प्रदेश २ मा आज ३२ जनामा कोरोना पुष्टि

 न्यूज विराट
प्रदेश २ मा आज ३२ जनामा कोरोना पुष्टि

जनकपुरधाम,९ साउन-प्रदेश २ मा पछिल्लो २४ घण्टामा राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धकसहित ३२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसअनुसार पर्सामा ३१ र बारामा १ जना व्यक्ति संक्रमित भएका छन् ।

योसँगै यस प्रदेशमा संक्रमितको संख्या ४ हजार ३५३ पुगेको छ । संक्रमितमध्ये ४ हजार २२ पुरुष र ३ ३१ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिएका छन् ।

पर्सामा संक्रमण पुष्टि भएकाहरू श्रीपुरस्थित वडा प्रहरी कार्यालयमा रहेका २२ देखि ४७ वर्ष उमेर समूहका ५ जना भारतीय थुनुवा, नारायणी अस्पताल वीरगञ्जको क्वाटरमा रहेका २३ र ३५ वर्षीय पुरुष, पकहा मैनपुर-३ सबैठुवाका २७ र ५० वर्षीय पुरुष, भौराटार ३ पर्साका ३३ वर्षीय पुरुष, छपकैया-२ वीरगञ्जका ३० र ३४ वर्षीय पुरुष, मुरली-१२ वीरगञ्जका ३८ वर्षीया महिला र ९ देखि १६ वर्ष उमेर समूहका ३ जना पुरुष, छिपहरमाई गाउँपालिका-३ का २३ वर्षीय पुरुष, घण्टाघर-९ वीरगञ्जका २५ वर्षीय पुरुष, राष्ट्रिय वाणिज्य बैंकका ३३ वर्षीय प्रबन्धक रहेका छन् ।

त्यस्तै, वीरगञ्ज महानगरपालिका १० का १४ देखि ६० वर्षसम्मका ४ जना महिला र २२ र २९ वर्षीय पुरुष, वीरगञ्ज महानगरपालिका-१३ की ४८ वर्षीया महिला र ९ महिनाका १ बालक र ३० वर्षीय पुरुष तथा वीरगञ्ज महानगरपालिका-१४, २० र २९ का २५ वर्षीया महिला र २३ र ३२ वर्षीय २ पुरुष रहेका छन् ।

त्यस्तै, बाराको जीतपुरसिमरा उपमहानगरपालिका-११ का १९ वर्षीय १ पुरुषसमेत संक्रमित भएका छन् । प्रदेशभरीमा शुक्रबारसम्म सप्तरीमा ६ हजार ६ सय ७७, सिरहामा ३ हजार ७ सय ६६, धनुषामा ५ हजार २ सय ३४, महोत्तरीमा ३ हजार ७ सय ८५, सर्लाहीमा ६ हजार ३२, रौतहटमा १४ हजार ९ सय २४, बारामा ४ हजार ६ सय ५० र पर्सामा ८ हजार ३ सय १ जना गरि कुल ५३ हजार ३ सय ६९ जनाको स्वाब परिक्षण गरिएकोमा ४ हजार ३ सय ५३ जना संक्रमित भएका छन् भने ४६ हजार ९ सय २० जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै, सप्तरीमा ४ सय ६६, सिरहामा २ सय १९, धनुषामा १ सय ६०, महोत्तरीमा १ सय ६५, सर्लाहीमा १ सय ३३, रौतहटमा ४ सय ८८, बारामा २ सय ७ र पर्सामा २ सय ५८ जना गरि कुल २ हजार ९६ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा आज मात्रै सप्तरीमा ५ सय ३१, धनुषामा ३०, बारामा ६७ र पर्सामा १ सय ६५ जना गरी ७ सय ९३ जनाको स्वाब संकलन गरिएको छ भने सिरहामा २५, महोत्तरीमा २, बारामा ५० र पर्सामा २८ गरि जम्मा १ सय ५ जनाको आरडीटी परीक्षण गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

आरडीटीतर्फ अहिलेसम्म २६ हजार १ सय ८९ जनाको परीक्षण गरिएकोमा सप्तरीमा ६२, सिरहामा २ सय ४२, धनुषामा १ सय ६६, महोत्तरीमा ५ सय ४, सर्लाहीमा ६, रौतहटमा १ सय २६, बारामा ४५ र पर्सामा २४ जना गरि कुल १ हजार १ सय ७५ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने २५ हजार १४ जनाको रिपोर्ट नेगेटिभ आएको झाले बताए ।

प्रदेश २ को आठवटै जिल्लाका विभिन्न ठाउँहरूमा निर्माण गरिएको २३ हजार ६ सय ७७ बेड क्षमताको ३ सय ७७ वटा क्वारेन्टाइनमा अहिले २ हजार ६ सय ४७ जनालाई राखिएको छ भने ६ हजार ४ सय ९२ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । प्रदेशका ८ वटै जिल्लाको विभिन्न ठाउँहरूमा सञ्चालनमा रहेको २ हजार २ सय ३३ बेड क्षमताको आइसोलेशनमा सप्तरीमा ८९, सिरहामा २६, धनुषामा ७७, महोत्तरीमा १३, सर्लाहीमा ६४, रौतहटमा ७७, बारामा ५१ र पर्सामा ४९ जना गरि ४ सय ४६ जना बिरामीलाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

