थप २७४ जनामा काेराेना संक्रमण पुष्टि, २२७ जना निकाे भए

 न्यूज विराट
थप २७४ जनामा काेराेना संक्रमण पुष्टि, २२७ जना निकाे भए

काठमाडौं, १५ साउन-पछिल्लो २४ घण्टाको अवधिमा २ सय ७४ जनामा कोरोना भाइरस (कोभिड-१९) काे संक्रमण पुष्टि भएको छ । नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ७४ जनाकाे रिपाेर्ट पाेजिटिभ आएको बताए ।

अहिले देशभर सक्रिय संक्रमित ५ हजार २ सय २७ जना रहेको र उनीहरूको विभिन्न आइसोलेसनमा उपचार भइरहेको प्रवक्ता गाैतमले बताए । २४ घण्टाकाे अवधिमा काेराेना निकाे भएर घर फर्किनेकाे संख्या २ सय २७ छ । अहिलेसम्म १४ हजार २ सय ४८ जनाले कोरोनालाई जितेको छन् । कुल संक्रमितमध्ये अहिलेसम्म ७२.९५ प्रतिशत संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

आज ६ हजार ९ सय ६ जनाको पीसीआर परीक्षण भएको छ । अहिलेसम्म ३ लाख ६४ हजार ६ सय ४८ जनाको पीसीआर विधिबाट परीक्षण भएको मन्त्रालयले जनाएकाे छ । १३ हजार २ सय १ जना विभिन्न क्वारेन्टाइनमा छन् ।

सम्बन्धित समाचार

दक्षिण कोरियामा नेपालीलाई पनि सरकारी राहत

दक्षिण कोरिया, ११ वैशाख-कोरोना माहामारीका कारण दैनिक जीवनयापन गर्न असहज भएकाले यहाँको १ प्रान्तीय सरकारले आफ्ना नागरिकलाई दिँदै आएको राहत अब विदेशीलाई पनि दिने भएको छ । यसबाट नेपालीले पनि राहत पाउन सक्नेछन् । दक्षिण...

माधवसहित १४ सांसदमाथि कार्वाही, पदमुक्त गर्न संसद सचिवालय र निर्वाचन आयोगमा एमालेको पत्र (सूचीसहित)

काठमाडौं, भदौ १ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको छ । एमालेले माधवसहित १४ सांसदलाई कारवाही गरी सांसदबाट पदमुक्त गर्न संसद सचिवालयलाई सूचना दिएको छ भने निर्वाचन आयोगमा...

सेती प्रादेशिक अस्पताल कोरोनामुक्त

कैलाली, २६ वैशाख-कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पताल कोरोनामुक्त भएको छ । आज निको हुन बाँकी रहेका १ महिला डिस्चार्ज भएसँगै सेती अस्पताल कोरोनामुक्त भएको हो । शुक्रबार अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका ३४ वर्षीया महिला...

दसैँका लागि हिमालपारिकाे जिल्लाबाट निकालिए १२ हजार भेडा-च्याङ्ग्रा

दसैँलाई लक्षित गरी हिमालपारिको जिल्ला मुस्ताङबाट करिब १२ हजार भेडाच्याङ्ग्रा निकासी भएका छन् । तिब्बतबाट भेडाच्याङ्गा नआएपछि विगतको तुलनामा झण्डै आधाको सङ्ख्यामा भेडाच्याङ्ग्रा निकासी भएका हुन् । अघिल्ला वर्षमा २० देखि २५ हजारको सङ्ख्यामा भेँडाच्याङ्ग्रा...

सुम्निमा स्कुलको क्याप्टेनमा सुशान्त र भाइस क्याप्टेनमा सृष्टि

विराटनगर । विराटनगर ११ पिचरास्थित सुम्निमा बोर्डिङ स्कुलमा स्कुल क्याप्टेन र भाइस क्याप्टेन निर्वाचनबाट चयन गरेको छ ।स्कुलमा अध्ययरत विद्यार्थीहरुले मतदान गरी स्कुल क्याप्टेन र भाइस क्याप्टेन निर्वाचनबाट चयन गरेका हुन् । स्कुल क्याप्टेनमा सुशान्त...

पूर्वप्रधानन्यायाधीशको विज्ञप्ति अशोभनीय : रामहरि खतिवडा

काठमाडौं, २६ पुस-नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पूर्वप्रधानन्यायधीशले विज्ञप्ति निकाल्नु अशोभनीय भएको बताएका छन् । चितवनमा आज पत्रकारसँग कुरा गर्दै उनले अदालतमा विचाराधीन मुद्दालाई बाहिरबाट प्रभावित पार्ने गरी कसैले पनि काम गर्न नहुने बताए ।...

आइसोलेसन तोडफोड आरोपमा क्याम्पस प्रमुख तिम्सिना पक्राउ

सङ्खुवासभा, ६ भदौ-संखुवासभामा कोरोना संक्रमित राख्न बनाइएको आइसोलेसन वार्ड तोडफोड र स्वास्थ्य सामग्री गायब बनाएको आरोपमा क्याम्पस प्रमुख पक्राउ परेका छन् । हिमालय किरण क्याम्पसका प्रमुख मातृका तिम्सिनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । आज...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा निःशुल्क स्वास्थ्य शिविर

विराटनगर । रोटरी क्लब आफ विराटनगर डाउनटाउनले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विराटनगर १२ स्थित बखरी आधारभूत विद्यालयमा विराट नर्सिङ होमसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । चार जना चिकित्सक र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्