प्रदेश १ मा ९० वर्षिया महिला सहित ५७ जना डिस्चार्ज, १८ संक्रमित थपिए

 न्यूज विराट
प्रदेश १ मा ९० वर्षिया महिला सहित ५७ जना डिस्चार्ज, १८ संक्रमित थपिए

विराटनगर, २१ साउन–प्रदेश १ मा आज १८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १४, इलाममा २, उदयपुर र सुनसरीमा १÷१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ६ पुरुष ४ महिला, सुनबर्षीमा ३ र धनपालथानमा १ पुरुष, इलामको इलाम नगरपालिका र सुर्योदयमा १÷१ पुरुष, उदयपुरको त्रियुगामा १ महिला र सुनसरीको धरानमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार १ सय ८९ पुगेको छ ।

प्रदेश १ मा बुधबार ९० वर्षीया बृद्धा सहित ५७ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट ३६ जना र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट २१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरबाट डिस्चार्ज भएकाहरुलाई सामाजिक विकास मन्त्री जीवन घिमिरे, कोशी अस्पताल विराटनगरका मेडिकल सुपरीटेन्डेन्ट डा. चुमनलाल दास लगायतले विदाई गरे ।

आज डिस्चार्ज हुनेमा मोरङका २६, झापाका १६, सुनसरी र इलामका ६÷६, धनकुटा, उदयपुर र ते¥हथुमका १÷१ जना रहेका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ८ सय ८७ पुगेको छ । प्रदेश १ मा आज ६ सय १६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ५ महिला र १३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ पार्टी गठन गर्ने खरेलको घाषणा

नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक रमेशप्रसाद खरेलले नयाँ पार्टी गठन गर्ने घोषणा गरेका छन्। नेपाल सुशासन अभियानका रूपमा खरेल आफ्ना समर्थकसहित केही समययता सक्रिय छन्। भ्रष्टाचार, अन्याय, अत्यचार र बेथितिविरूद्ध आफ्नो पार्टी सक्रिय रहने खरेलले पत्रकार बताए।...

प्रधानमन्त्री ओलीद्वारा कोभिड-१९ रोकथाम र नियन्त्रण गर्न स्थानीय तहसँग छलफल

काठमाडौं, २३ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को रोकथाम र नियन्त्रणका बारेमा स्थानीय तहका संघसंगठन तथा पदाधिकारीसँग छलफल गरेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कोभिड-१९ रोकथाम र नियन्त्रण गर्न स्थानीय तहले भोगेका समस्या,...

विराटनगरस्थित भानुकला केन्द्रद्वारा विभिन्न क्षेत्रमा योगदान पु¥याउने स्रष्टा सम्मानित

विराटनगर, २८ असार । विराटनगरस्थित भानुकला केन्द्रले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको छ । आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्तीको अवसर पारेर भाषा, साहित्य, कला, संंस्कृति र पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान...

आज नाग पञ्चमी पर्व मनाइँदै

काठमाडौं, साउन २९ । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर यो पर्व मनाउने गरिन्छ। यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग,...

अरनिको खेलकुद सप्ताह सकियो

विराटनगर । विराटनगर–१० मा रहेको अरनिको आवासीय माध्यमिक विद्यालयले खेलकुद सप्ताहमा सम्पन्न भएको छ । स्कुलमा आज एक कार्यक्रम आयोजना गरि खेलकुद सप्ताह समापन गरेको हो । खेलकुद सप्ताहमामा सहभागी २ सय ५० विद्यार्थीलाई आज...

२ करोड ९१ लाख पुग्याे नेपालको जनसंख्या, वृद्धिदर भने घट्दाे

काठमाडौं, १२ माघ । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । केन्द्रीय तथ्यांक विभागले बुधबार जनगणनाको संक्षिप्त विवरण सार्वजनिक गरेको हो । नयाँ जनगणना अनसार महिलाको संख्या १ करोड ४९ लाख...

महाकाली सन्धीले कालोपानी गुमाएको हैन : विष्णु पौडेल

काठमाडौं, ३१ जेठ-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद विष्णु पौडेलले महाकाली सन्धीको बचाउ गरेका छन् । नयाँ नक्सालाई निशान छापमा राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथिको छलफलमा महाकाली सन्धीमा प्रयोग भएका शब्दहरुको गलत...

१५ महिने बालकसहित वीरगञ्जका २१ जनाले जिते कोरोना

जनकपुर, १४ जेठ-वीरगञ्जको विशेष कोरोना गण्डक अस्पतालमा उपचारार्थ २१ जनाले कोरोना जितेका छन् । विशेष कोरोना गण्डक हस्पिटलमा उपचाररत रहेका ३० संक्रमितमध्ये २१ जनाले कोरोना जितेका हुन् । मंगलबार राती डिस्चार्ज हुनेमा २१ जना सबै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्