प्रदेश १ बाट मंगलबार ३८ जना डिस्चार्ज, ६ संक्रमित थपिए

 न्यूज विराट
प्रदेश १ बाट मंगलबार ३८ जना डिस्चार्ज, ६ संक्रमित थपिए

विराटनगर, असार ३०–प्रदेश १ मा मंगलबार एकै दिन ३८ जना डिस्चार्ज भएका छन् । विराटनगर स्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १३ महिला र ६ पुरुष, उदयपुरको चौदण्डिगढी स्थित कोभिड–१९ आईसोलेसन केन्दबाट ६ महिला तथा ७ पुरुष र मोरङको शुन्दरहरैँचा स्थित पूर्वाञ्चल विश्वविद्यालय कोभिड–१९ आईसोलेसन अस्पताल गोठगाउँबा ६ पुरुष डिस्चार्ज भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

डिस्चार्ज हुनेमा मोरङका १६ जना ,उदयपुरका १३, सुनसरीका दुई ,झापाका पाँच, इलाम र पाँचथरका १÷१जना रहेको छन् । मंगलबार डिस्चार्ज भएकासँगै प्रदेश १ मा कोरोना संक्रमण पुष्टि भएर उपचारपश्चात घर फर्किनेको संख्या ६ सय ४२ जना पुगेको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ मा मंगलबार ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटाका तीन, झापा, सुनसरी र तेह्रथुमका १÷१ जनामाकोरोना संक्रमण पुष्टि भएको हो ।

धनुकुटाको छथर जोरपाटीका दुई पुरुष, शहिदभूमीका एक पुरुष, झापाको शिवसताक्षीका एक महिला, सुनसरीको भोक्राहा र ते¥हथुमको म्याङलुङका एक÷एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मंगलबार पुष्टि भएका सँगै प्रदेश १ मा कुल कोरोना संक्रमितको संख्या ७ सय ३६ पुगेको छ ।

सम्बन्धित समाचार

डा. बाबुराम भट्टराईविरुद्धको जाहेरी पनि लिएन नेपाल प्रहरीले

काठमाडौं, १५ वैशाख-नेपाल प्रहरीले पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईविरुद्धको साइबर अपराधसम्बन्धी जाहेरी दर्ता गर्न अस्वीकार गरिदिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भ्रातृ संस्थाका युवा विद्यार्थी नेताहरूलाई डा....

बीपी प्रतिष्ठानमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सोमबार एकै दिन मोरङ र जनकपुरका दुई बिरामीको मृत्यु भएको हो । विराटनगर– १२ का ७५ वर्षीय वृद्धलाई यही वैशाख ४ गते...

औषधी व्यसायीको सप्ताहव्यापी कार्यक्रम सकियो, अन्तिम दिन भव्य कार्यक्रम

विराटनगर । नेपाल औषधी व्यवसायी संघको ५० औं स्थापना दिवसको अवसर पारेर औषधी व्यवसायी संघ मोरङ शाखाले सुरू गरेको सप्ताहव्यापी कार्यक्रम सकिएको छ । संघले विराटनगरमा आइतबार एक भव्य कार्यक्रम आयोजना गरी सप्ताहव्यापी कार्यक्रम समापन...

पीसीआर परीक्षण नगरेका सांसदले पाउने छैनन् संसदमा प्रवेश

काठमाडौं, २ जेठ-सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्ने दिन शुक्रबार सांसद मात्रै नभई २९ भन्दा बढी विशिष्ट तथा सरोकारवाला व्यक्ति पनि सदनको बैठकमा उपस्थित हुनेछन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट आगामी वर्षको नीति तथा कार्यक्रम...

एकीकृत भन्सार जाँच चौकी निर्माणमा ढिलाइ

राँझा, २७ कात्तिक-पश्चिम नेपालको प्रमुख नाका नेपालगञ्जस्थित नेपाल–भारत सीमा क्षेत्रमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी निर्माणमा ढिलाई भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा निर्माणाधीन एकीकृत जाँच चौकी निर्माणको काम एकदमै सुस्त गतिमा भइरहेको छ ।...

वीरगञ्जमा एकै दिन २ कोरोना संक्रमितको मृत्यु

काठमाडौं, १४ साउन-वीरगञ्जमा एकै दिन २ कोरोना संक्रमितको मृत्यु भएको छ । छुट्टाछुट्टै अस्पतालमा बुधबार २ कोरोना संक्रमितको मृत्यु भएको हो । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार नेशनल मेडिकल कलेज तथा शिक्षण...

२१६ जनामा कोरोना संक्रमण पुष्टि, २०९ जना संक्रमणमुक्त

काठमाडौं, १८ पुस । पछिल्लो २४ घण्टामा २ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २ सय नौ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका...

इजरायल जान भाषा परीक्षा दिएका २ हजार ३९ विद्यार्थी उत्तीर्ण

काठमाडौं, ३० भदौ । इजरायलमा केयरगिभर सम्बन्धी रोजगारीका लागि सरकारले लिएको अंग्रेजी भाषा परीक्षामा दुई हजार ३९ परीक्षार्थी उत्तीर्ण भएका छन् । भाषा परीक्षामा उत्तीर्ण भएकाहरूको फिजिकल फिटनेसु जाँच असोज १, २ र ३ गते...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्