१०१ अनलाइन प्रेस काउन्सिलको कारबाहीमा

 न्यूज विराट
१०१ अनलाइन प्रेस काउन्सिलको कारबाहीमा

काठमाडौं, ४ साउन-पछिल्लो समयमा सञ्चारमाध्यममा सम्प्रेषित समाचारको विषयलाई लिएर ती सञ्चारमाध्यमविरुद्ध उजुरी पर्ने क्रम बढ्दै गएको छ । कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले सुरु गरेको लकडाउनको अवधिमा मात्र प्रेस काउन्सिल नेपालमा पत्रकार आचारसंहिता उल्लङ्घनसम्बन्धी ७३ वटा उजुरी परेका छन् । ती उजुरी व्यक्तिगत वा संस्थागतरूपमा चरित्र, मानसम्मान, मर्यादा, इज्जत, सार्वजनिक सरोकार, ठगी आदि विषयसँग सम्बन्धित छन् ।

आर्थिक वर्ष २०७६/७७ मा छापा र विद्युतीय गरी २६५ वटा पत्रकार आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी परेका छन् । छापामाध्यमविरुद्ध परेका ३५ उजुरीमध्ये १३ उजुरी फर्स्यौट भएका छन् । काउन्सिलले गरेको स्वअनुगमनबाट १६३ समाचार आचारसंहिता उल्लङ्घनका छन् । ती सबै फर्स्यौट भएका छन् । त्यसैगरी जनगुनासोमध्ये ३ वटा उजुरी पनि फर्स्यौट भएका छन् ।

बन्दाबन्दी ११ चैत २०७६ देखि ३१ असार २०७७ को अवधिमा छापा माध्यमविरुद्ध परेका १३ उजुरीमध्ये १० फर्स्यौट भएको छ । बन्दाबन्दीकै बेला गरिएको स्वअनुगमन ३९ समाचार सामग्री भेटिएकामा सबै फर्स्यौट गरिएको काउन्सिलले जनाएको छ । यो वर्ष कुनै पनि पत्रपत्रिकालाई कालोसूचीमा राखिएको छैन ।

त्यसैगरी विद्युतीय माध्यमविरुद्ध यो वर्ष १ सय ५७ वटा उजुरी परेका छन् । तीमध्ये १ सय २३ फर्स्यौट भएको छ । स्वअनुगमनबाट ५ सय ५४ आचारसंहिता उल्लङ्घनका समाचार सामग्री भेटिएको छ । तीमध्ये ५५१ वटाको फर्स्यौट पनि भएको छ । ९ वटा जनगुनासोमध्ये ६ फर्स्यौट भएको जनाइएको छ ।

बन्दाबन्दी सुरु भएको दिनदेखि असार ३१ सम्म विद्युतीय सञ्चारमाध्यमविरुद्ध ६० उजुरी परेका छन् । स्वअनुगमन गर्दा १३ आचारसंहिताविपरीतका समाचार सामग्री पाइएको छ । तीमध्ये ६१ फर्स्यौट भएका छन् ।

३ विद्युतीय सञ्चारमाध्यमलाई यो वर्ष कालोसूचीमा राखिएको छ । यस्तै १०१ वेबसाइटलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी कारवाही गरिएको प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुषालले जानकारी दिए ।

काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले काउन्सिलमा आउने उजुरीउपर कारवाही गर्ने मात्रै भन्दा पनि सहमति र मिलापत्रसमेत गर्ने गरिएको बताए ।

बन्दाबन्दीको अवधिमा समेत काउन्सिलले निरन्तर अनुगमन गरिरहेको उनको भनाइ छ । काउन्सिलले आगामी वर्ष पनि नियमित र प्रभावकारीरूपमा आचारसंहिताको अनुगमन, उजुरी, सुनुवाइ तथा कारवाही प्रक्रिया जारी राख्ने भएको छ ।

त्यसैगरी पत्रपत्रिका वर्गीकरण, विभिन्न नीतिगत, प्रशासनिक सुधारका कार्यहरू, पत्रकारलाई अनुदान, उपचार खर्चलगायतका सुविधा प्रदान गर्ने, पत्रकारितासम्बन्धी तालीम, अध्ययन अनुसन्धानसम्बन्धी कार्य अघि बढाउने र प्रकाशनका कार्यलाई पनि निरन्तरता दिने भएको छ ।

काउन्सिलले मैथली भाषाको पत्रकारिता आचारसंहिता अनुगमन गरी प्रकाशन गर्नुका साथै विभिन्न भाषामा पत्रकार आचारसंहिता पनि प्रकाशन गर्ने आगामी कार्ययोजनामा उल्लेख छ ।

यस वर्ष विराटनगर, मोरङ, महोत्तरी, सिराहा, रोल्पा, प्यूठान, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ र जाजरकोटलगायतका जिल्लामा जिल्लास्तरको पत्रकार आचारसंहिता जागरण कार्यक्रम सम्पन्न गरिएको प्रशासकीय अधिकत भुषालले जानकारी दिए ।

