बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु

 न्यूज विराट
बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु

काठमाडौं, साउन ३-सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । पार्टीभित्र देखिएको विवाद समाधानको प्रयासस्वरूप स्थायी कमिटी बैठक स्थगित गरेर सहमतिको प्रयासका लागि सचिवालय बैठक बस्न लागेको हो । पार्टी केन्द्रीय सचिवालयकाे बैठक ३:१० बजेदेखि बालुवाटारमा जारी रहेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक पटक–पटक स्थगित हुँदै आएको छ । शुक्रबार एकैदिन २ पटक स्थायी कमिटी बैठक स्थगित गरे सचिवालयको बैठक बोलाउने निर्णय नेकपाले गरेको थियो ।

बैठकअघि प्रधानमन्त्री एवं अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) छलफल गरेका थिए । ‌नेकपाभित्र प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीलाई राजीनामा दिन शीर्ष नेताहरूले दबाब दिँदै आएका छन् भने ओलीले आफूले दुवै पद नछाड्ने अडान राखेका छन् ।

सम्बन्धित समाचार

विराट गोल्डकपको उपाधि थ्रीस्टारलाई

विराटनगर । ९ औं संस्करणको रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन थ्रीस्टार क्बल भएको छ ।विराटनगरको सहिद रंगशालामा बुधबार राती सम्पन्न फाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २–० गोलले पराजित...

बाढीमा ज्यान गुमाउनेको परिवारलाई विराटनगर महानगरले ५० हजार दिने

विराटनगर, ६ कात्तिक । सोमबारदेखि परेको अविरल वर्षाका कारण विराटनगर महानगरपालिकामा ३ जनाको मृत्यु भएको छ। महानगरपालिकास्तरीय विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकमा मेयर भीम पराजुलीले सोमबारपछि विराटनगरमा भएको बाढी वितण्डामा ३ जनाको मृत्यु भएको...

माओवादी विराटनगरकोे अधिवेशन : ८१ जनाको कार्यसमिति सर्वसम्मत, पदाधिकारी चयनमा भने सहमतिको प्रयास

विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर महानगर समितिको दोस्रो अधिवेशनबाट ८१ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको छ । कुल ३५६ प्रतिनिधिहरूको सहभागितामा सम्पन्न अधिवेशनबाट निर्वाचित कार्यसमितिले अब अध्यक्षसहित सात पदाधिकारी चयन गर्ने जिम्मेवारीमा रहेको...

गठबन्धन बैठक बिनानिष्कर्ष सकियो, ८ गते फेरि बस्ने

काठमाडौं । एमसीसीमा सहमति जुटाउने प्रयासस्वरूप सत्तागठबन्धनको निर्णायक भनिएको आजको बैठक पनि बिनानिष्कर्ष सकिएको छ । एक घण्टा पनि नबसी आइतबार पुन: बैठक बस्ने गरी नेताहरू उठेका छन् । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार फागुन गते...

ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरण मेरो पहिलो प्राथामिकता : ट्राफिक प्रहरी निरीक्षक लम्साल

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजन लम्सालले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणलाई आफ्नो कार्यकालमा प्राथमिकता दिने बताएका छन् । एक हप्ता अगाडि सरुवा भएर आएका मोरङ ट्राफिक प्रहरी प्रमुख लम्सालले...

जम्मु र काश्मिरमा ९३ जना आतंककारी मारिएको दाबी

एजेन्सी, जेठ २६-भारतीय सुरक्षा निकायले जम्मु तथा काश्मिरमा पछिल्लो ६ महिनामा कम्तीमा पनि ९३ जना आतंककारी मारिएको भारतीय सेनाले जनाएको छ । भारतीय प्रहरीले सो क्षेत्रमा गएको६ महिनाभन्दा लामो समयदेखि आतंकारीका विरुद्धमा कडा काराबाही जारी...

बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट बाँकेका दुई र दाङका एक जनाको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिए । उनका अनुसार नेपालगञ्ज...

प्रेस पास नवीकरण अब जिल्ला हुलाकबाटै

देशभर कार्यरत सञ्चारकर्मीको प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण अबदेखि जिल्लास्थित हुलाक कार्यालयबाटै हुने भएको छ । केन्द्रबाट प्रवाह भइआएको सेवालाई सहज र सरल बनाउने उद्देश्यले सरकारले जिल्ला हुलाक कार्यालयलाई यस्तो अधिकार प्रत्यायोजन गरेको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्