यातायात व्यवसायीका समस्या समाधान गर्न तत्काल राहतको व्यवस्था गर्नुपर्छ : प्रचण्ड

 न्यूज विराट
यातायात व्यवसायीका समस्या समाधान गर्न तत्काल राहतको व्यवस्था गर्नुपर्छ : प्रचण्ड

काठमाडौं, १ साउन-यातायात क्षेत्रको विद्यमान समस्या समाधान गर्नका लागि निर्माण गरिएको कार्यदलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको छ ।

आज बिहान प्रचण्ड निपास खुमलटारमा भएको भेटमा व्यवसायीले कोभिड-१९ पश्चात यातायात सञ्चालनमा देखिएका समस्याबारे ध्यानाकर्षण गराएका थिए । सो अवसरमा अध्यक्ष प्रचण्डले यातायात व्यवसाय मध्यम र निम्न वर्गको व्यापक सहभागिता भएको क्षेत्र भएकाले आफूले यस क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताए ।

‘व्यवसायीले राखेका सबै कुराहरू गम्भीर छन् । कोभिड-१९ का सन्दर्भमा संसारभरिका देशहरूले राहत प्याकेज दिने गरेको देखिएको छ । यहाँ पनि केही न केही राहत वा सुविधाका बारेमा पार्टी र सरकारमा छलफल गर्छु । नीतिगत कुरा बरू अलि पछि गर्दा पनि हुन्छ,’ उनले भने ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले तत्काल बैंकको किस्तालाई रोक्ने कुरा, यातायात व्यवसाय सञ्चालनका लागि पुनःकर्जाका कुरा, राहत र अनुदानसँग सम्बन्धित कुरा र स्वास्थ्य सुरक्षासँग सम्बन्धित कुरा राज्यले तुरुन्तै गरिदिनुपर्ने बताए ।

व्यवसायी तथा मजदुरले बैँक तथा वित्तीय संस्थाको किस्ता स्थगन गर्नुपर्ने, पुनःकर्जाको व्यवस्था गर्नुपर्ने, कागजात नवीकरणलाई सहज बनाउनुपर्ने, श्रमिकलाई नियमित निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्नुपर्ने, कोरोना बीमामा सरकार र व्यवसायीको ५० प्रतिशत योगदान हुनुपर्ने, मजदुरलाई स्वास्थ्य सामग्री तथा पीपीईको व्यवस्था मिलाउन माग गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष, नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष, अखिल नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष सम्मिलित कार्यदल स्थापना गरिएको छ ।

सम्बन्धित समाचार

कोरोना भाइरस स्वाइन फ्लुभन्दा १० गुणा घातक

एजेन्सी, बैशाख २-विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस स्वाइन फ्लुभन्दा १० गुणा बढी खतरनाक रहेको बताएको छ ।डब्लुएचओका महानिर्देशक टेड्रोड एडहानोम गेहब्रेयससले प्रभावकारी खोपबाट मात्रै कोरोना भाइरसको संक्रमण पूर्ण रुपमा रोक्न सकिने बताए ।...

रुसमा संक्रमितको संख्या ३ लाख ५३ हजार नाघ्यो

मस्को, जेठ १२–रुसमा संक्रमितको संख्या ३ लाख ५३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ९ सय ४६ जना नयां थपिएसँगै कुल कोरोना संक्रमितको संख्या ३ लाख ५३ हजार ४ सय २७ जना...

मोरङ ५(२) मा कांग्रेसका अमृत आर्याल निर्वाचित

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल मोरङ क्षेत्र नंं. ५ (२) बाट प्रदेशसभा सदस्यमा विजयी भएका छन्। उनले प्रदेश १ का स्वास्थ्यमन्त्री तथा जसपाका नेता जयराम यादवलाई फराकिलो मत अन्तरले पराजित गर्दै प्रदेशसभा...

विराट नर्सिङ होमले मनायो मुटु दिवस

विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होमले विश्व मुटु दिवस मनाएको छ । अस्पतालले आइतबार सचेतना मुलक कार्यक्रम आयोजना गरी मुटु दिवस मनाएको हो । विश्व मुटु दिवसको अवसर पारेर अस्पतालले आइतबार निःशुल्क मुटुको ओपीडि सेवा...

प्रदेश १ मा १ सय १९ संक्रमित थपिए

विराटनगर, ५ असोज–२४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । ताप्लेजुङ, सुनसरी र झापाका एक÷एक महिलाको मृत्यु भएको हो । योसँगै प्रदेश १ मा मृत्यु हुनेको संख्या ५६ पुगेको छ...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा तीन जनाको कृत्रिम खुट्टा प्रत्यारोपण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले तीन जनाको कृत्रिम खुट्टा प्रत्यारोपण गराएको छ । क्लबले एक कार्यक्रमकाबिच अपाङ्गता भएका तीन जना व्यक्तिहरुको कृत्रिम खुट्टा प्रत्यारोपण गराएको हो । मोरङको रतुवामाई–२ का चकाटु हरिजन, बुढीगंगा–२...

लागूऔषध पनि कोरोना जस्तै फैलिरहेको छ : गृहमन्त्री थापा

काठमाडौं, २३ असार-गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपालमा लागूऔषध पनि कोरोना जस्तै फैलिरहेको बताएका छन् । मंगलबार नेपालमा लागूऔषध प्रयोगकर्ता सर्वेक्षण-२०७६ को प्रतिवेदन सार्वजनिक गर्दै गृहमन्त्री थापाले यस्तो बताएका हुन् । उनले अहिले लागूऔषधको मारमा सबैभन्दा...

१२ औँ संस्करणको प्याब्सन स्पोर्टस मिट सुरू (फोटो फिचर )

विराटनगर । १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट शुक्रबारबाट सुरू भएको छ । विराटनगरस्थित सहिद मैदानमा प्रदेश १ का मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले प्याब्सन स्पोर्ट्स मिटको उद्घाटन गरेपछि औपचारिक रूपमा सुरू भएको हो । स्पोर्ट्स मिटको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्