यो वर्ष विराटनगरमा रथ यात्रा रोकियो

 न्यूज विराट
यो वर्ष विराटनगरमा रथ यात्रा रोकियो

विराटनगर, असार २७–दक्षिण एशियाकै दोश्रो ठुूलो रथयात्रा मानिएको विराटनगरको श्रीराधाकृष्ण रथयात्रा यो वर्ष ननिकालिने भएको छ । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर आयोजक समितिले रथयात्राको ५३ औं संस्करण स्थगन गरेको हो । प्रत्येकबर्ष श्रीकृष्ण जन्माष्टमीको भोलीपल्ट विराटनगरमा आयोजना हुँदै आएको ऐतिहासिक श्रीराधाकृष्ण रथयात्रा यसपटककालागि स्थगन गरिएको छ ।

आयोजक मन्दिर कार्यसमितिले शनिवार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै यसपटकका लागि रथयात्रा स्थगन गर्ने निर्णय सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा मन्दिर कार्य समितिका अध्यक्ष बाबुराजा ओझाले बिश्वब्यपी महामारिकारुपमा रुपमा फैलिएको कोरोनाको संक्रमणकालिन अवस्थालाई ध्यानमा राखेर यसपटक रथयात्रा स्थगनगर्ने निर्णय भएको बताए ।

मन्दिर समितिले यसपटक रथयात्राका साथै बार्षिकरुपमा मनाउदै आएको झुलन महोत्सव र जन्माष्टमीका अन्य सम्पुर्ण कार्यक्रमहरु समेत स्थगन गरेको उनले बताए ।

संक्रमणको जोखिमपूर्ण अवस्थाका कारण रथयात्रा स्थगन गरेको कार्यसमितिले अनौपचारिकरुपमा खट्को पुजाआजा भने गर्ने जनाइएको छ । प्रत्येक बर्ष रथयात्राको क्रममा अग्रभागमा डुलाउने गरिएको खट्लाई यसपटक आन्तरिकरुपमा पुजापाठ गरिने जनाइएको छ ।

धार्मिक परम्परा र मान्यता जोगाउन आन्तरीकरुपमा खट्को पुजाआजा गरिने तयारी गरिएपनि त्यसमा सर्वसाधारणलाई सहभागि नगराईने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए ।

महामारीको संक्रमणबाट जोगिन विश्व स्वास्थ्य संगठनले विश्वभरिका मानिसहरुकालागि जारी गरेको प्रोटोकोललाई मध्यनजर गर्दै सरोकारवालीबीच भएको पटकपटकको छलफलपछि यसपटक रथयात्रा स्थगन गर्ने निर्णय भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक सन्तोष खड्काले बताए ।

विक्रम सम्बत १९८८ सालमा भगवान श्रीराधाकृष्णको मृर्तिलाई खटमा राखी कांधमा बोकेर पहिलोपटक विराटनगर पोखरियास्थित मन्दिर परिसरबाट खट्यात्रा निकालिएको इतिहास छ ।

सोहि खटयात्रालाई परिमार्जनगर्दै विराटनगरका केहि समाजसेवीहरुले २०२५ सालबाट रथयात्रामा रुपान्तरण गरेका थिए । त्यसयता बितेको बर्षसम्म रथयात्राको ५२ वाट संस्करणहरु अत्यन्त सफलता र भब्यताका साथ सम्पन्न भइसकेका छन् । धार्मिक सहिष्णुता र आस्थाको प्रतिककोरुपमा स्थापित भइसकेको रथयात्रामा विभिन्न सम्प्रदाय र बर्गका लाखौं मानिसहरु सहभागि हुँदै आएका छन ।

सम्बन्धित समाचार

सवारी चालकको स्वास्थ्य परीक्षण : ११ जना लागूऔषध सेवन गरेको भेटियो

विराटनगर । मोरङ बेलबारी नगरपालिका १ स्थित ट्राफिक प्रहरी पोष्ट बेलबारी अगाडिको पूर्व–पश्चिम राजमार्ग सडक खण्डमा सवारी चालकहरुको स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको आयोजना तथा कोशी प्रदेश प्रहरी...

काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउन आफ्नो सबै क्षमता लगाउँछु

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले अबको पाँच वर्ष महानगरपालिकाबाहेक अन्यत्र समय नखर्चिने बताएका छन् । काठमाडौंलाई विश्वकै उत्कृष्ट र विकसित सहर बनाउन आफ्नो ज्ञान र सीपको पूर्ण प्रयोग गर्ने उनले प्रतिबद्धता जनाए...

बुद्धोदय सहकारीद्धारा राहत कोषबाट एक लाख वितरण

विराटनगर । विराटनगर – ३ स्थित बुद्धोदय बचत तथा ऋण सहकारी संस्थाले एक जना सेयर सदस्यको परिवारलाई मृत्यु राहत कोषबाट राहत रकम एक लाख रुपैयाँ वितरण गरेको छ ।सेयर सदस्य बुढीगंगा गाउँपालिका – १ की...

बहुमतसहित मुख्यमन्त्रीको दावी पेश गर्न कोशी प्रदेशका सभामुखले राजिनामा दिने तयारी

विराटनग । कोशी प्रदेशमा नयाँ सरकार गठनको लागि बहुमत पु¥याउनको लागि सभामुख बाबुराम गौतमको राजीनामा दिने भएका छन् । राप्रपाले आफू तत्काल कुनैपनि सरकार गठनमा सहभागी नहुने जवाफ दिएपछि गठबन्धनले सभामुख गौतमलाई राजीनामा गराएर संविधानको...

थप ११२८ जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाको मृत्यु

काठमाडौं, २८ माघ । नेपालमा थप १ हजार १ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २० हजार ९८९ जनाको नमूना परीक्षण गर्दा थप १ हजार १ सय २८...

शनिबार देशभर थपिए ८८४ संक्रमित, ३१३ जना डिस्चार्ज

काठमाडौं, १३ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८८४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा...

रतुवामाईले काठमाडौंमा अलपत्र नगरबासीको उद्धार गर्यो

रतुवामाई, बैशाख १६-मोरङको रतुवामाई नगरपालिकाले लकडाउनका कारण काठमाडौँमा अलपत्र परेका एक सय ९४ जना नगरवासीकोे उद्धार गरेको छ । काठमाडौँबाट गाउँ फर्कन चाहनेहरुलाई मंगलबार पाँचवटा बसको व्यवस्था गरी नगरपालिकाले उद्धार गरेको हो । रतुवामाई नगरपालिकाका...

कोशी प्रदेश वाइसिएलको अध्यक्षमा विक्रम बाबु फियाक निर्वाचित

विराटनगर । वाइसिएल नेपाल कोशी प्रदेशको प्रथम सम्मेलनबाट विक्रम बाबु फियाकको नेतृत्वमा ६४ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।सुनसरीको इटहरीमा बिहीबार सम्पन्न भएको वाइसिएलको सम्मेलनबाट उपाध्यक्ष दिलविक्रम लिम्बू, टाइसन के?ङ थेगिम, सचिवमा शुभलाल राई,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्