‘नेकपालाई विदेशी राजदुतले आदेश दिने ?’ :सांसद मण्डल

 न्यूज विराट
‘नेकपालाई विदेशी राजदुतले आदेश दिने ?’ :सांसद मण्डल

विराटनगर, असार २८–पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले नेकपाको आन्तरिक झागडा विदेशी राजदुतले मिलाउन खोज्नु दुखद भएको बताएका छन् ।

सत्तारुढ दल नेकपाकै केन्द्रीय सदस्य समेत रहेका सांसद मण्डलले प्राइमटाईम्सम टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा कुरा गर्दै दुई तिहाइससहित सरकारको नेतृत्व गरिरहेको दललाई सहसचिव स्तरका विदेशी राजदुतले आदेश र सुझाव दिनु दुखद भएको बताएका हुन् ।
नेकपाका शिर्षस्त नेताहरुसँग चिनका राजदुतले भेटेको प्रसंग कोट्ुयाउँदै नेता मण्डलले नेपाल र नेकपाको आन्तरिक मामिलामा विदेशी हस्तक्षेप भइरहेको दावी गरे ।

‘कुनै वेला देशमा विशिष्ठ सहमतिको बेला आउँथ्यो तब कुरा मिलाउन भारतको राजदुत आउँथे । आज चिनका आएका छन् । कुनै दिन अमेरिकाको आउलान् । जहिले सम्म ठाउँ दिन्छौँ त्यतिबेलासम्म आइरहन्छन् । समस्या समाधानमा विदेशिलाई हामीले मगाएको हो ।’ उनले भने,‘हाम्रो पार्टी भित्रको समस्या हल गर्न चिन र भारतको राजदुत चाहिने ? हामी त्यसो भए नालायक भयौँ ? अर्काले आएर समस्या हल गरिदिनुपर्ने ? आज सम्म गर्दै आयौँ । यस कुराको अन्त्य गर्नुपर्छ कि पर्दैन ? आज मुलुकमा दुइ तिहाईसहितको पार्टीले देश चलाईरहेको छ, सहसचिव स्तरको एृउटा राजदुतले आदेश र सुझाब दिन आउँछ । यो गतिविधि नैतिक हिसाबले शिर ठाडो हुने ठाउँ हो त ? हामी कामै नलाग्ने, हामी सँग क्षमतानै छैन ?’

उनले नेकपा भित्रको अन्तरविरोध व्यक्तिवादी प्रवृत्तिका कारण उत्पन्न भएको बताए । नेता मण्डलले पार्टी भित्र सामुहिक नेतृत्वको अभ्यास आजको आवश्यकता भएको बताउँदै स्थायी र केन्द्रीय कमिटीको एजेण्डा पनि सोहि भएको बताए ।

उनले जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री र पार्टी अध्यक्षका लागि भन्दा पनि सामुहिक नेतृत्वको अभ्यासका लागि अन्तर विरोध देखिएको बताए । नेता मण्डलले ओली नेतृत्वको सरकार कांग्रेसले चलाएको सरकारकै शैलिमा अघि बढेकाले त्यसको खबरदारी गरिएको समेत बताए ।

सम्बन्धित समाचार

विराटनगरमा फेरी बढ्न थाल्यो कोरोना संक्रमण, आज ५१ संक्रमित थपिए

विराटनगर, २६ पुस । पछिल्लो समय विराटनगरमा कोरोना संक्रमण फेरी बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा विराटनगरमा मात्र ५१ ज्नामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै प्रदेश १ मा पछिल्लो २४ घण्टामा...

छात्राहरुका लागि महिनावारी स्वच्छता सम्वन्धी सचेतना

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले छात्राहरुका लागि महिनावारी स्वच्छता सम्वन्धी सचेतनामुलक कार्यक्रम आयोजना गरेको छ । क्लबले जहदा गाउँपालिकास्थित बुधनगर स्कुलमा अध्ययनरत छात्राहरुका लागि महिनावारी स्वच्छता सम्वन्धी सचेतनामुलक कार्यक्रम आयोजना गरेको हो । ...

विराटनगरमा ‘कोरा साईकलिङ ईभेन्ट’

विराटनगर । विराटनगरमा ‘कोरा साईकलिङ ईभेन्ट २०२३’ आयोजना गरिएको छ । टर्की र सिरियाका भुईचालो प्रभावितकालागि आर्थिक सहयोग संकलनको उद्देश्यले शनिबार कोरा साईकलिङ ईभेन्ट आयोजना गरिएको हो । नेपाली यूवा उद्यमी मञ्च विराटनगर र रोटरी...

जसपामा किचलो : यादव समूहले लगायो ठाकुर पक्षले जालसाजी गरेको आरोप

काठमाडौं, ५ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले दलको विवरण फेरेकोप्रति अर्का अध्यक्ष उपेन्द्र यादवले आपत्ति जनाएका छन् । यादवले पक्षले शनिबार विज्ञप्ति जारी गर्दै ठाकुर पक्षले जालसाजी गरेको आरोप लगाएको...

उदाउँदो सूर्यलाई अर्घ्य दिएर सकियो छठ

आस्थाको महापर्व छठ पर्वअन्तर्गत व्रतालुले आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी यो...

कांग्रेसले ७७ वटै जिल्लामा खटायो प्रतिनिधि

नेपाली कांग्रेसले निर्वाचन लक्षित अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी कांग्रेसले तीन चरणमा ‘जनताको साथमा कांग्रेस’ अभियान चलाउँदैछ । भदौ १० गतेदेखि सुरू हुने...

ताजा जनादेशमा जानु नै अहिलेको उपयुक्त विकल्प हो : कमल थापा

काठमाडौं, २७ पुृस-राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले संसद् विघटन भइसकेकाले अब ताजा जनादेशमा जानु उपयुक्त विकल्प भएको बताएका छन् । राप्रपा गोरखाले आज गोरखा सदरमुकाममा आयोजना गरेको २९९औँ पृथ्वी जयन्तीमा तथा राष्ट्रिय एकता दिवसमा...

‘नेपाल’ मात्र लेख्ने सरकारी निर्णय फिर्ता गर्न संसदीय समितिको निर्देशन

काठमाडौं, २४ कात्तिक-संसदीय समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ शब्दको सट्टा ‘नेपाल’ मात्र लेख्ने सरकारी निर्णय फिर्ता गर्न निर्देशन दिएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग छलफल गरेपछि यस्तो निर्देशन दिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्