सागका पदक विजेता ८८ खेलाडी प्रदेश १ सरकारद्धारा सम्मानित

 न्यूज विराट
सागका पदक विजेता ८८ खेलाडी प्रदेश १ सरकारद्धारा सम्मानित

विराटनगर, ३१ असार–प्रदेश १ सरकारले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता ८८ जना खेलाडीलाई आज सम्मानित गरेको छ ।

एकल तर्फ स्वर्ण पदक विजेता ६ जना, एकल तर्फ रजत पदक विजेता ४ जना र एकल तर्फ कास्य पदक विजेता १० जना खेलाडी, टीम तर्फ स्वर्ण पदक विजेता १५ जना, टीम तर्फ रजत पदक विजेता २२ जना र टीम तर्फ कास्य पदक विजेता ४१ ज्ना गरि ८८ खेलाडीलाई मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले सम्मानित गरे ।

खेलाडीलाई सम्मान गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको बताए । उनले प्रदेश सरकारले खेलकुदलाई छायाँमा नपारिने बताए ।

सामाजिक विकास मन्त्री घिमिरेले खेलका माध्यमबाट जिविकासँगै पहिचान र प्रतिष्ठा कमाउन सकिने बताए । उनले कोरोना भाईरसको संक्रमणका कारण निर्धारित समयमा सम्मान गर्न नपाएको बताए । ढिलै भएपनि प्रदेश सरकारले सम्मान गरेको र आगामी दिनमा पनि खेलाडी सम्मानलाई निरन्तरता दिईने उनले बताए ।

सागमा एकल र टीम तर्फ स्वर्ण पदक विजेतालाई १ लाख देखि ७५ हजार ५ सय सम्म, एकल र टीम तर्फ रजत विजेतालाई १ लाख देखि ६० हजार सम्म र एकल र टीम तर्फ कास्य पदक विजेतालाई ५० देखि ४१ हजार रुपैयाँ सम्म प्रदान गरिएको सामाजिक विकास मन्त्रालय खेलकुद महाशाखा प्रमुख कोमलबहादुर खड्काले बताए । १० जना खेलाडीले दोहोरिएर पदक प्राप्त गरेको उनले बताए ।

उनका अनुसार खेलाडीको बैंक खातामा प्रदेश सरकारले ८० लाख रुपैयाँ जम्मा गरेको छ । प्रदेश सरकारले साग विजेता खेलाडीलाई सम्मानित गरेकोमा खुशी लागेका फुटवल खेलाडी सुजल श्रेष्ठले बताए । उनले खेलाडीहरुले पैसा भन्दा पनि राष्ट्रका लागि खेल्नुपर्ने बताए ।

सम्बन्धित समाचार

प्रचण्डकी पत्नी सीतादेखि संसद विघटन बदर गर्ने न्यायाधीशहरु विभूषित

काठमाडौं, असोज ३ । सर्वोच्च अदालतका तीनजना न्यायाधीशले प्रसिद्ध प्रवल जनसेवाश्री पाएका छन् । अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीले यो पदक पाउनुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाउज्जवल राष्ट्रद्वीप प्रथम श्रेणीको...

पहिलो याक्खा हाक्पारे ‘ओम्माङ्बा’ सार्वजनिक

विराटनगर । याक्सिगुम मिडिया प्रालिको ब्यानरमा निर्मित पहिलो याक्खा हाक्पारे भिडियो ‘ओम्माङ्बा’ सार्वजनिक भएको छ । सोमबार सुनसरीको धरानमा एक कार्यक्रम आयोजना गरी उक्त भिडियो सार्वजनिक गरिएको हो । गोकुल सोम्याहाङ्गद्वारा निर्मित उक्त भिडियोमा देउ...

विराटनगर महानगरपालिकाका जनप्रतिनिधिहरुको सपथग्रहण भोलि हुने

विराटनगर, ८ जेठ । विराटनगर महानगरपालिका मेयर, उपमेयरसहित सवै जनप्रतिनिधिहरुको सपथग्रहण भोलि हुने भउको छ । महानगरपालिकाले प्रशाकित गरेको सूचना बमोजिम सवै जनप्रतिनिधिहरुको सपथग्रहण जेठ ९ गते सवा ११ बजेदेखि महानगरपालिकाको सभाकक्षमा हुनेछ । सपथग्रहणका...

सरकारले अस्वीकार गर्‍यो ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्ट

काठमाडौं, १४ मंसिर-ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले राजनीतिक पूर्वाग्रह राखेर रिपोर्ट तयार पारेको भन्दै सरकारले अस्वीकार गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले केही दिनअघि सार्वजनिक गरेको रिपोर्ट तथ्यहीन र राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको भन्दै सरकारले अस्वीकार गरेको हो...

तेस्रो प्याब्सन कप : फाइनलमा डिपिएस र ग्यालेक्सी भिड्दै

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टको फाइनलमा दिल्ली पब्लिक स्कुल (डिपिएस) र ग्यालेक्सी स्कुल पुगेको छ । असार ६ गते विराटनगरको सहिद मैदानमा हुने फाइलनमा उपाधिको लागि डिपिएस र ग्यलोक्सी भिड्ने भएका...

प्रदेश १ मा आज एकैदिन ८३९ संक्रमित थपिए

विराटनगर, १ साउन । प्रदेश १ मा आज ८३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३३०, सुनसरीमा ३०६, झापामा ११७, उदयपुरमा २३, धनकुटामा १५, इलाम र भोजपुरमा ६–६, संखुवासभा र ते¥हथुममा ४–४, पाँचथरमा ३,...

स्पोर्ट्स मिटको नतिजा सच्याउँदै प्याब्सनले निकाल्यो विज्ञप्ति, प्रतियोगिताको तेस्रो विराटनगरको एभरेष्ट

विराटनगर । प्याब्सन स्पोर्ट्स मिट २०८० को नतिजा सार्वजनिक गर्दा त्रुटि भएको भन्दै नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) मोरङले विज्ञप्ति निकाल्दै सच्याएको छ । माघ २९ गते सम्पन्न स्पोर्ट्स मिटको पुरस्कार वितरणका क्रममा मानव...

गणेशमान सिंहको २३ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं, २ असोज-प्रजातन्त्र पुनःस्थापनाका लागि भएको २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २३ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका सिंह...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्