काठमाडौं, १३ साउन-राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भएका पूर्वमन्त्री सुनिल थापा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। राप्रपाका संस्थापक नेता सूर्यबहादुर थापाका छोरा सुनिल थापाले केहीदिनअघि मात्रै राप्रपा परित्याग गरेका थिए ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मंगलबार दिउँसो एक कार्यक्रमबीच सभापति शेरबहादुर देउवाले थापालाई कांग्रेसमा स्वागत गरेका छन् । उनलाई कांग्रेसमा सहमहामन्त्री बनाउने सहमति भएको छ ।
राप्रपा एकतासँगै थापाको समूह असन्तुष्ट थियो । राप्रपाले राजतन्त्रको एजेन्डा अघि सारेपछि थापा असन्तुष्ट बनेका थिए । थापासहित ३१ नेताले शनिबार संयुक्त रूपमा राप्रपा परित्याग गरेका थिए ।