‘भारतीय च्यानलमाथिको बन्देज तत्काल खोल्न सकिँदैन’

 न्यूज विराट
‘भारतीय च्यानलमाथिको बन्देज तत्काल खोल्न सकिँदैन’

काठमाडौं, २८ असार-भारतीय न्यूज च्यानलहरूमाथि लागेको बन्देज तत्काल खोल्न नसकिने सरकारले स्पष्ट पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको विषयमा आपत्तिजनक सामग्री प्रसारण गरिरहेका भारतीय न्यूज च्यानलमाथिको बन्देज परिस्थिति अनुकूल नहुँदासम्म कायम रहने सरकारले बताएको हो ।

मिडिया सोसाइटीका प्रतिनिधिहरूसँगको भेटमा सरकारका प्रवक्ता डा.युवराज खतिवडाले परिस्थिति अनुकूल भएर ती मिडियाहरू नसुध्रिँदासम्म बन्देज कायम राख्न सेवा प्रदायकहरूलाई आग्रह गरिएको बताए ।

सञ्चार मन्त्रालयको जिम्मेवारीमा समेत रहेका अर्थमन्त्री डा. खतिवडाले सेवा प्रदायकहरूले राष्ट्रियताप्रतिको जिम्मेवारी बोध गर्दै बन्द गरेका भारतीय न्यूज च्यानलहरूमाथिको बन्देज तत्काल नखोलिने बताएका हुन् ।

नेपालीहरूको एकताबाट तर्सेर कुनै पनि मिडियाले अपमानित ढंगले जान नसुहाउने भए पनि भारतीय न्यूज च्यानलहरूले दुरासयपूर्ण रूपले अगाडि बढेकाले तत्काल प्रतिबन्ध नहट्ने उनले स्पष्ट पारे ।

उनले भने, ‘नेपालले नक्सा अद्यावधिक गरेर जारी गरेको अवस्था छ । राष्ट्रिय एकता र सबै नेपालीको ऐक्यवद्धता हामीले प्रदर्शन गरेका छौँ । यो नेपालीहरूको एकताबाट तर्सेको पनि हुन सक्छ । एकताबाट तर्सेर, चित्त नबुझेर भए पनि स्वस्थ्य छलफलबाट अघि बढ्न सकिने हुन्छ । तर जुनसुकै माध्यमबाट अपमानित गर्ने ढंगले जुनकुनै पनि मिडियाले सुहाउँदैन । भारतीय मिडियाहरूको कदमलाई हामीले दुरासयपूर्ण भनेर भनिसकेका छौँ । केही च्यानल बन्द भएको अहिलेको अवस्था हो । सेवा प्रदायकहरूले स्वःस्फुर्त रूपमा राष्ट्रियताप्रतिको जिम्मेवारी बोध गरेर प्रतिबन्ध लगाउनुभयो । परिस्थिति अनुकूल भएर ती मिडियाहरू नसुध्रिँदासम्म प्रतिवन्ध कायम राख्न म अग्रह गर्दछु ।’

नेपालले अद्यावधिक नक्सा जारी गरेदेखि नै भारतीय सञ्चारमाध्यमहरूले आपत्तिजनक सामग्री प्रकाशन प्रसारण गर्दै आएका छन् । पछिल्लो समय प्रधानमन्त्री ओलीको नाम नै जोडेर विभिन्न सामग्री प्रकाशन/प्रसारण भएपछि नेपालमा भारतीय न्यूज च्यानलहरू बन्द गरिएको छ ।

सम्बन्धित समाचार

विराटनगरमा ३३ सहित प्रदेश १ मा ९५ संक्रमित थपिए

विराटनगर, १८ भदौ-प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४४, सुनसरीमा २८, झापामा १२, संखुवासभामा ६, धनकुटा र तेह्रथुममा २÷२ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक...

प्रदेश १ मा ८४१ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

विराटनगर, २ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४१ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५१४ जनाको पीसीआर परीक्षण गर्दा ३९६ र १ हजार ४७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४४५ जनामा...

कार्यान्वयनमा आएन घरभाडा छुट

काठमाडौं, १५ वैशाख-शङ्खमूल बस्दै आएकी शर्मिला तामाङले घरबेटीले पटकपटक ताकेता गरेपछि गत साता घरभाडा तिरिन् । कहिले भारी बोक्ने त कहिले भाँडा माझ्ने गरी आफ्नो जीविकोपार्जन गर्दै आएकी उनलाई खानै धौधौ परेको थियो । काठमाडौंको...

स्वास्थ्य मन्त्रालयका ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २५ साउन-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ४ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरिएकोमा ४ जनाको रिपोर्ट पोजिटिभ आएको हो । स्वास्थ्य मन्त्रालयमा कार्यरत एक जना...

कोशीको सभामुखमा राप्रपाका अमर बहादुर विष्ट निर्विरोध निर्वाचित

विराटनगर । कोशी प्रदेशको सभामुखमा राप्रपाका अमर बहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । कोशी प्रदेशसभाको मंगलबार बसेको बैठकबाट उनी सर्वसम्मत चयन भएका हुन् । गत साउन १६ गते सभामुखबाट बाबुराम गौतमले राजीनामा दिएपछि उक्त...

दोस्रो मिल्स भेट्रान्स गोल्डकप सुरू, उद्घाटनमा ग्रामथान विजयी

विराटनगर । दोस्रो संस्करणको कोशी प्रदेश स्तरीय मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । विराटनगर जुट मिलको खेल मैदानमा शनिबारदेखि उक्त प्रतियोगिता सुरु भएको हो । उदघाटन खेलमा ग्रामथान भेट्रान्स क्लब विजयी भएको...

किड्स भिलेजले मनायो दशौं वार्षिकोत्सव

विराटनगर । विराटनगरमा रहेको किड्स भिलेज स्कुलले भब्य कार्यक्रम आयोजना गरी दसौं वाषिकोत्सव तथा फन फेस्टा मनाएको छ । स्कुल परिसरमा शनिबार एक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव तथा फन फेस्टा कार्यक्रम मनाएको हो । कार्यक्रममा...

उत्कृष्ट विद्यार्थीलाई कान्तिपुर कलेजको सम्मान

विराटनगर । विराटनगरस्थित कान्तिपुर कलेजले विभिन्न विद्यामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ । कलेज परिसरमा सोमबार एक कार्यक्रम आयोजना गरी उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको हो ।कलेजले अतिरिक्त क्रियाकलाप अन्तर्गत निबन्ध लेखन, कान्तिपुर क्विज, कविता...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्