गैरसरकारी संस्थाको आर्थिक कारोबार पारदर्शी हुनुपर्छ : पूर्वमन्त्री साह

 न्यूज विराट
गैरसरकारी संस्थाको आर्थिक कारोबार पारदर्शी हुनुपर्छ : पूर्वमन्त्री साह

काठमाडौं, २२ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद एवम् पूर्वमन्त्री प्रभु साहले गैरसरकारी संस्थाले लुट मच्चाएको आरोप लगाएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवम् प्रदेश २ का अध्यक्षसमेत रहेका पूर्वमन्त्री साहले गैरसरकारी संस्थाको आर्थिक कारोबारको कुनै लेखाजोखा वा जवाफदेहिता नभएको भन्दै आर्थिक कारोबार पारदर्शी बनाउन माग गरेका छन् ।

देशैभरका स्थानीय तहहरूको बजेटजत्तिकै रकम गैरसरकारी संघसंस्थाले खर्च गर्ने गरेको भए पनि त्यसको परिणाम शून्य रहेको सांसद साहले बताए ।

उनले अनियमितता र भ्रष्टाचार रोक्न १० करोडभन्दा बढी आर्थिक कारोबार भएको संस्थाको पदाधिकारीको सम्पत्ति विवरण सार्वजनिक गर्ने र आर्थिक खर्चको लेखा परीक्षण महालेखा परीक्षकबाट गर्नुपर्नेजस्ता प्रावधानसहित वर्तमान व्यवस्थामा परिवर्तन गरी जनताको निगरानीसहित सरकारी निकायको भूमिका बढाउनुपर्ने बताएका छन् ।

‘गैरसरकारी संस्थाहरूमा पारदर्शिता एवं सरकारी निकायको प्रभावकारी नियमनको अभावमा अनियमितता र भ्रष्टाचार बढ्दो छ । अहिलेको २१औँ शताब्दीको सूचना प्रविधिको युगमा पनि गैरसरकारी संस्थाहरूको आर्थिक कारोबार पूरै अपारदर्शी हुनु दुःखद छ,’ सांसद साहले भने, ‘कुन एनजीओमा कहाँबाट कति रकम आयो र उक्त रकम कुन ठाउँमा कसरी र कति खर्च भयो ? यसको कुनै लेखाजोखा वा जवाफदेहिता छैन । सरकारी निकायको भूमिका संस्था दर्ता र नवीकरणमा मात्र सीमित छ ।’

सम्बन्धित समाचार

भारतमा कोरोना : एकै दिनमा करिब १० हजार संक्रमित, २७९ को मृत्यु

एजेन्सी, जेठ २८-भारतमा कोरोनाभाइरसका कारण एकै दिनमा झण्डै १० हजार जना संक्रमित भएका छन् । सरकारी अधिकारीले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ९८५ जना संक्रमित भएको पुष्टि भएको हो । योसँगै...

देशभर एकै दिन थपिए १ हजार ५३९ संक्रमित

काठमाडौं, ३१ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ५ सय ३९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यो अहिलेसम्मकै सर्वाधिक धेरै दैनिक कोरोन संक्रमण पुष्टि हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड-...

बाहिरी तागतले माधव नेपाललाई एमालेबाट चुँडायो : ओली

काठमाडौं, ३ भदौ । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई बाहिरी शक्तिले एमाले छोड्न बाध्य पारेको बताएका छन् । एमाले फुटेपछि दिएको पहिलो अन्तर्वार्तामा उनले नेपालसँग आफूले बारम्बार भेट्न खोज्दा पनि नमानेको...

भारत लैजादै गरेको दश जना महिलाको उद्धार

विराटनगर । वैदेशिक रोजगारीको प्रलोभनमा पारेर भारत लैजान लागेको दश जना महिलाहरुलाई उद्धार गरिएको छ । साना हातहरु नामक संस्था र प्रहरीले विराटनगरको सीमा क्षेत्र र जोगवनीबाट दश जना महिलाहरुलाई उद्धार गरेको हो । उद्धार...

घरको छतमा मनाइयो चैती छठी

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले गरेको ‘लकडाउन’का कारण जनकपुरधामबासीले आ–आफनो घरमै चैती छठ मनाएका छन् । चैती छठ तलाउ, पोखरी लगायतका जलाशयमा छठघाट तयार पारेर सामूहिक रूपमा पूजाअर्चना गरेर मनाइने चलन छ । तर,...

मेलम्ची पहिरो अपडेट : ३ जनाको शव भेटियो, ५ को अवस्था अज्ञात 

सिन्धुपाल्चाेक, १९ साउन-सिन्धुपाल्चोक मेलम्ची बजारमा पहिरोमा परी बेपत्ता भएकामध्ये ३ जना मृत फेला परेका छन् । कभर्डहल निर्माण गर्ने कामदार बसेको मेलम्ची– ११ स्थित घर पहिरोले पुरिँदा बेपत्ता भएका ८ मध्ये ३ जनाको शव फेला...

अघिअघि टेलिकम, पछिपछि एनसेल

कोरोना विषाणुको सङ्क्रमणबाट सतर्क रहन सन्देश प्रवाह होस् अथवा बन्दाबन्दीले घरभित्रै बस्न बाध्य भएको बेला नयाँनयाँ प्याक सुविधा उपलब्ध गराउन होस् देशका मुख्य दूरसञ्चार सेवा प्रदायक यतिबेला सक्रिय देखिन्छन् । कोरोनाका सम्भावित सङ्क्रमित पहिचान गर्न...

हिसान स्पोर्टस मिट मंगलबारदेखि

विराटनगर । ११ औं संस्करणको हिसान स्पोर्ट्स मिट मंगलबारदेखि सुरू हुने भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल मोरङ (हिसान) को आयोजनामा हिसान स्पोर्टस मिट हुन लागेको हो । हिसान मोरङले आइतबार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्