उद्योग वाणिज्य महासंघको निर्वाचन फेरि स्थगित

 न्यूज विराट
उद्योग वाणिज्य महासंघको निर्वाचन फेरि स्थगित

काठमाडौं, ८ साउन-२६ र २७ साउनको लागि तोकिएको नेपाल उद्योग वाणिज्य महासंघको चुनाव फेरि सरेको छ । महासंघका पूर्वअध्यक्षहरूसहितको पदाधिकारी बैठकले सरकारले सभा, सम्मेलन गर्न दिने गरी गरेको निर्णयदेखि १५ दिनभित्र साधारणसभा गर्ने गरी निर्णय लिएसँगै महासंघको निर्वाचन पुनः सरेको हो ।

सरकारले १ भदौसम्म सभा, सम्मेलन गर्न नपाइने भनेकाले महासंघले पनि आफ्नो ५४औँ वार्षिक साधारणसभा सारेको जनाएको छ । यस विषयमा उपाध्यक्ष चन्द्र ढकालले भने असमति जनाएका छन् । उनले अहिले तोकेको समयमा नै निर्वाचन गर्नु पर्ने अडान राखेका थिए । यसका बीच पूर्वअध्यक्षहरूसहित अधिकांश पदाधिकारीले निर्वाचन अहिले तोकिएको समयमा गर्न नसकिने बताएपछि निर्वाचन सार्ने निर्णय लिइएको हो ।

महासंघले २६ र २७ गते साधारण सभा गर्ने मिति तय गर्दै स्वीकृतीका उच्च स्तरीय समितिलाई पत्राचार पनि गरेको थियो । तर, उच्चस्तरीय समितिले त्यसबारे कुनै जानकारी महासंघलाई हालसम्म नगराएको जनाएको महासंघले जनाएको छ ।

२८ चैतमा नै हुनुपर्ने निर्वाचन कोरोना र बन्दाबन्दीको नाममा ढिला गरेको आरोप १ पक्षबाट आएपछि महासंघको बैठकले पहिलोपटक ७/८ जेठ र दोस्रो पटक २६/२७ साउनलाई निर्वाचनको मिति तोकेको थियो । यस बीचमा महासंघले साधरणसभा गर्नको लागि सरकारसँग स्वीकृतसमेत मागेको अवस्थामा हालसम्म पनि स्वीकृत दिएको छैन ।

सम्बन्धित समाचार

सुनको मूल्य ९९ हजार पुग्यो

काठमाडौं, १५ साउन-बिहीबार सुनको मूल्य ह्वात्तै बढेको छ । आज प्रतितोला ९ सय ३५ रुपैयाँ बढेको हो । बुधबार ९८ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ९९ हजार रुपैयाँ तोकिएको छ...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

राहत एवम् पुनः निर्माण कोष निर्माण गर्न माओवादी कोशी प्रदेशको माग

विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलले बाढी पहिरोबाट पीडित भएकाहरुलाई दिने राहत तथा क्षतिग्रस्त संरचनाको पुनः निर्माणको काम गर्न ‘राहत एवम् पुनः निर्माण कोष’ निर्माण गर्न माग गरेको छ । माओवादी कोशी...

केदार कार्कीलाई भोट दिन मिल्ने विषय होइन, मध्यावधिलाई जोगाउन विश्वासको मत दिनेछौं: पुर्वमुख्यमन्त्री राई

विराटनगर । एकीकृत समाजवादीका प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र राईले गठबन्धनको मर्म र भावनालाई आत्मसाथ गरेर एमालेले गरेको मुख्यमन्त्रीको प्रस्ताव अस्वीकार गरेको बताएका छन् । कोशी प्रदेश सभाको बुधबारको बैठकमा मुख्यमन्त्री केदार कार्कीले पेस गरेको...

कोशीमा सबै मिलेर जानुको विकल्प छैन : हिक्मत कार्की

विराटनगर । एमाले कोशी संसदीय दलका नेता हिक्मतकुमार कार्कीले अदालतले गठबन्धनले मिचेको संविधान र कानूनको संरक्षण गरेको बताएका छन् । सर्वोच्च अदालतले उद्धव थापालाई पदमुक्त गर्दै कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्रीमा नियुक्त गर्ने परमादेश दिएपछि उनले...

आज जनैपूर्णिमा तथा रक्षा बन्धन

काठमाडौं, ६ भदौ । आज जनैपूर्णिमा तथा रक्षा बन्धन, तागाधारी समुदायले मुलुकभर विशेष महत्वका साथ मनाउँदै छन् । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ । साथै आजै रक्षाबन्धन पनि...

सोनाम ल्होछार विराटनगरमा मनाइयो

विराटनगर । तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाएको छ । नेपाल तामाङ घेदुङ महानगर समिति विराटनगरले बिहीबार एक कार्यक्रम आयोजना सोनाम ल्होछार...

प्रहरीमाथि ढुङ्गामुढा गरेपछि हवाईफायर, दुई जना घाइते

दैलेख, २८ वैशाख-दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ मा स्थानीयवासीले डुङ्गामुढा प्रहार गरेपछि प्रहरीले जवाफी कारवाहीमा दुई राउण्ड हवाईफायर गरेको छ । ढुङ्गामुढासहित प्रहरी र स्थानीयवासीबीच शनिबार साँझ करिब ७ बजेतिर झडप हुँदा एक प्रहरी जवान खगेन्द्र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्