प्रदेश १ का एक दर्जनबढी श्रष्टा सम्मानित

 न्यूज विराट
प्रदेश १ का एक दर्जनबढी श्रष्टा सम्मानित

विराटनगर, २९ असार–२ सय ७ औं भानु जयन्तीका अवसरमा प्रदेश १ सरकारले एक दर्जनबढी श्रष्टाहरुलाई सम्मान गरेको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयको आयोजनामा बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट एक जना र भाषा साहित्य कला सम्मानबाट १२ जना श्रष्टा सम्मानित भएका हुन ।

एक लाख राशीको बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट इलामका श्रष्टा डा. नवलकिशोर राई सम्मानित भएका छन् । उनले सम्मान वापत प्राप्त गरेको राशी मध्ये ५० हजार आरोहण गुरुकुल र ५० हजार कोरोना उपचार कोषलाई हस्तान्तरण गरे ।

भाषा साहित्य कला सम्मानबाट १२ जना श्रष्टा सम्मानित भएका छन् । ललितकला तर्फ अनुराधा थापा(मोरङ), साहित्य तर्फ उमानाथ घिमिरे‘सागर’(धनकुटा), कविराज पोखरेल(मोरङ), मुनाराज शेर्मा(झापा), पञ्चकुमारी परियार(खोटाङ), प्रेम ओझा(पाँचथर), शिवनारायण पण्डित‘सिंगल’(सुनसरी), साहित्य र कला तर्फ डीवी किराँती(सोलु), रंगकला तर्फ कविता नेपाल(झापा), चलचित्रकर्मी तर्फ केशव रायमाझी(मोरङ), नृत्यकला तर्फ मायाँ पौडेल(मोरङ), गित÷संगीत तर्फ वीरध्वज शिवा(मोरङ) सम्मानित भएका छन् ।

श्रष्टाहरुलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमायाँ गजमेर, श्रष्टा मूल्यांकन सिफारिस कार्यदलका संयोजक प्राज्ञ खेम नेपालीले सम्मानित गरेका थिए ।

उनीहरुलाई जनही ५०÷५० हजार नगद, दोसल्ला र प्रमाणपत्र प्रदान गरिएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले भाषा, साहित्य कला क्षेत्रमा विशिष्ट योगदान पु¥याउने श्रष्टाहरुलाई गतवर्ष देखि सम्मान गर्न सुरु गरेको हो ।

सम्बन्धित समाचार

हुण्डी कारोबारीसँग रकम असुल्ने २ प्रहरी पक्राउ

काठमाडौं, १० असार -महानगरीय अपराध महाशाको टोलीले हुण्डीकाे कारोबारमा संलग्न रहेको आरोपमा २ जना प्रहरीलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा परेकाहरू सादा पोशाकका प्रहरी रहेको महाशाखाले जनाएको छ । अपराध महाशाखा स्रोतका अनुसार पक्राउ पर्ने...

सरकारको नारा : चिनौँ आफ्नो माटो, बनाउँ आफ्नो देश

काठमाडौं, २ जेठ-सरकारले चिनौँ आफ्नो माटो, आफ्नो माटो बनाए आफ्नै देश कार्यक्रम अघि बढाउने जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् । यो कार्यक्रमअन्तर्गत स्नाकोत्तर...

सुनसरीको देवानगन्जमा गोली चलाउनेको पहिचान खुल्योे, तीन जना घाइते

विराटनगर । सुनसरीको देवानगन्जमा तीन राउन्ड गोली चलेको छ । गोली लागेर तीन जना घाइते भएका छन् ।घाइते हुनेहरुमा देवानगन्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता, रविन कुमार यादव र पिन्टु यादव रहेको कोशी प्रदेश...

अनेरास्ववियु ओखलढुंगामा विवाद

नेकपा (एमाले) निकट विध्यार्थी संगठन अनेरास्ववियु ओखलढुंगामा व्यापक विवाद देखिएको छ । केन्द्रीय सचिव आरती भट्टराईले सर्कुलर विपरित गतिविधि गरेको भन्दै विवाद चुलिएको हो ।अनेरास्ववियु केन्द्रीय कमिटीको दोश्रो पुर्ण बैठकले संगठनको सन्दर्भमा २३ औं राष्ट्रिय...

भारु १ हजार लिएर भारतीयलाई सीमा कटाउन खोज्ने पक्राउ

विराटनगर, बैशाख ३०–भारतीय मजदुरसंग रकम लिएर सीमा कटाउन खोज्ने दुईजनालाई प्रहरीले विराटनगरबाट नियन्त्रणमा लिएको छ । विराटनगर–१८ भेडियारी स्थित एकिकृत जाँचपास चौकी(आइसिपी) नजिकै दशगजाक्षेत्रबाट प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका २ जना विराटनगर–६...

सकियो ब्यूर्टिपालरको एक महिने एडभान्स कोर्ष

विराटनगर । महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सुरु भएको एक महिने ब्यूर्टिपालर तालिम (एडभान्स कोर्ष) सम्पन्न भएको छ । मिनाज ब्युटि केयर एण्ड पार्लरको आयोजना र विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा एक महिने ब्यूर्टिपालर तालिम सोमबार समापन...

विराटनगरमा विविद्य कार्यक्रम गरी मनायो ६८ औँ प्रहरी दिवस

विराटनगर । ६८ औँ प्रहरी दिवसको अवसर पारेर कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले विभिन्न कार्यक्रम आयोजना गरेको छ । प्रहरीले शुक्रबार विभिन्न कार्यक्रम गरी दिवस मनाएको हो । आज विहान बिराटनगरको महेन्द्र चोकमा रक्तदान कार्यक्रम...

स्वास्थ्य समाग्री लिन चार्टर्ड विमान चीन जाँदै 

काठमाडौं, जेठ ५-नेपाली सेनाले चीनबाट ल्याउने स्वास्थ्य सामग्री लिन आज चार्टर्ड विमान चीन जाने भएको छ । चीनको ग्वान्जाओबाट स्वास्थ्य समाग्री ल्याउन नेपाल एयरलान्सको वाइडवडी जहाज सोमबार बेलुकी चीन जाने लागेको हो । चीनबाट स्वास्थ्य...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्