बन्दाबन्दीको असर अन्तःशुल्कमा

 न्यूज विराट
बन्दाबन्दीको असर अन्तःशुल्कमा

विराटनगर, ३ साउन–आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७६/७७ मा कुल रु.छ अर्व ९५ करोड ७५ लाख ७२ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा रु.१० अर्व १२ करोड ५९ लाख दुई हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा रु.तीन अर्व १६ करोड ८३ लाख ३० हजार कम हो अघिल्लो वर्षको तुलनामा रु.१५ करोड ५४ लाख १६ हजार मात्र कम राजस्व सङ्कलन भएको कार्यालय प्रमुख विमल सापकोटाले जानकारी दिए ।

आर्थिक वर्ष २०७४÷७५ मा रु.पाँच अर्व २१ करोड ३३ लाख २२ हजार र आर्थिक वर्ष २०७५/७६ मा रु.सात अर्व १३ करोड ७८ लाख २४ हजार राजस्व सङ्कलन भएको थियो । तुलनात्मक रुपमा हेर्दा आर्थिक वर्ष २०७४÷७५ को भन्दा रु.एक अर्व ७४ करोड ४२ लाख ५० हजारले बढी राजस्व सङ्कलन भएको छ भने आर्थिक वर्ष २०७५÷७६ को हिसाबले हेर्दा रु.१५ करोड ५४ लाख १६ हजारले मात्र कमी राजस्व सङ्कलन भएको देखिएको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा सङ्कलित राजस्वमा आयकर रु.दुई अर्व ६४ करोड ६४ लाख ५७ हजार, मूल्यअभिवृद्धि कर रु.एक अर्व ८५ लाख ७३ लाख २३ हजार, अन्तःशुल्क रु.दुई अर्व ४५ करोड २६ लाख ६२ हजार, स्वास्थ्य कर रु.६१ हजार, शिक्षा कर रु.१० लाख ६९ हजार छन् ।

आयकर मा गएको वर्षभन्दा १७ प्रतिशत, मूल्य अभिवृद्धि करमा ३५ प्रतिशत प्रगति गरेको छ भने अन्तःशुल्कमा २८ प्रतिशत नोक्सान भएपनि समग्रमा अघिल्लो आर्थिक वर्षको तुलनामा दुई प्रतिशत मात्र कमीले राजस्व सङ्कलन भएको कार्यालय प्रमुख सापकोटाले बताए ।

नेपाल सरकारले गएको चैत ११ गते बाट घोषणा गरेका बन्दाबन्दीको प्रभाव सबैभन्दा बढी अन्तःशुल्कमा परेको देखिएको छ भने जसले गर्दा लक्ष्य हासिल गर्न नसकेको हो । बन्दाबन्दीले आयात निर्यात ठप्प हुनु, उद्योग व्यापार बन्द हुनु र स्वदेशमा भएको उद्योग धन्दा नचल्नु, निर्माणका कामहरु रोकिनुले पनि राजस्वमा असर परेका तथापि कार्यालयले राजस्व सङ्कलनमा दिनरात खटेर, अनुगमन गरेर राजस्व सङ्कलनमा जोड दिएको प्रमुख सापकोटाको भनाई छ ।

अघिल्लो वर्षमा कार्यालय मातहतमा ९६ हजार ५०८ करदाता रहेकोमा भ्याट दर्ता सङ्ख्या सात हजार ५३४, आयकर दर्ता सङ्ख्या ४८ हजार १९२ र व्यक्तिगत स्थायी लेखा नम्वर लिएका सङ्ख्या ४८ हजार ३१६ रहेको थियो ।

अहिले यस कार्यालयले मोरङको विराट चोक र पथरीमा आफ्ना सेवा कार्यालय विस्तार गरी त्यस क्षेत्रका जनतालाई सेवा र सुविधामा पहुँच पु¥याउने काम गरेको छ भने यसबाट त्यस क्षेत्रका जनतालाई सदरमुकाम आउने झन्झटबाट मुक्त हुने विश्वास प्रमुख सापकोटाले व्यक्त गरे ।

