प्रदेश १ मा ३३ संक्रमित थपिए, १४ डिस्चार्ज

 न्यूज विराट
प्रदेश १ मा ३३ संक्रमित थपिए, १४ डिस्चार्ज

विराटनगर, १ साउन–प्रदेश १ मा आज ३३ जना कोरोना संक्रमित थपिएका छन् । ओखलढुङ्गामा १५, इलाममा ६, झापा र सुनसरीमा ४÷४, मोरङमा ३ र उदयपुरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ओखलढुङ्गाको मानेभन्ज्याङ १५ जना पुरुष, इलामको इलाम नगरपालिकामा ६ पुरुष, सुनसरीको इटहरी र कोशी गाउँपालिकामा २÷२ पुरुष, झापाको भद्रपुरमा २ महिला, मेचीनगरमा १ महिला, कनकाईमा १ पुरुष, विराटनगरमा २ महिला, १ पुरुष र उदयपुरको त्रियुगामा १ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय ७४ पुगेको छ ।

प्रदेश १ बाट आज १४ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ४ महिला र १० पुरुष डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ६ सय ५६ पुगेको छ ।

सम्बन्धित समाचार

झापाका चोकबजार सुनसान

विराटनगर, चैत ११–लकडाउन शुरु भएसँगै झापाका बजार चोकहरु समेत सुनसान बनेका छन् । लकडाउन सुरू भएसंगै बिहानै देखि अस्तब्यस्त हुने झापाका बजारहरु, राजमार्ग, चोक तथा सार्वजनिक स्थलहरू सुनसान भएका छन् । झापाका मुख्य शहरहरु बिर्तामोड,...

प्रदेश प्रमुखद्धारा बजेट प्रमाणिकरण

विराटनगर । कोशी प्रदेशसभाबाट पारित भएको बजेट प्रदेश प्रमुख परशुराम खापुङबाट प्रमाणिकरण भएको छ । प्रदेश प्रमुख खापुङ्गले शुक्रबार बजेट प्रमाणिकरण गरेका हुन् । प्रदेशसभाको मंसिर १३ गतेको बैठकले पारित गरेको कोशी प्रदेश आर्थिक अध्यादेशलाई...

ब्राउन सुगरसहित २ जना पक्राउ

विराटनगर, फागुन २२–इलाममा लागुऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय इलामले इलाम नगरपालिका ४ बस्ने बर्ष २५ का रोशन राई र देउमाई नगरपालिका ९ बस्ने बर्ष २० का बिशाल सिवालाई पक्राउ...

नेप्से २९ अंकले बढेको बजारमा १६ अर्बको कारोबार, वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता

काठमाडौं, २० जेठ । शेयर बजर परिसूचक नेप्सेमा साताको अन्तिम दिन बिहीबार पनि हरियाली छाएको छ । जसले गर्दा लगानीकर्ता थप उत्साहित बनेका छन् । बिहीबार नेप्से सूचक २९ दशमलव ५५ अंकले बढेर २८५६ दशमलव...

भव्य कार्यक्रम गरी मनायो गौतमबुद्ध स्कुलले वार्षिकोत्सव

विराटनगर । विराटनगरमा रहेको गौतम बुद्ध स्कुलले ४२ औं वार्षिकोत्सव तथा तेस्रो फनफिस्टा विविद्य कार्यक्रम आयोजना गरी मनाएको छ । स्कुल परिसरमा सोमबार एक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो । वार्षिक उत्सवको उद्घाटन विराटनगर...

मुख्यमन्त्रीले विश्वासको मत लिने दिन सभा छलेर उपसभामुख दनुवार लागिन् काठमाण्डौं

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रयोजनका लागि बोलाएको बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएर उपसभामुख सिर्जना दनुवार काठमाडौँ लागेकी छिन् । बिहान ७ बजेको यति एयरलाइन्सको फ्लाइटबाट उनी काठमाडौँ लागेकी...

राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी छन् । मन्त्रिपरिषद्को हिजोको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो...

कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन

काठमाडौं, १७ असार-नेपाली कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । उनको उपचारका क्रममा आज बिहान ९ बजे शहिद गंगालाल ह्दयरोग केन्द्रमा निधन भएको हो । अघिल्लो आइतबार मुटुको ३ वटा भल्ब ब्लक भएपछि छन्त्यालकाे...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्