विराटनगर–५ का तीन जनामा कोरोना पुष्टि

 न्यूज विराट
विराटनगर–५ का तीन जनामा कोरोना पुष्टि

विराटनगर, २१ साउन–विराटनगर–५ मा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर चाँदनी चोक क्षेत्रका तीन जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको वडाध्यक्ष मिनकुमार आचार्यले जानकारी दिए ।

गुद्री बजारमा तरकारी पसल सञ्चालन गर्दै आएका दुई बाबुछोरामा संक्रमण पुष्टि भएको छ । उनीहरु घरबाट पसल जानेर घर फर्किेने बाहेक अन्यत्रको यात्रा नगरेकोले पसलमै कसैबाट संक्रमण भएको आशंका गरिएको छ ।

यसै गरी अर्का संक्रमित विराट नर्सिङ होममा कार्यरत कर्मचारीको आमा भएको बताइएको छ । उनलाई छोराबाट संक्रमण भएको हुनसक्ने भन्दै थप कन्ट्रयाक्ट ट्रेसिङको काम सुरु गर्ने तयारी भइरहेको वडाध्यक्ष आचार्यले बताए ।

विराटनगर महानगरपालिका–५ मा यस अघि ९ जनामा संक्रमण पुष्टि भएको थियो । बुधबार तीन जना थपिएपछि वडामा संक्रमित संख्या १२ जना पुगेको वडाध्यक्ष आचार्यले बताए ।

विराटनगरमा सबै भन्दा धेरै संक्रमित भएको वार्ड पनि ५ नम्बर नै भएको बताउँदै वडाध्यक्ष आचार्यले लकडाउनलाई पूर्णरुपमा पालना गर्न र अनावश्यक हिडडुल नगर्न वडाबासीहरुलाई आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

पशुपालक कृषकलाई घाँसको बिऊ वितरण

विराटनगर । विराटनगर महानगरपालिकाले पशुपालक कृषकहरुलाई उन्नत जातको घाँसको बिऊ वितरण गरेको छ ।महानगरको पशुपंक्षी विकास शाखाले आयोजना गरेको कार्यक्रममा महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले घाँसको बिऊ वितरण गर्नुभयो । विराटनगर क्षेत्रभित्रका पशुपालक...

आयोगले थाल्याे निर्वाचनकाे तयारी

काठमाडौं, १२ पुस-निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका मतदाता नामवाली अद्यावधिक गर्न सुरु गरेको छ । आयोगका प्रवक्ता राजकुुमार श्रेष्ठका अनुुसार निर्वाचनका लागि सुरुका चरणमा गर्नुुपर्ने कामको तयारी प्रारम्भ भएको र मतदाता...

अख्तियारद्वारा चुडामणि शर्मासहित ३ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, असार ९-अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित ३ जनाविरुद्ध मुद्दा दायर भएको छ । आयोगले कर फछर्यौट आयोग, २०७१ का सदस्यसमेत रहेका शर्मासहित अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकालविरुद्ध...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४५२ संक्रमित थपिए, ४४ जना डिस्चार्ज

विराटनगर, २६ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा चार सय ५२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा दुई सय ४२, सुनसरीमा १८४, झापामा ८, इलाममा २, धनकुटा, खोटाङ, उदयपुर र भोजपुरमा एक÷एक र प्रदेश...

कोरोनाबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ४२ पुग्यो

काठमाडौं, ७ साउन-नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषाका ६० वर्षीय पुरुष र ४९ वर्षीया चिनियाँ महिलाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा....

बुन्डेस लिगामा बायर्नको जीत, शीर्ष स्थानमा ४ अंकको अग्रता 

एजेन्सी, जेठ ५-जर्मन बुन्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिख विजयी भएको छ । कोरोना भाइरसको महामारीका बीच ६६ दिनपछि पुनः सुरु भएको बुण्डेस लिगामा बायर्नले युनियन बर्लिनलाई उसकै मैदानमा २-० ले हराएको हो । बायर्नको...

घुसपैठ गर्न आएको अमेरिकी युद्धपोतलाई चिनियाँ सेनाले लखेट्यो

एजेन्सी, जेठ १७-चीन र अमेरिकाबीच तनाब बढिरहेका बेला चिनियाँ सेनाले दक्षिण समुद्री सीमाभित्र घुसेको अमेरिकी युद्धपोतलाई लखेटेको छ । चीनले अमेरिकाको यस्ता भड्काउपूर्ण कदमतर्फ लक्षित गर्दै रक्षा बजेटमा वृद्धि गरेर चीनले कुनै कमजोरी नगरेको बताएको...

ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट केन्द्रय कमिटिले पनि हटाउन सक्दैन : बास्कोटा

विराटनगर, २८ मंसिर–पूर्व सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट केन्द्रीय कमिटीको निर्णयबाट हटाउन नसकिने बताएका छन् । प्रेस संगठन मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्