केन्द्रीय कमिटी बैठकको माग गैरजिम्मेवार : ओली

 न्यूज विराट
केन्द्रीय कमिटी बैठकको माग गैरजिम्मेवार : ओली

काठमाडौं, २० साउन-प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीका बीचमा केन्द्रीय कमिटी बैठक बोलाउन माग राखेर गैरजिम्मेवारी प्रदर्शन गरिरहेको बताएका छन् । 

बालुवाटारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरसहित स्वास्थ्य क्षेत्रका विज्ञहरूको बैठकमा सो माग गैरजिम्मेवारी भएको बताएका हुन् ।

‘कोरोनाका यत्रो धेरै महामारी छ, मेरा पार्टीका साथीहरू नै गैरजिम्मेवारीपन प्रदर्शन गरिरहेका छन्,’ प्रधानमन्त्रीले बैठकमा भने, ‘२५ जना जम्मा हुन गाह्राे छ, यहाँ ४ सय ४५ को बैठक बोलाउनु पर्‍यो भनेर माग गर्छन् ।’

प्रधानमन्त्री ओलीले कोभिड–१९ को उपचार, रोकथाम र नियन्त्रणका लागि सरकार गम्भीर रूपमा लागेको समेत उल्लेख गर्दै तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन उपयुक्त नदेखेको धारणा राखेका हुन् ।

कांग्रेस सभापति देउवाले मुलुकमा कोभिड–१९ को महामारी भयावह हुने भन्दै पुनः लकडाउन गर्नुपर्ने अवस्था आएको बताएका थिए । ‘कोरोनाका बिरामी बढेको बढ्यै छन, फेरि पनि लकडाउन लगाउनुपर्ने अवस्था देखियो,’ देउवाको सुझाव छ, ‘यसबारेमा सरकार गम्भीर बनोस्।’

सम्बन्धित समाचार

सचिवालय भाँडिएपछि नेकपा स्थायी समिति अनिश्चित

काठमाडौं, २४ वैशाख-नेकपाभित्रको आन्तरिक विवाद मिलाएर स्थायी समिति बैठकका एजेण्डा तय गर्न बसेको नेकपा सचिवालय बैठकमा सहमति जुट्न नसकेपछि भोलि वस्ने भनिएको स्थायी समिति बैठक स्थायी समिति अनिश्चित बनेको छ । बैठक वीचमै छाडेर अध्यक्ष...

सुन्दरहरैचामा हात्तीको आक्रमण, दुई जना घाइते

विराटनगर । मोरङमा जंगली हात्तीको आक्रमणबाट आइतबार साँझ दुईजना घाइते भएका छन् । हात्तीले आक्रमण गर्दा सुन्दरहरैँचा नगरपालिका–६ का ५० वर्षीय रामकुमार श्रेष्ठ र १९ वर्षीय सन्तोष राय घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार...

तेस्रो मिल्स टि– २० क्रिकेट : उपाधिको लागि आज होराइजन र वाइआरसीसी

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि – २० क्रिकेट प्रतियोगितामा विराटनगरको होराइजन र वाइआरसिसी क्रिकेट क्लब फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा आइतबार भएको अन्तिम सेमिफाइनल खेलमा भारत विहारको कटिहार क्रिकेट क्लबलाई ४...

समाजसेवी दिनबन्धु गोयलद्धारा १४ घर हस्तान्तरण

विराटनगर । समाजसेवी दिनबन्धु गोयल र उनको परिवारको सहयोगमा झापाको भद्रपुर नगरपालिका–६ मन्त्री चोकमा निर्मित १४ वटा घर सम्बन्धित घरधनीहरुलाई हस्तान्तरण गरिएको छ । ओम प्रकाश गोयल कोलोनी मार्ग समुद्घाटन तथा गृह हस्तान्तरण कर्यक्रममा गोयल...

विराटनगर म्यूजिक फेस्टिबलको तयारी तिव्र, अनलाइनबाट पनि टिकट काटन मिल्ने

विराटनगर । कार्तिक १० गते विराटनगरको मनेरोडस्थित जैन भवनमा हुने तेस्रो संस्करणको विराटनगर म्यूजिक फेस्टिबलको तयारी तिव्र रुपमा अगाडी बढेको छ । उक्त फेस्टिबलको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।म्यूजिक फेस्टिबलमा चर्चित गायक...

८२ लाख ठगी गरेको आरोपमा सुन्दरहरैँचाबाट ज्वेलर्स सञ्चालक दम्पती पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा ज्वेलर्स सुनचाँदी पसल सञ्चालन गरेर बसेका एक दम्पतीले सर्वसाधारणको झण्डै एक करोड रुपैयाँ गठी गरेको आरोपमा पक्राउ परेका छन् । सर्वसाधारणलाई आफ्नो ज्वेलर्समा बचत गर्न लगाएर ८२ लाख रूपैयाँभन्दा...

गैरआवासीय नेपालीको बौद्धिक र भौतिक सम्पत्ति भित्र्याउन राज्यले पहल गर्नुपर्छःमन्त्री कार्की

लण्डन । प्रदेश नम्बर एकका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले गैरआवासीय नेपालीहरुको बौद्धिक र भौतिक सम्पत्तिको समुचित प्रयोग गर्न सके नेपालको विकासमा टेवा पुग्न सक्ने बताएका छन् । मन्त्री कार्कीले राज्यले यसको उपयुक्त...

नेकपा सचिवालय बैठकमा एमसीसी र संविधान संशोधनबारे छलफल

काठमाडौं, १० जेठ-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा संविधान संशोधन र मिलेनियन च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजनाबारे छलफल भएको छ । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह बसेको अनौपचारिक बैठकमा संविधान...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्