२४ घण्टामा देशभर ३८१ जनामा संक्रमण पुष्टि, १३० जनाले जिते कोरोना

 न्यूज विराट
२४ घण्टामा देशभर ३८१ जनामा संक्रमण पुष्टि, १३० जनाले जिते कोरोना

काठमाडौं, २१ साउन-देशभर पछिल्लो २४ घण्टाको अवधिमा ३८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न अस्पतालमा गरिएको परीक्षणमा थप ३८१ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए ।

देशभर आजसम्म २१ हजार ३९० जनामा कोरोना संक्रमण देखिएको छ । आज ६ हजार १६४ जना सक्रिय संक्रमित रहेका छन् । उनीहरूको देशभरका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा ६ हजार ३५९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । हालसम्म ४ लाख १२ हजार ९५३ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको मन्त्रालयको तथ्यांक रहेको छ । हालसम्म देशभरका विभिन्न क्वारेन्टाइनमा ९ हजार ९२५ जना रहेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टाको अवधिमा थप १३० जनाले कोरोनालाई जितेका छन् । हालसम्म १५ हजार १५६ जनाले कोरोनालाई जितेको मन्त्रालयले जनाएको छ । हालसम्म ७०.८ प्रतिशतले कोरोना भाइरसलाई जितेको मन्त्रालयको तथ्यांक रहेको छ ।

सम्बन्धित समाचार

कोरोना संक्रमण मुक्त हुने दरको ग्राफ उकालो, आज ७२२६ निको

काठमाडौं, जेठ १३-नेपालमा आज कोरोना संक्रमणबाट मुक्त हुने दरको ग्राफ उकालो लागेको छ । नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुने संख्या धेरै भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ७ हजार २२६ संक्रमित...

आजदेखि विराटनगरमा मास्क अनिवार्य, स्वास्थ्य मापदण्ड पालना गर्न प्रशासनको आदेश

विराटनगर, २९ पुस । पछिल्लो समय विराटनगरसहित मोरङमा कोरोना संक्रमण बढ्दै गएपछि प्रशासनले कडाई गर्न थालेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रशासनले २२ बुँदे आदेश जारी गर्दै कडाई गर्न थालेको हो ।...

डिआइजीका घुमुवा इन्स्पेक्टर राई निलम्बित

विराटनगर । सशस्त्र प्रहरी बल नम्बर १ बराह वाहिनीका डिआइजी अन्जनीकुमार पोखरेलले सादा पोसाक ‘घुमुवा’ मा खटाएका सशस्त्र प्रहरी निरीक्षक नवलप्रभात राई निलम्बित भएका छन् । डियुटिमा खटिएका चार जना प्रहरीलाई निर्घात कुटपिट गरेपछि राई...

विराटनगरमा ९ सहित प्रदेश १ मा २३० जनामा कोरोना संक्रमण

विराटनगर, २६ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३० जनामा कोरोना संक्रमण भएको छ । ५२३ जनाको पीसीआर परीक्षण गर्दा १०४ र ६७० जनाको एन्टिजेन परीक्षण गर्दा १२६ जनामा कोरोना संक्रमण देखिएको सामाजिक...

बर्दिवासमा आगलागीबाट करोडको क्षति

महोत्तरीको बर्दिवास नगरपालिका–१ को मुुख्यचोकमै आज आगलागी भएको छ ।  व्यापारिक प्रतिष्ठान रहेको तीन तले भवनको माथिल्लो तलामा आगो सल्केको हो । विद्युत् चुहिएर (सर्ट भएर) आगलागी भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ। मोहम्मद...

इम्बोस्ड नम्बर प्लेड जडान नगरे साउनदेखि जरिवाना

काठमाडौं, २० जेठ । सवारी साधनमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ । यातायात व्यवस्था विभागले शुक्रबार सूचना जारी गर्दै बागमती र गण्डकी प्रदेशमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने जनाएको हो । बागमती प्रदेशअन्तर्गत यातायात...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा तीन जनाको कृत्रिम खुट्टा प्रत्यारोपण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले तीन जनाको कृत्रिम खुट्टा प्रत्यारोपण गराएको छ । क्लबले एक कार्यक्रमकाबिच अपाङ्गता भएका तीन जना व्यक्तिहरुको कृत्रिम खुट्टा प्रत्यारोपण गराएको हो । मोरङको रतुवामाई–२ का चकाटु हरिजन, बुढीगंगा–२...

संवैधानिक निकायमा नियुक्त पदाधिकारीलाई काममा रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट दायर

विभिन्न संवैधानिक निकायमा नवनियुक्त प्रमुख तथा पदाधिकारीलाई काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बुधबार नियुक्त भएका संवैधानिक निकायका ३२ जना प्रमुख तथा पदाधिकारीलाई कामकाज...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्