मन्त्री घिमिरेद्धारा योजनाहरुको अनुगमन

 न्यूज विराट
मन्त्री घिमिरेद्धारा योजनाहरुको अनुगमन

विराटनगर, २७ असार–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले शनिबार एक दर्जन बढी योजनाहरुको अनुगमन गरेका छन् । मोरङ निर्वाचन क्षेत्र नं. ४ (ख) मा सांसद विकास कोष र मन्त्री घिमिरे मार्फत भौतिक पुर्वाधार मन्त्रालयबाट चालु आर्थिक वर्षका लागि विनियोजित बजेटबाट निर्माण भइरहेका र सम्पन्न भएका योजनाको उनले अनुगमन गरेका हुन् ।

क्षेत्र नं. ४ (ख) अन्र्तगत विराटनगर–३ का योजनाहरुको मन्त्री घिमिरेले अनुगमन गरेका थिए । विराटनगर–३ मा सांसद विकास कोष मार्फत ३ दर्जन बढी योजना चालु आर्थिक वर्षमा समेटिएका छन् । ती अधिकांश योजना निर्माण सम्पन्नको चरणमा रहेका छन् । मन्त्री घिमिरेले स्थानीयसँगै हरेक योजनाहरुको अनुगमन गरिरेका छन् । स्थानीयका समस्याका बारेमा छलफल गर्दै उनले योजनाको नियमित अनुगमन गरिरेका हुन् ।

चालु आर्थिक वर्षमा विराटनगर–३ को मानगढ मार्गका लागि १५ लाख, पाथिभरा मार्गका लागि ५ लाख, शितल मार्गका लागि ४ लाख, नहर मार्गका लागि ५ लाख, प्याब्सन मार्गका लागि ४ लाख, नागबेली मार्गका लागि ५ लाख, पुष्पाञ्जली मार्गका लागि २५ लाख, मदन नगर आधारभुत विद्यालयका लागि ३ लाख, बालज्योति मार्गका लागि २० लाख, नमूना टोल मार्गका लागि ८ लाख, डिल्ली सापकोटाको घर देखि दक्षिण मानगढ चौक मार्गका लागि ५ लाख, सयपत्री मार्गका लागि १० लाख, संखुवासभाली मार्गका लागि १० लाख, लक्ष्मी मार्गका लागि ५ लाख, सगरमाथा महायज्ञ वान्तवा मार्गका लागि १५ लाख, गोधुली मार्गका लागि २६ लाख, मालिका मार्गका लागि २४ लाख, शहिद आधारभुत विद्यालयका लागि १० लाख, नवज्योति मार्गका लागि ५० लाख, नमूना मार्गका लागि २५ लाख विनियोजन भएको छ ।

सांसद विकास कोष मार्फत विराटनगर ३ को पृथ्वी मार्ग सडकका लागि ५ लाख, सिद्धेश्वर समाज मन्दिरका लागि १० लाख , मुलघरे मार्गका लागि ५ लाख, विराटनगर ३ को ओशो ध्यान केन्द्र उत्तर सुकुम्वासी टोल सडक निर्माणका लागि १० लाख, सनातन धर्म सेवा समाज सामुदायिक भवन निर्माणका लागि १० लाख , नमूना टोल विकास संस्था सुमार्ग पथ नाला र पिच निर्माणका लागि १० लाख, हलेसी सामुदायिक भवनको अपुरो भवन निर्माणका लागि १० लाख, श्रीनगरको नाला तथा ग्राभेल निर्माणका लागि १० लाख, बराह मन्दिर निर्माणका लागि १० लाख, पृथ्वी समाज सामुदायिक भवन निर्माणका लागि १५ लाख, र अमर सेवा समितिको भवन निर्माणका लागि १५ लाख वजेटमा काम भईरहेको छ ।

