गाँजासहित कटहरीबाट २ युवा पक्राउ

 न्यूज विराट
गाँजासहित कटहरीबाट २ युवा पक्राउ

विराटनगर, १९ साउन-मोरङको कटहरी गाउँपालिकामा २ जना युवालाई ३ केजी गाँजासहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कटहरी गाउँपालिका–१ सिङगिया खोला नजिक वडा प्रहरी कार्यालय (ख) हाटखोलाबाट खटिएको प्रहरीले आइतबार जाँचको क्रममा को २५ प ८०७४ नं को मोटरसाइकलमा सवार सुनसरी धरान १५ बस्ने ३४ वर्षीय  आशिष राई र पछाडि बस्ने धरान–१६ का २२ वर्षीय सञ्जीव राईले बोकेको झोलामा उक्त गाँजा बरामद गरेको हो ।

प्रहरीले २ युवा, गाँजा र मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए । रासस

सम्बन्धित समाचार

महानगरको डेंगु नियन्त्रण गर्न लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान

विराटनगर । विराटनगर महानगरपालिकाले १९ वटै वडामा डेंगु रोगको रोकथाम र नियन्त्रणका लागि अभियान सञ्चालन गर्ने भएको छ ।महानगरपालिकाले आज पत्रकार सम्मेलन आयोजना गरेर आउँदो शुक्रबारदेखि १९ वटै वडामा बिहान ७ बजेदेखि ९ बजेसम्म डेंगु...

 २९ देशबाट संविधान दिवसको शुभकामना

काठमाडौं, ३ असोज-संविधान दिवसका उपलक्ष्यमा विश्वका २९ मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना सन्देश दिएका छन् । अष्ट्रेलिया, बङ्गलादेश, बेल्जियम, भुटान, ब्राजिल, क्यानडा, चीन, क्युबा,...

जनकपुरका सम्पूर्ण पसल दिउँसो १२ बजेसम्म खोलिने

जनकपुर, २३ जेठ-प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा ७३ दिनपछि आज (शुक्रबार) देखि लकडाउन खुकुलो बनाउने निर्णय गरिएको छ । जनकपुरधामका सम्पूर्ण पसल दिउँसो १२ बजेसम्म खोलिने निर्णय भएको बैठकका सहभागि चेम्बर अफ कमर्स जनकपुरधामका...

रतुवामाइ समाजद्धारा शुभकामना आदनप्रदान कार्यक्रम

विराटनगर । रतुवामाई सामाज विराटनगरले चाडपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा आज दशैं, दिपावली, नेपाल सम्बत र छठ पर्वको शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रमको प्रमुख आतिथि सार्वजनिक...

असारभित्रै रेल सञ्चालनमा ल्याउने तयारी

धनुषा, फागुन १५–नेपाल सरकारले आउँदो असारबाट रेल चलाउने आन्तरिक तयारीमा जुटेका छन् । भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म पहिलो चरणमा रेल चलाउने तयारी भएको रेल विभागका महानिर्देशक वलराम मिश्रले बताए । रेल विभागले रेल सञ्चालनका लागि...

प्रदेश १ को बजेट ४० अर्ब ८९ करोड (पूर्ण पाठ)

विराटनगर, असार १-प्रदेश १ ले ४० अर्ब ८० करोडको बजेट विनियोजन गरेको छ । प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङबोले सोमबार प्रदेशसभामा चालू वर्षको तुलनामा करिब २ अर्ब बजेट घटाएर प्रस्तुत गरेका हुन् ।...

आज देशभर ७९८९ ले जिते कोरोना, ८१७३ संक्रमित थपिए

पछिल्लो २४ घण्टाको अवधिमा थप ८ हजार १७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार ७ हजार ९८९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यस्तै देशभर थप...

द्वन्द्वपीडितको न्याय प्राप्तिको अधिकार सुनिश्चित गर : मानवअधिकार आयोग

काठमाडौं, ४ मंसिर-राष्ट्रिय मानव अधिकार आयोगले द्वन्दपीडितहरूको न्यायप्राप्तिका अधिकार सुनिश्चित गर्न माग गरेको छ । विस्तृत शान्ति सम्झौतामार्फत द्वन्द्व अन्त्य भएको १४ वर्ष पुगेको स्मरण गराउँदै आयोगले त्यसबारेमा सरकारलाई त्यसबारेमा सचेत हुन आग्रह गरेको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्