खतरानाक लागुऔषधसहित एक पक्राउ

 न्यूज विराट
खतरानाक लागुऔषधसहित एक पक्राउ

विराटनगर, साउन १४–मोरङबाट प्रहरीले खतरनाक र नयाँ प्रकृतिको लागुऔषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । विश्व बजारमा महंगो र खतरनाक मानिएको मेथान्टामाइन आइस नामक लागुऔषधसहित मोरङको सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरका ४२ वर्षीय रामप्रसाद पोखरेल पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरिक्षक दीपक पोखरेलका अनुसार पोखरेलको साथबाट ५३० ग्राम ९३ मिलिग्राम लागुऔषध बरामद भएको छ । लागुऔषधसहित पक्राउ परेका पोखरेल उच्च घरनाका नामुद व्यवसायी भएको खुलेको छ । उनी घरजग्गा कारोबार गर्दै आएका थिए ।

उच्च गुणस्तरको लागुऔषध र यसका कारोबारी पक्राउ परेको प्रदेश १ कै पहिलो घटना भएको प्रहरीले जनाएको छ । यो प्रकृतिको लागुऔषध बरामद भएको र कारोबारी पक्राउ परेको नेपालकै तेस्रो घटना भएको बताइएको हो ।

विशेष सूचनाका आधारमा लागुऔषध कारोबारी पोखरेललाई पक्राउ गर्नका लागि लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोली परिचालन भएको थियो । परिचालित टोलीले विराटनगर महानगरपालिका–२ बरगाछीबाट लागुऔषधसहित कारोबारमा संलग्न पोखरेललाई मंगलबार साँझ पक्राउ गरेको हो ।

सम्बन्धित समाचार

कतारका प्रधानमन्त्रीले ओलीलाई भने : यहाँ रहेका नेपालीको चिन्ता नलिनू

काठमाडौं, ११ वैशाख-प्रधानमन्त्री केपी शर्मा ओलीले कतारमा रहेका नेपालीका बारेमा चिन्ता व्यक्त गरेका छन् । वैदेशिक रोजगारीका सिलसिलामा कतारमा रहेका नेपालीका बारेमा चासो राख्दै आफ्ना कतारी समकक्षी शेख खालिद बिन खलिफा बिन अब्देल अजीज अल...

अर्थमन्त्री शर्मालाई राजिनामा दिन प्रचण्डको सुझाव

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा दिन सुझाएका छन् । गभर्नर प्रकरणदेखि कर हेरफेरसम्म एकलौटी ढंगले अघि बढ्दा पार्टी छविमा आँच पुगेको भन्दै अध्यक्ष प्रचण्डले अर्थमन्त्री शर्मालाई राजीनामा दिन सुझाएका...

देशभर मनसुन विस्तार, आज यी क्षेत्रमा छ भारी वर्षाकाे सम्भावना

देशभर आजकाे माैसम सामान्यदेखि पूर्ण बदली रहनेछ ।  देशभरका पहाडी भू–भागका धेरै स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । गण्डकी, कर्णाली...

सानेपामा एक भारतीयको शंकास्पद मृत्यु, टाउकोमा चोट

ललितपुरको सानेपामा एक भारतीय नागरिकको शव फेला परेको छ । ललितपुर महानगरपालिका- २ सानेपामा शंकास्पद अवस्थामा शव फेला परेको हो । महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले भारतीय नागरिक सत्यनारायण पारितको शव फेला परेको  लाई...

झुण्डिएको अवस्थामा देवर-भाउजू मृत फेला

 इलाम, ६ असार-इलामकाे माङसेबुङ गाँउपालिका-६ मा २ जना झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । मृत फेला पर्नेमा इलाम माङसेबुङ-६ मावाटोल बस्ने २७ वर्षीय विशाल राई र उनकै भाउजू २६ वर्षीया गिता राई रहेका छन्...

कोशी सरकारविरूद्धको मुद्दा पूर्ण इजलासमा, सोमबारबाट मुद्दाको निरन्तर सुनुवाई हुने

विराटनगर । कोशी प्रदेश सरकारविरूद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजालसले मुद्दालाई अन्तिम सुनुवाइका लागि पूर्ण इजलासमा पठाउन आइतबार आदेश गरेको हो । इजलासले...

धरानमा शनिबार थपिए १३५ कोरोना संक्रमित

विराटनगर, २४ असोज-सुनसरीको धरानमा शनिबार आएको रिपोर्टमा १३५ जना कोरोना संक्रमित थपिएका छन् । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले दिएको जानकारीअनुसार सञ्चारकर्मी, धरान उपमहानगरपालिकाका कर्मचारी, अधिकारकर्मी र बीपी प्रतिष्ठानका कर्मचारीसहित १३५ जनामा कोरोना...

कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ७७ हजार नाघ्यो

पेरिस, २० जेठ-महामारीका रूपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर ३ लाख ७७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । एएफपीको गणनाअनुसार विश्वभर ६३ लाख ७४ हजार मानिस कोरोनाभाइरसबाट संक्रमित छन् । जसमा युरोपमा मात्र १ लाख ७९...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्