५० प्रतिशतभन्दा बढी कोरोना संक्रमित निको भए

 न्यूज विराट
५० प्रतिशतभन्दा बढी कोरोना संक्रमित निको भए

काठमाडौं, २७ असार-नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टाको अवधिमा थप ४३१ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका बताए ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार संक्रमितमध्ये ५० प्रतिशत बढी निको भएका छन् । अहिलेसम्म ८ हजार ४४२ जना संक्रमणमुक्त भएको उनको भनाइ छ । कूल संक्रमितमध्ये ५०.५ प्रतिशत निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शनिबार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार भने ११८ जनामा कोरोना पुष्टि भएको थियो । योसँगै कूल संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ ।

२४ घण्टाको अवधिमा ३ हजार ६४८ जनाको पीसीआर विधिबाट कोरोना भाइरस परीक्षण भएको छ । क्वारेन्टाइनमा रहेनको संख्या २४ हजार ९७ जना रहेको छ भने ८ हजार २३९ जना आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

जनता पिडामा मल्हम लगाउँदै लालबाबु पण्डित

विराटनगर, साउन १६ؘ–पूर्व संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री तथा मोरङ क्षेत्र नं. ६ का संघिय सांसद लालबाबु पण्डित जनताको समस्यामा समाधानमा निरन्तर लागि पर्दै आएका छन् । निर्वाचनमा जनतामाझ गरेको बाचा अनुसार आफ्नो क्षेत्रको...

आर्थिक ऐन २०७७ ले दिएको छुट सुविधा उपयोग गर्न आन्तरिक राजश्व कार्यालय विराटनगरको आग्रह

विराटनगर, १५ फागुन । उद्योगी, व्यापारी एवं करदाताहरुले आर्थिक ऐन–२०७७ ले दिएको छुट सुविधा उपयोग गर्न आन्तरिक राजस्व कार्यालय विराटनगरले अपिल गरेको छ । यो सुविधा फागुन मसान्तसम्म मात्र लागू हुने भएकोले सेवाग्राहीहरु समयमै आआफ्ना...

दसबुँदे घोषणापत्र जारी गर्दै सकियो साहित्य महोत्सव

विराटनगर । विराटनगरमा सुरू भएको तीन दिने नेपाल –भारत साहित्य महोत्सव सकिएको छ । १० बुँदे विराटनगर घोषणापत्र जारी गर्दै तीनदिने नेपाल–भारत साहित्य महोत्सव आइतबार सम्पन्न भएको हो । नेपाली साहित्य पुस्तक हिन्दीमा र हिन्दी...

विराटनगरको बाल सुधार गृहदेखि फरार चार मध्ये एक जना पक्राउ

विराटनगर, १२ असार । विराटनगरस्थित बाल सुधार गृहदेखि फरार भएका चार जना बालक मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तीन तलामाथिबाट हाम फालेर फरार भएका मध्ये एक जनालाई प्रहरीले विराटनगरको दूध फारमदेखि शनिबार...

ट्याङ्करले कारलाई ठक्कर दिँदा तीन जनाको मृत्यु

वीरगञ्ज पथलैया सडकखण्ड अन्तर्गत बाराको भोलहीमा ट्याङ्करले कारलाई ठक्कर दिँदा ३ जनाको ज्यान गएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भोलहीमा शुक्रबार राति ११ बजे पथलैयाबाट वीरगञ्ज आउँदै गरेको ना ३ ख ७५९४ नम्बरको ट्याङ्करले विपरीत...

आदर्श माविको वार्षिकोत्सवमा उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित

विराटनगर । वि.सं. १९८६ मा स्थापित विराटनगरस्थित आदर्श माविले ९५ औं वार्षिकोत्सव मनाएको छ । विद्यालयले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसर पारेर विद्यालयले वर्ष शिक्षकका रुपमा भगिरथ...

मेरिल्याण्डमा ह्याण्डराइटिङ्ग प्रतियोगिता, सुवेक्षा र प्रतिभा भए प्रथम

विराटनगर । विराटनगर–७ स्थित मेरिल्याण्ड कलेजले शुक्रबार ह्याण्डराइटिङ्ग प्रतियोगिता सम्पन्न गरेको छ । कक्षा– ११ र १२ का विद्यार्थीहरुविच उक्त प्रतियोगिता आयोजना गरिएको हो । विद्यार्थीहरुलाई उनिहरुभित्र भएको कलाको प्रस्फुटन गर्नका लागि उक्त प्रतियोगिता आयोजना...

५०३० नमुना परीक्षण गर्दा ३३६ जनामा कोरोना पुष्टि, २२६ डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ३३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ५ हजार ३० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १२२ महिला र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्