ओली-प्रचण्ड छलफल, भोलि फेरि भेट्ने ‘महत्त्वपूर्ण सहमति’

 न्यूज विराट
ओली-प्रचण्ड छलफल, भोलि फेरि भेट्ने ‘महत्त्वपूर्ण सहमति’

काठमाडौं, १९ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच ‘भोलि फेरि भेट गर्ने सहमति’ जुटेको छ । पार्टीभित्रको गतिरोध अन्त्य गर्न बालुवाटारमा छलफलका लागि जुटेका अध्यक्षद्वय आ–आफ्नो अडानमा कायम रहेपछि २ जनाबीच भोलि पुन: भेट गर्ने ‘महत्त्वपूर्ण सहमति’ जुटेको हो । 

गत १३ साउनबाट भेट नभएका यी २ नेताबीच हिजोबाट मात्र संवाद सुरु भएको हो । १ सातापछि भेटघाटमा उत्रिएका यी २ नेताको भोलि फेरि भेट हुने सहमतिलाई नै नेकपा वृत्तमा यतिबेला महत्त्वपूर्ण सहमतिका रूपमा व्याख्या गरिन थालेको छ ।

ओली सचिवालयका अनुसार २ अध्यक्षबीच बिहान भएको छलफल सकारात्मक छ । ‘छलफल सकारात्मक छ, भोलि फेरि भेटेर थप छलफल गर्ने भनेर आजको भेट सकिएको हो’, ओली सचिवालयका एक कर्मचारीले भने । प्रचण्ड सचिवालयले पनि ओली सचिवालयले दिएकै जस्तो जानकारी दिएको छ ।

ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्नुपर्ने प्रचण्ड र वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालको अडान छ भने ओली नछाड्ने अडानमा छन् ।

यही अडानका कारण पार्टीको स्थायी कमिटी बैठक अवरुद्ध छ भने केन्द्रीय कमिटी बैठक बाेलाएर समस्या हल गर्न माग पनि उत्तिकै बलियो गरी उठिरहेको छ ।

सम्बन्धित समाचार

पार्टी फुट्छ भने पहिला नेकपा फुट्छ : मोहम्मद इस्तियाक राई

काठमाडौं, ११ वैशाख-समाजवादी पार्टीका नेता एवं सांसद मोहम्मद इस्तियाक राईले आफू कुनै पनि किसिमले पार्टी फुटाउने गतिविधिमा नलागेको बताएका छन् । नेता राईले पछिल्लो समय आफूहरूले पार्टी फुटाउन लागेको भन्ने कुरा हल्ला मात्रै भएको बताएका...

राष्ट्रिय सहकारी दिवस मनाउन विभिन्न नौ उपसमिति गठन

६७औं राष्ट्रिय सहकारी दिवस मोरङमा पनि भव्य रुपमा मनाउन विभिन्न नौ उपसमिति गठन गरिएको छ ।  चैत २० गते पर्ने राष्ट्रिय सहकारी दिवस विराटनगरमा मनाउने तय गरी सोका लागि गत फागुनमा नै जिल्ला सहकारी संघ...

मोवाईल चोरीमा संलग्न ब्यक्ति ८० राउन्ड गोली सहित पक्राउ

झापा, असार २९। झापाको भद्रपुर नगरपालिका-५ का १८ बर्षीय मोहम्बद प्यारे मोवायल चोरीको आरोपमा पक्राउ परेका छन् भने उनको साथबाट पेस्तोलमा लाग्ने ८० राउण्ड गोली समेत बरामद भएको छ । यही असार २४ गते राती पुरानो...

बिरामीको उपचारका लागि आर्थिक सहयोग

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विरामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ । घरेलु सहयोगीका रुपमा काम गर्दै आएकी नितु राईका पतिको उपचारका लागि क्लबले २४ हजार ५ सय रुपैयाँ सहयोग गरेको हो...

मिस कोशीको फाइनल शनिबार, कसको शिरमा पहिरेला ताज ?

विराटनगर । सातौँ संस्करणको मिस कोशी प्रतियोगिताको फाइनलमा शनिबार साझबाट सुरू हुने भएको छ । सुनसरीको इटहरीस्थित लायन्स क्लबको भवनमा साझ साढे पाँच बजेबाट प्रतियोगिता सुरू हुने भएको हो । मिस कोशीको फाइनलमा २६ जना...

कोभिड- १९ व्यवस्थापनका लागि विश्व बैंकले १० करोड डलर दिने 

काठमाडौं, १० असार-विश्व बैंकले नेपालको ऊर्जा विकाससँगै कोभिड- १९ को सङ्कट व्यवस्थापनका लागि १० करोड डलर बराबरको आर्थिक सहायता दिने भएको छ । अर्थ मन्त्रालयमा आज विश्व बैंकसँग विकास नीति ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको...

लागुऔषध सहित २ जना पक्राउ

विराटनगर, १७ असार–सुनसरीको इनरुवा नगरपालिका(३ महेन्द्र चोकबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईनरुवा–१० का ३० बर्षीय मोहमद अलाउदिन र सोही स्थानका २५ बर्षीय अख्तर आलम रहेका छन् । आज बिहान...

वडा स्तरीय फुटबल प्रतियोगिता, विराटनगर १२ सेमिमा

विराटनगर । विराटनगरमा जारी प्रथम वडा स्तरीय नकाउट फुटबल प्रतियोगितामा विराटनगर १२ नं. वडा सेमिफाइनलमा पुगेको छ ।विराटनगर जुटमिलको खेलमैदानमा मंगलबार भएको खेलमा विराटनगर १७ लाई २–० गोलले हराउँदै विराटनगर १२ सेमिफाइनलमा पुगेको हो ।जितको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्