध्ययन गर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सुवेदीले भने, ‘त्यहाँ के कस्ता संरचना छन्, के-के बनाउनुभएको छ । भारतमा भएको अयोध्याका विषयमा त्यहाँका जनतासमेत विश्वस्त नरहेको पाइएकाले हाम्रो अयोध्याका विषयमा थप अध्ययन र संरक्षणमा जुट्नुपर्छ । तपाईँहरू के-के गर्दै हुनुहुन्छ, तुरुन्तै काम अघि बढाउनुपर्‍यो ।’

प्रधानमन्त्री ओलीले आफूले अयोध्याका बारेमा अध्ययन गर्दा प्रमाण बलियो भेटिएको तथा सोमेश्वर गढी, वाल्मिकी आश्रमलगायत स्थानसमेत बलियो आधार भएको बताएको सुवेदीले जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्री अयोध्याका विषयमा माडीको टोलीसँग छलफलका लागि आतुर हुनुहुन्छ ।’

हाल माडीमा रहेका धार्मिक सम्पदा र पुरातात्विक सामग्रीको संरक्षण गर्न अनुरोध गर्दै प्रधानमन्त्री ओलीले आउँदो रामनवमी पर्वमा ठूलो पूजा गरी काम सुरु गरिने बताएको  वडाध्यक्ष सुवेदीले जानकारी दिए ।

‘पुरातत्विक विभागसँग समन्वय गरेर अध्ययन र संरक्षणमा जुट्न प्रधानमन्त्रीको निर्देशन छ,’ सुवेदीले भने । हालको वडा नम्बर ९ यसअघिको अयोध्यापुरी गाउँ विकास समितिमा पथ्र्यो ।

यसैबीच, प्रधानमन्त्री ओलीले माडीका नगर प्रमुखसहितका प्रतिनिधिलाई भेट गर्नलाई आज बोलाएका छन् । माडी नगरपालिका प्रमुख ठाकुर ढकालले आज प्रधानमन्त्री ओलीले भेटघाटका लागि बोलाएको जानकारी दिए ।

ढकालका अनुसार वडाध्यक्ष सुवेदी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का माडी अध्यक्ष प्रभु महतो, सचिव नारदमणि पौडेलसहितको टोली प्रधानमन्त्रीलाई भेट्न काठमाडौं आउँदै छ ।

प्रधानमन्त्री ओले गत २९ असार भानुजयन्तीका दिन राम नेपालकै ठोरी क्षेत्रमा जन्मेको हुन सक्ने अभिव्यक्ति दिएका थिए । माडीको अयोध्यापुरी, वाल्मिकी आश्रम, गोद्धकलगायत क्षेत्रमा पुरानो मुद्रा, इँटा, पुराना भवनका अवशेषजस्ता पुरातात्विक वस्तु भेटिँदै आएको छ ।

सम्बन्धित समाचार

नेकपा विवाद : २० स्थायी कमिटी सदस्यको धुम्बाराहीमा भेला

काठमाडौं, २५ वैशाख-सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का असन्तुष्ट पक्षका २० जना स्थायी कमिटीका सदस्यले बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा भेला गरेका छन् । २० गते बसेको सचिवालयले २५ गते स्थायी कमिटीको बैठक बोलाएको थियो ।...

अनैतिक सम्बन्ध रहेको थाहा पाएपछि हत्या

सप्तरी, २६ असोज-एक महिलाको हत्या आरोपमा सप्तरी प्रहरीले तीन जना व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको आरोपमा मैनाकडीका २१ वर्षीय अजय कुमार राउत, ५२ वर्षीय राधे भन्ने ओमप्रकाश यादव र कञ्चनपुर- २१ ठेलीया...

एम्बुलेन्समार्फत् उपत्यका भित्रिने बढ्दै

गोरखापत्र दैनिकबाट-कोरोना भाइरस (कोभिड–१९) विरुद्धको बन्दाबन्दीको समयमा उपत्यकाबाट ठूलो संख्यामा मानिस बाहिरी रहँदा पछिल्लो पटक उपत्यका भित्रिने क्रमसमेत बढेको देखिएको छ । यसअघि उपत्यका छाडेर घर जानेको तथ्यांक कुनै निकायसँग छैन । तथ्यांकको अभावमा बन्दाबन्दीको...

कोरोना संक्रमणका कारण विराटनगरमा ७७ वर्षिय पुरुषको मृत्यु

विराटनगर, साउन १९-विराटनगर स्थित कोशी अस्पतालको आइसोलेसनमा कोरोना संक्रमणका कारण एक पुरुषको मृत्यु भएको छ । विराटनगर–५ आदर्श टोलका ७७ वर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा. चुमनलाल दाशले जानकारी दिए...

भारतमा रेलको ठक्करबाट नेपाली युवकको मृत्यु

भारतमा रेलको ठक्करबाट नेपाली युवकको मृत्यु भएको छ । रेलको लिकमा हिँडिरहेका बेला विहारबाट पश्चिम बङ्गालको सिलीगुडीतर्फ जाँदै गरेको रेलले ठक्कर दिँदा झापा मेचीनगर नगरपालिका–६ का ३० वर्षीय विजय श्रेष्ठको मृत्यु भएको हो । उनलाई...

म्यान्मारमा पहिरोमा परी मृत्यु हुनेको संख्या १ सय ६२ पुग्यो

एजेन्सी, असार १९-म्यानमारको काचिन राज्यको पाकन्ट क्षेत्रमा रहेको एक खानीमा बिहीबार बिहान आएको पहिरोमा परी मृत्यु हुने व्यक्तिको संख्या १ सय ६२ पुगेको छ । म्यानमारको सूचना मन्त्रालयले दिएको जानकारीअनुसार कचिन राज्यको पाकन्ट क्षेत्रस्थित बहुमूल्य...

थप २०१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ हजार ३०० पुग्यो

काठमाडौं, २१ जेठ-बुधबार थप २ सय १ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले नेपालमा थप २ सय १ जनामा कोरोना संक्रमण...

अकूत सम्पत्ति कमाएको अभियोगमा सडक विभागका तत्कालीन इन्जिनियरविरुद्ध मुद्दा

काठमाडौं, २२ असार-अख्तियार दुरुपयोग अनुसनधान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभागका तत्कालीन सुपरिटेन्डेन्ट इञ्जिनियर चन्द्रनारायण यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भनी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्