प्रदेश २ मा सबैभन्दा बढी रौतहट जिल्लामा १ हजार २ सय ५४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । त्यस्तै, महोत्तरीमा ७ सय ५२, सर्लाहीमा ७ सय ७, धनुषामा ६ सय १९, सप्तरीमा ४ सय ९,पर्सामा २ सय ३७, सिरहामा २ सय ९ र बारामा १ सय ६६ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा धनुषाका ८ जना व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका ३ सय २५, सिरहाका १ सय ५४, धनुषाका ४ सय ८८, महोत्तरीका ३ सय ३७, सर्लाहीका ६ सय २१, रौतहटका ६ सय ७०, बाराका १ सय १६ र पर्साका १ सय ७७ जना गरि २ हजार ८ सय ८८ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेका छन् ।

प्रदेश २ मा हालसम्म पर्सामा ३, बारामा २, रौतहटमा २, महोत्तरीमा १ र सप्तरीमा १ जना गरि ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

सम्बन्धित समाचार

निर्माण व्यवसायी संघ मोरङको पदस्थापन, अध्यक्षमा महेश कुमार मिश्र निर्विरोध निर्वाचित

विराटनगर । निर्माण व्यवसायी संघ मोरङको अध्यक्षमा महेश कुमार मिश्र निर्विरोध निर्वाचित भएका छन् । संघको विराटनगरमा सोमबार सम्पन्न भएको १६ औं अधिवेशनबाट मिश्र अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्षमा निर्विरोध निर्वाचित भएका मिश्रको...

कात्तिक १४ गते एमाले मोरङको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम, ५ हजार बढीको सहभागीता हुने

विराटनगर । विगतको वर्षहरुमा जस्तै यसपालि पनि नेकपा (एमाले) मोरङले चाड पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । आगामी कात्तिक १४ गते विराटनगरस्थित पार्टी कार्यालय पाञ्चालीमा पार्टीका वरिष्ठ उपाध्यक्ष तथा...

अपाङ्गता भएका व्यक्तिहरुको दिवसका विराटनगरमा प्रभातफेरि

विराटनगर । अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं विश्व दिवसका अवसरमा विराटनगरमा आज प्रभातफेरि निकालिएको छ । विराटनगर महानगरपालिका, राष्ट्रिय अपाङ्ग महासंघ, करुणा फाउन्डेसन नेपाल, सिविआर लगायतका संस्थाहरुको अगुवाईमा विराटनगर महानगरपालिका परिसरबाट प्रभातफेरि निकालिएको हो ।...

पाँच महिनामा १ अर्ब ८६ करोडको अलैंची निर्यात

काठमाडौं, पुस २२–चालू आर्थिक वर्षको मंसिरसम्ममा १ अर्ब ८६ करोड रुपैयाँबराबरको अलैंची निर्यात भएको छ । यो परिमाण गत आवको सोही अवधिको तुलनामा ५०.७ प्रतिशत धेरै हो । गत आवको पहिलो पाँच महिनामा १ अर्ब...

लकडाउन मोडालिटीबारे विज्ञसँग प्रधानमन्त्रीले थाले परामर्श

काठमाडौं, २१ जेठ-जिल्ला-जिल्लाबाट व्यवसायीले लकडाउनको अवज्ञा गर्ने चेतावनी दिएसँगै सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरी लागू गर्ने कार्यमा छलफल सुरु गरेको छ । मंगलबार कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वयन समितिको बैठकले निजी क्षेत्रसँग परामर्श गरेको...

धिमाल मुक्ति मोर्चाको अध्यक्षमा तारीलाल, महासचिबमा प्रकाश

विराटनगर । धिमाल राष्ट्रिय मुक्ति मोर्चा नेपालको अध्यक्षमा तारीलाल धिमाल चयन भएका छन् । मोरङको उर्लाबारी मंगलबरेमा आइतबार भएको धिमाल राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय भेलाबाट अध्यक्षमा तारीलाल सर्वसम्मत चयन भएका हुन् । मोर्चाको वरिष्ठ उपाध्यक्षमा...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं, १८ असार-सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि जापान सरकारले दिने ३० करोड ८० लाख रुपैयाँबराबरको अनुदान सहायता स्वीकार गरेको छ । सरकारका प्रवक्तासमेत रहेका अर्थ/सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जापान सरकारले दिने...

गठबन्धन नगर्न कांग्रेसमा अधिकांशको सुझाव

गाउँ-गाउँ पुगेर फर्किएका अधिकांश कांग्रेस नेताहरूले नेतृत्वलाई गठबन्धन नगर्न सुझाएका छन् । शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राखेका २१ मध्ये अधिकांश नेताहरूले गठबन्धन नगर्न सुझाव दिएका हुन् । नेकपा र एमाले विभाजित रहेकाे अवस्थामा कांग्रेसलाई फाइदा हुने भन्दै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्