कोशी अस्पतालमा मृत्यु भएका व्यक्तिको कोरोना रिपोर्ट नेगेटिभ

 न्यूज विराट
कोशी अस्पतालमा मृत्यु भएका व्यक्तिको कोरोना रिपोर्ट नेगेटिभ

विराटनगर, साउन २०–विराटनगर स्थित कोशी अस्पतालको आइसोलेशनमा भर्ना हुने क्रममा मंगलबार विहान मृत्यु भएका उदयपुरको बेलकाका बेदप्रसाद न्यौपानेमा कोरोना नभएको पुष्टि भएको छ ।

श्वासप्रश्वासमा समस्या र ज्वारो आएपछि विराटनगरको विराट मेडिकल कलेजमा आएका उनलाई कोरोना संक्रमण भएको आशंकामा कलेजले भर्ना नलिएपछि कोशी अस्पताल आउँदा भर्ना हुन नपाई मृत्यु भएको थियो ।

मृत्युपछि स्वाब संकलन गरेर कोरोना परीक्षण गर्दा नेगेटिभ देखिएको कोशी अस्पतालकका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासले जानकारी दिए । बेलका नगरपालिका–१ का ५५ वर्षीय न्यौपानेको मंगलबार बिहान मृत्यु भएको थियो ।

ज्वरो आउने, रिँगाटा चल्ने, वाकवाकी लाग्ने, श्वास फेर्न गाह्रो हुनेलगायत कोरोनासँग मिल्ने लक्षण देखिएकोले उनमा कोरोना भएको आशंका गरिएको थियो । उनको रिपोर्ट नगेटिभ आएर कोरोना संक्रमण नभएको पुष्टि भएपछि शव परिवारका सदस्यलाई जिम्मा लगाइएको अस्पतालले जनाएको छ ।

सोमबार दिउँसो कोशी कोरोना संक्रमणबाट अस्पतालमै मृत्यु भएका विराटनगर–५ घर भएका ७७ वर्षीय वृद्धकी श्रीमतीको पनि कोरोना रिपोर्ट नेगेटिभ आएको छ । श्रीमानलाई लिएर अस्पताल आएकी ६८ वर्षीया महिलाको मंगलबार कोरोना जाँच गर्दा नेगेटिभ रिपोर्ट आएको हो । रिपोर्ट नेगेटिभ आएका कारण सुरक्षितसाथ ‘होम क्वारेन्टाइन’मा बस्नेगरी उनलाई पठाइएको अस्पतालले जनाएको छ ।

सम्बन्धित समाचार

सोनाम ल्होछार विराटनगरमा मनाइयो

विराटनगर । तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाएको छ । नेपाल तामाङ घेदुङ महानगर समिति विराटनगरले बिहीबार एक कार्यक्रम आयोजना सोनाम ल्होछार...

अर्थतन्त्र सुधार हुने गरी बजेट ल्याउन उद्योगी व्यवसायीको सुझाव

विराटनगर । विराटनगरका उद्योगी व्यवसायीहरूले औद्योगिक क्षेत्रका समस्या समाधान गर्ने र उद्योगीले नाजुक अवस्थामा पुगेको अर्थतन्त्र सुधार हुने गरी बजेट ल्याउन सुझाव दिएका छन् । अर्थ मन्त्रालय, राजश्व परामर्श समितिले विराटनगरमा बिहीबार आयोजना गरेको प्रदेशस्तरीय...

प्रदेश १ः मुख्यमन्त्री पक्षकाे अवराेधले प्रदेशसभा स्थगित

विराटनगर, २५ माघ । मुख्यमन्त्री शेरधन राई पक्षकाे अवराेधका कारण प्रदेश १ काे प्रदेशसभा बैठक दुई मिनेट बसेर स्थगित भएकाे छ । सत्तापक्षले नै नियमापत्ती जनाएर बैठक चल्न नदिएपछि सभामुख प्रदीपकुमार भण्डारीले ९ फागुनसम्मका लागि बैठक स्थगित गरेका हुन् । सभामुख...

बी डिभिजन क्रिकेट : झोराहाट र होराइजन विजयी

विराटनगर । मोरङ जिल्ला स्तरिय वि डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा झोराहाटको ग्रामथान क्रिकेट क्लव र होराइजन क्रिकेट ब्लव विराटनगर विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमा झोराहाटले...

१ हजार १५४ जनामा कोरोना पुष्टि, संक्रमित ६५ हजार नाघे

काठमाडौं, ५ असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार १ सय ५४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

यस्तो छ आजको मौसम

काठमाडौं, १० माघ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी प्रदेशहरूमा आजकाे माैसममा आंशिकदेखि सामान्यतया बदलीको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र...

किड्स भिलेजले मनायो दशौं वार्षिकोत्सव

विराटनगर । विराटनगरमा रहेको किड्स भिलेज स्कुलले भब्य कार्यक्रम आयोजना गरी दसौं वाषिकोत्सव तथा फन फेस्टा मनाएको छ । स्कुल परिसरमा शनिबार एक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव तथा फन फेस्टा कार्यक्रम मनाएको हो । कार्यक्रममा...

इटहरी उपमहानगरपालिका क्षेत्र सिल

विराटनगर, ६ जेठ-इटहरी उपमहानगरपालिका-२ मा १८ वर्षीय १ युवकमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि इटहरी उपमहानगरले ५ दिन उपमहानगरक्षेत्र सिल गर्ने निर्णय गरेको छ । इटहरीमा संक्रमण पुष्टि भएलगत्तै सुरक्षा अधिकारीसहितको विपद् व्यवस्थापन समितिको आकस्मिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्