काठमाडौं, २ साउन-नेपालका टेलिभिजन सेवा प्रदायकहरू संगठित भएका छन् । भारतीय समाचार च्यालनहरूले नेपालका विषयमा अनर्गल प्रचार गर्न थालेपछि स्वःनिर्णय गर्दै प्रशारण बन्द गरेका सेवा प्रदायकहरू संगठित भएका हुन् ।
भारतीय न्यूज च्यानलले नेपाल र प्रधानमन्त्रीका विषयमा अनर्गल प्रचार गर्न थालेपछि सेवा बन्द भए पनि संगठित नहुँदा केही अलमल भएको मल्टि सिस्टम अपरेटर (एमएसओ) अध्यक्ष सुदीप आचार्यले बताए । भारतीय च्यानल आ-आफ्नो हिसाबले बन्द गरे पनि त्यसले केही अलमल भएकाले संगठित रूपले अगाडी बढ्ने निर्णय भएको उनले बताए ।
अहिले नेपालमा जी न्युज, आजतकलगायतका समाचार च्यानलको प्रशारण बन्द रहेको छ । सेवा प्रदायक अब डिजिटल टिभी अपरेटर एसोशिएसन अफ नेपालमार्फत एकजुट भएर हुने भएका हुन् । डिसहोम, प्रभु टिभी, क्लियर टिभी, म्याक्स टिभी, मेगा टिभी, मेरो टिभी, नेट भिटी, सुविसु टिभी र भायो टिभीलगायतका प्रदायकहरु संगठित भएका हुन् ।