मन्त्री घिमिरेले सांसद विकास कोष मार्फत ८ वटा दिवा केन्द्रहरुलाई १–१ लाख विनियोजन गरेका छन् । वजेट अनुसारको अहिले काम भईरहेको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ । विराटनगर १ को जेष्ठ नागरिक हकहित संरक्षण मञ्च, विष्णुमायाँ पुस्तकालय, विराटनगर ३ को जेष्ठनागरिक सेवा समूह, प्रताप आदर्श सेवा समूह गणेश मन्दिर, पुष्पलाल स्मारक समिति, हाम्रो हातेमालो जेष्ठ नागरिक समिति, विराटनगर १० को विराट सेवा आश्रम, विराटनगर ८ को प्रगति विनायक जेष्ठ नागरिक सेवा समाजका लागि १–१ लाख विनियोजन गरिएको थियो ।

सम्बन्धित समाचार

नि:शुल्क आँखा जाँच तथा मोतीयाबिन्दु शल्यक्रिया शिविर सम्पन्न

विराटनगर, ८ चैत । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले आयोजना गरेको नि:शुल्क आँखा जाँच तथा मोतीबिन्दु शल्यक्रिया शिविर सम्पन्न भएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले रामलाल गोल्छा आँखा अस्पतालको प्राविधिक सहयोगमा बुधबार आयोजना...

तमु लोसारको पुर्वसन्ध्यामा विराटनगरमा दीप प्रज्वलन

विराटनगर । तमु लोसारको पुर्वसन्ध्यामा तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद महानगर इकाइले दीप प्रज्वलन गरेको छ । विराटनगरस्थित जनआन्दोलन चोकमा आइतबार साझमा दिप प्रज्जवलन गरेको हो ।गुरूङ सामुदायले मनाउने तमु लोसारको अवसरमा सोमबार...

मनमोहनमा विश्व विद्यालयमा सिभिल र इलेक्ट्रिकल इन्जिनियरिङमा भर्ना खुल्यो

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – ४ हात्तिमुढा स्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा स्कुल अफ इन्जिनियरिङ अन्तर्गत स्नातक तहमा भर्ना खुलेको छ । देशकै पहिलो प्राविधिक विश्वविद्यालयको रूपमा कहलिएको मनमोहनले स्कुल अफ इन्जिनियरिङ अन्तर्गतको बी।ई इन...

ज्योती आधारभूत विद्यालयलाई ‘वाटर स्टेशन’ हस्तान्तरण

विराटनगर, १३ वैशाख । विराटनगर खार्जीस्थित ज्योती आधारभूत विद्यालयलाई ‘वाटर स्टेशन’ हस्तान्तरण गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निर्माण गरेको ‘वाटर स्टेशन’ विद्यालयलाई हस्तान्तरण गरेको हो । सो विद्यालयमा स्वच्छ पिउने पानीको व्यवस्था...

दमक–लखनपुर भेट्रान क्लब फाइनलमा

विराटनगर । ‘बन्टी भुजेल स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगितामा झापा दमकको दमक–लखनपुर भेट्रान क्लब फाइनलमा पुगेको छ । विराटनगरको रंगशालामा जारी प्रतियोगितामा दमकले विराटनगरको विन्ध्यवासिनी भेट्रान क्लबलाई ३–१ गोलअन्तरमा पराजित गर्दै फाइनलमा पुगेको हो...

महिला र बालबालिकाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउले महिला र बालबालिकाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विराटनगर दुर्गा चोकस्थित श्री फोक्नी माध्यमिक विद्यालयमा विराट नर्सिङ होम र हरी सत्संग समिति नेपालको सहकार्यमा निःशुल्क...

सेन्टजोसेफ स्कुलमा शिक्षक तालिम सम्बन्धी कार्यशाला

विराटनगर । विराटनगरस्थित सेन्टजोसेफ स्कुलमा शिक्षक तालिम सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोनामा उक्त कार्यशाला सम्पन्न भएको हो । कार्यकालामा ३५ जना विद्यार्थीहरुलाई भविष्यमा तयार पार्दै सिकाउने चुनौतीलाई कसरी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्