नेपालले भारतलाई पत्र पठाएरै दियो दनक

 न्यूज विराट
नेपालले भारतलाई पत्र पठाएरै दियो दनक

काठमाडौं, १४ साउन-भारतले लिम्पियाधुरा क्षेत्रमा नेपालीको प्रवेशमा रोक लगाउने माग गर्दै पत्र पठाएपछि नेपालले पनि जवाफी पत्र पठाएको छ । नेपालले भारतलाई सो क्षेत्र नेपालकै भएको भन्दै पत्र लेखेको हो । मंगलबार जिल्ला प्रशासन कार्यालय दार्चुलाले ती क्षेत्र विगतदेखि नै नेपालकै रहेको दाबी गर्दै सो क्षेत्रमा नेपालीको आवत जावत हुनु स्वभाविक रहेको जवाफी पत्र पठाएको हो ।

भारतको धार्चुला पिथौरागढका उपजिल्ला अधिकारीलाई लेखेको पत्रमा नेपाल र इष्ट इन्डिया कम्पनीबीच सन् १८१६ मा सम्पन्न सुगौली सन्धिको धारा ५ अन्तर्गत त्यस समयको प्रमाणअनुसार महाकाली नदी र सो पूर्वका लिम्पियाधुरा, कुटि, नावी, गुन्जी, कालापानी र लिपुलेक लगायतका क्षेत्रहरू नेपालको भू–भाग रहेको स्पष्ट पारिएको छ । सो क्षेत्रमा नेपालीलाई कतैबाट बाधा अड्चन हुनुहुँदैन भन्ने नेपालको धारण रहेको समेत पत्रमा उल्लेख छ ।

केही दिन अघि भारतले कालापानी क्षेत्रमा नेपाली नागरिकको चहलपहल बढेको भन्दै त्यस क्षेत्रमा नेपालीलाई प्रवेश नदिन भारतले नेपाललाई पत्र पठाएको थियो । नेपालले भारतबाट अतिक्रमित भूभाग समेटर नयाँ नक्सा जारी गर्नुका साथै अनुसूची ३ मा रहेको निसान छापमा नयाँ नक्सा अद्यावधिक गर्न संविधान संशोधन गरेपछि नेपालभारतको सम्बन्धमा चिसो पनि आएको छ ।

भारतले पनि उक्त क्षेत्र आफ्नो भएको दाबी गर्दै आएको छ । यद्यपि, दुवै देशले उक्त क्षेत्रको सीमा विवाद वार्ताका माध्यमबाट समाधान गर्ने बताए पनि वार्ताको टुंगो लागेको छैन । नेपालका अधिकारीहरूले भारतलाई वार्ताका लागि आग्रह गरेको तर वास्ता नगरेको बताउँदै आएका छन् भने भारतले कोरोना संक्रमणको उन्मुलनपछि मात्रै वार्ता गर्ने बताएको थियो ।

सम्बन्धित समाचार

विराटनगरमा साइकल चालकलाई मुक्का हान्ने युवालाई १० वर्ष कैद र १ लाख जरिवनाको माग दाबी, आइतबार मुद्दा दर्ता हुने

विराटनगर । विराटनगर महानगरपालिका ६ का २७ वर्षीया पवन साहलाई राती कारबाट उत्रिएर मुक्का हान्दै कुटपिट गर्ने विराटनगर ४ का १९ वर्षीया आयुष भेटवाललाई १० वर्ष कैद र १ लाख जरिवनासहितको माग दाबी लिएर मुद्दा...

पूर्वडीआईजी कोइरालाको मुद्दामा आज सुनुवाइ

काठमाडौं, ११ साउन-सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (पूर्वडीआईजी) रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको सुनुवाइका लागि आजका लागि पेसी तोकिएको छ । कोइरालाले पत्नी गीता...

प्याब्सन मोरङको नवनिर्वाचित समितिको पदस्थापन

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मोरङको नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापन भएको छ । प्याब्सन मोरङको सभाहलमा मंगबलार एक कार्यक्रम आयोजना गरी पदस्थापन गरिएको हो । नवनिर्वाचित पदाधिकारी, कार्यसमिति सदस्यहरुलाई सपथ...

न्युरो सर्जन समाजको अध्यक्षमा डाक्टर यमबहादुर रोका

विराटनगर । नेपाल न्यूरो सर्जन समाजको नयाँ कार्यसमितिको अध्यक्षमा डा. यमबहादुर रोका चयन भएका छन् । नयाँ कार्यसमितिमा प्रा.डा राजीव झा, प्रेसिडेन्ट इलेक्ट, र डा. सुदन ढकाल उपाध्यक्षमा चयन भएका हुन् । त्यस्तै गरी सचिवमा...

दोस्रो मिल्स भेट्रान्स गोल्डकप सुरू, उद्घाटनमा ग्रामथान विजयी

विराटनगर । दोस्रो संस्करणको कोशी प्रदेश स्तरीय मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । विराटनगर जुट मिलको खेल मैदानमा शनिबारदेखि उक्त प्रतियोगिता सुरु भएको हो । उदघाटन खेलमा ग्रामथान भेट्रान्स क्लब विजयी भएको...

नेपालमा उत्पादन हुने औषधि विदेशबाट ल्याउन बन्द गराउन धर्ना

काठमाडौं, ३० असार-नेपालमा उत्पादन हुने औषधि विदेशबाट ल्याउन बन्द गर्न माग गर्दै नेपाल औषधि उत्पादन संघ आन्दोलनमा उत्रेको छ । २२ असारमा सेनिटाइजर दर्ताको म्याद ३ महिना थप्ने निर्णय गरेसँगै औषधि उत्पादक संघ आन्दोलनमा उत्रेका...

भएपछि स्थानिय त्रसित विराटनगरमा इन्धन ट्यांकर बिष्फोट

विराटनगर, १२ भदौ-नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्याङकर विराटनगरमा शुक्रबार सँझ बिष्फोट भएको छ । नेपाल आयल निगम प्रदेश १ कार्यालयबाट झण्डै ५०० मिटर उत्तरमा रहेको राम अवतार मोटर्स ग्यारेजमा ट्यांकर विष्फोट भएको हो...

प्रदेश १ का १८ स्थानीय तहमा स्किम बैंक सुरु गरिने

विराटनगर, ३ पुस । प्रदेश १ सरकारले नौ जिल्लाका १८ वटा स्थानीय तहमा स्किम बैंक सञ्चालन गर्ने भएको छ । आगामी माघ १ गतेदेखि कार्यक्रम कार्यन्वयनमा लगिने तयारी गरिएको छ । सामाजिक विकास मन्त्री जीवन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्