सम्बन्धित समाचार

मिथिलाञ्चलमा जतरा पर्व मनाइँदै

धनुषा, १० कात्तिक-बडा दसैँअन्तर्गत आज दशमीका दिन मिथिलाञ्चलमा यात्रा पर्व मनाइँदै छ । यात्रा पर्वलाई मिथिलाञ्चलमा जतरा पर्व पनि भनिन्छ । धार्मिक मान्यताअनुसार दशमीका दिन भगवती दुर्गाको यात्रा हुने भएकाले यसलाई वर्षभरिकै सबैभन्दा पवित्र दिन...

कोरोनाबाट थप २४ को मृत्यु, ४५० संक्रमित भेन्टिलेटर र आईसीयूमा

कोरोना भाइरस संक्रमणबाट नेपालमा थप २४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा थप २४ जनाको मृत्यु भएको पुष्टि गरेको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या...

एक हप्तासम्म पनि पिसिआर रिपोर्ट नआएको गुनासो

विराटनगर, १६ भदौ–कोरोना परिक्षणका लागि स्वाव संकलन गरिएपनि झण्डै एक साता सम्म रिपोर्ट नआउने गरेको पाइएको छ । कोरोना संक्रमणको आशंकामा स्वाव संकलन गरिएका व्यक्तिहरुको परिक्षण रिपोर्ट आउन ढिलाई हुने गरेको मात्र नभई रिपोर्टनै गायब...

अर्थमन्त्री डा.युवराज खतिवडाले दिए राजीनामा

काठमाडौं, १९ भदौ-अर्थमन्त्री डा.युवराज खतिवडाले राजीनामा दिएका छन् । अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन् ।राजीनामा दिनुअघि उनलाई अर्थमन्त्रालयमा बिदाई गर्ने कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा सहभागी भएर उनले प्रधानमन्त्री...

लुम्बिनीमा प्रदेश सभा सदस्यहरु बन्धक

काठमाडौं, साउन २६ । अरुलाई लोकतन्त्र र संसदीय व्यवस्थाको पाठ सिकाउने नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा सांसद् पदकै उपहास गरेको छ । माओवादी, जसपा र जनमोर्चासँग मिलेर कांग्रेसले आफ्नै सांसद्लाई रिसोर्टमा बन्धक बनाएर राखेको छ । शंकर...

अनैतिक सम्बन्धको आशङ्कामा तीन जना सहयोगी लिएर यसरी गरे रमेशले श्रीमतिको हत्या

विराटनगर । श्रीमतिको अनैतिक सम्बन्ध रहेको आशंका गर्दै आफ्नै श्रीमानले तीन जना सहयोगी लिएर हत्या गरेको प्रहरीको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको छ । विराटनगर – १९ घर भएकी २८ वर्षीय प्रियङ्का सुनार साहको हत्या आफ्नै...

मोटरसाइकल जोगाउँदा मोरङको बाँसबारीमा बस पल्टियो, १८ जना घाइते

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – बाँसबारी चोकमा बस पल्टिँदा १८ जना घाइते भएका छन् । सिराहादेखि विराटनगरतर्फ आइरहेको बा ४ ख ७४५० नम्बरको बस दुर्घटना हुँदा १८ जना घाइते भएका हुन् । सिराहाबाट यात्रु...

मेगा बैंकका ग्राहकलाई विशेष छुटमा घरमै स्वास्थ्य सेवा र औषधि

काठमाडाैं, १४ वैशाख-मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरूलाई इजी केयरले विशेष छुटका साथ घरमै स्वास्थ्य सेवा र औषधि प्रदान गर्ने भएको छ ।सम्झौताअनुसार, इजी केयरले लकडाउनमा पनि विशेष छुटका साथ घरमै पुगेर मेगा बैंकका ग्राहकहरूलाई स्वास्थ्य...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्