विराटनगर, २२ साउन–प्रदेश १ मा बिहिबार ६६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २४, सुनसरीमा १९, इलाममा १५, झापामा ८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ११ पुरुष १० महिला, बेलबारीमा २ र रंगेलीमा १ पुरुष, सुनसरीको धरानमा ११ पुरुष, ३ महिला, इटहरीमा ४ पुरुष १ महिला, इलामको इलाम नगरपालिकामा १५ पुरुष, झापाको मेचीनगरमा ७ पुरुष, १ महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार २ सय ५५ पुगेको छ ।
प्रदेश १ मा बिहिबार १८ जना डिस्चार्ज भएका छन । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट १२ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना डिस्चार्ज भएका हुन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ९ सय ५ पुगेको छ । प्रदेश १ मा बिहिबार १ हजार ५४ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण गरिएका मध्ये १५ महिला र ५१ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।