काउन्सिलले कोरोना महामारीको समयमा मिडियाको विश्वसनीयतासम्बन्धी मिडिया सर्वेक्षण गरी प्रतिवेदन सार्वजनिक गरेको थियो ।

हालसम्म काउन्सिलमा २ हजार १ सय ३० सूचीकृत भएका छन् । त्यसैगरी विभिन्न अनलाइन सञ्चारमाध्यमबाट प्रवाह भएका २३ लाख ८७ हजार ५३९ सामग्री अभिलेख गरिएको छ ।

विभिन्न पत्रपत्रिकाका ३५ लाख पृष्ठ स्क्यान भएको छ । विभिन्न एफएम रेडियोबाट प्रसारित ३९ लाख ५  हजार ४९० सामग्री क्लिप काउन्सिलले रेकर्ड गरी स्टोरेज गरेको छ ।

२०७५ वैशाखदेखि हालसम्म ३२ च्यानल टिभीबाट मिडिया कन्टेन्ट अभिलेख भइरहेको छ । त्यसैगरी पत्रपत्रिका व्यवस्थापन प्रणालीमा आवद्ध ९ सय ७७ पत्रपत्रिका ७० हजार ८७ पीपीएफ सामग्री अभिलेख भएको छ । रासस

सम्बन्धित समाचार

भारतमा एकै दिनमा संक्रमणमुक्त हुनेको संख्या अहिलेसम्मकै धेरै

एजेन्सी, ६ असोज-भारतमा एकै दिनमा कोरोना भाइरसबाट संक्रमणमुक्त भएकाहरूको संख्या अहिलेसम्मकै धेरै देखिएको छ । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो तीन दिनमा प्रत्येक दिन औसतमा ९० हजार जनाका दरले बिरामी संक्रमणमुक्त भएका छन् । केन्द्रीय...

गणेश पहाडी र पवित्रा निरौलाको हस्ताक्षर पनि कीर्ते गरेको पुष्टि

काठमाडौं, जेठ १०-माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका लागि आफू निकटका नेताको हस्ताक्षर दुरूपयोग गरेको थप पुष्टि भएको छ । एमालेका नेताहरू गणेश पहाडी र पवित्रा निरौला खरेलले आज सनाखत गर्ने कार्यक्रममा सहभागी नभएर...

क्वारेन्टाइन रहेका १२ सय बढीलाई घर फिर्ता

बुटवल, ३ वैशाख-प्रदेश–५ मा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) रिपोर्टकै आधारमा १ हजार २ सय बढी क्वारेन्टाइनमा रहेकालाई घर पठाइएको छ ।प्रदेश–५ मा मंगलबारसम्म १२ सय ७ जनाको आरडीटी किटको माध्यमबाट स्वाब परिक्षण गर्दा सबैको रिपोर्ट...

संक्रमितको संख्या २५८ पुग्यो आज थप ९ जनामा कोरोना संक्रमण

काठमाडौं, जेठ २-नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितहरूमा मकवानपुर निवासी ३७...

क्वारेन्टाइनका लागि अस्पतालको अलपत्र भवन पनि प्रयोगमा ल्याउने तयारी

जनकपुरधाम उपमहानगरपालिका- १३ मा ५० बेडको क्वारेन्टाइन स्थापना गरिने भएको छ । मणिपाल शिक्षण अस्पतालका लागि निर्माणाधीन अवस्थामै अलपत्र रहेको भवनमा आइसोलेसन कक्ष निर्माण गर्न लागिएको हो । यसको पूर्वाधार निर्माण, उपकरण तथा चिकित्सकलाई तालिम...

नेवा : देय दबुको अध्यक्षमा अम्बर बहादुर श्रेष्ठ

विराटनगर । नेवाः समुदायको राष्ट्रिय संस्था नेवाः देय दबुको बिराटनगरको अध्यक्षमा अम्बर बहादुर श्रेष्ठ चयन भएका छन् । विराटनगर महानगर समितिको तेस्रो अधिवेशनले अम्बर सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् ।बङ्गलामुखि मन्दिरको प्राङ्गण झी पुचः...

खुलासाः वीरगञ्जबाट कम मूल्यको प्रज्ञापनपत्र बनाएर धमाधम भित्र्याइँदैछ सामान

देशकाे सबैभन्दा ठूलो भन्सार नाका, वीरगञ्जबाट यथार्थ भन्सार महसुलभन्दा कम मूल्याङ्कनको प्रज्ञापनपत्र बनाई विभिन्न सामान नेपाल भित्रिने गरेको तथ्य फेला परेको छ । व्यवसायी र भन्सार कर्मचारीको मिलेमताेमा सामग्रीको यकिन मूल्यभन्दा कम मूल्याङ्कनको प्रज्ञापनपत्र जारी गरी...

सभापति देउवाद्वारा प्रदर्शनमा सहभागी बन्न अपिल

काठमाडौँ, ११ पुस-नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध यही पुस १३ गते कांग्रेसले आयोजना गरेको प्रदर्शनमा सहभागिताका लागि सबैमा अपिल गर्नुभएको छ । कांग्रेसले संसद् विघटनविरुद्ध...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्