विराटनगर, साउन १६–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा सांसद शिवकुमार मण्डलले कार्यकारी अध्यक्षलाई काम गर्न नदिएकाले पार्टी भित्र विवाद निम्तीको बताएका छन् ।
प्रचण्ड पक्षिय नेतासमेत रहेका सांसद मण्डलले एक टेलिभिजनसँगको अन्तरवार्तामा प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाएनि सो अनुसार काम गर्न नदिएपछि विवाद सृजना भएको दावी गरेका हुन् ।
पार्टी अध्यक्ष प्रचण्डलाई कार्यकारी भुमिका दिएर यदि कार्यकारी भुमिकामा काम गर्ने अवसर दिएको भए, प्रधानमन्त्री पार्टी विधि र पद्धति अनुसार चलिदिएको भए र पार्टीको विधि अनुसार सरकार चलिदिएको भए धेरै ठुलो विवादको विषय बन्ने थिएन ।’ उनले भने,‘प्रचण्डले पार्टी अध्यक्षको हैसियतमा राखेको बैठक प्रधानमन्त्रीले स्वीकार्नुभयो ? बामदेव गौतमलाई राष्ट्रियसभाको सदस्य बनाउन गरेको निर्णय स्वीकार्नुभयो ? अनि कार्यकारी भुमिकामा काम गर्न दिएँ भनेर हुन्छ ?’
उनले अध्यक्ष प्रचण्डले कार्यकारी अध्यक्षका हैसितमा गरेका निर्णयहरु कार्यान्वयन नगरेर प्रधानमन्त्री एकलौटि ढंगबाट अघि बढ्न खोजेपछि पार्टीभित्र समस्या निम्तिएको बताए ।