संघीय संसदबाट पद गुमाउने पहिलो सांसद बनिन् सरिता गिरी

 न्यूज विराट
संघीय संसदबाट पद गुमाउने पहिलो सांसद बनिन् सरिता गिरी

काठमाडौं, २५ असार-संघीय संसद गठन भएपछि पहिलो पटक तत्कालीन समाजवादी पार्टीकी सांसद सरिता गिरी आजबाट औपचारिक रूपमा पदमुक्त भएकी छिन् ।

निशान छाप प्रकरणमा पार्टी निर्देशन उलङ्घन गरेपछि गत मंगलबार पार्टीबाट निष्कासनमा परेकी गिरीलाई आज संसद सचिवालयले सूचना प्रकाशित गरेर पदमुक्त भएको जानकारी गराएको हो ।

संसद सचिवालयले औपचारिक रूपमा सार्वजनिक सूचना प्रकाशित गरी जानकारी गराएपछि गिरी स्वतः पदमुक्त भएकी छन् । नयाँ संविधान जारी भएपछि गठन भएको संघीय संसदबाट पद गुमाउने पहिलो सांसदको रेकर्ड गिरीको नाममा परेको छ ।

सरकारले निशान छाप परिवर्तन गर्न संविधान संशाेधन गर्न प्रस्ताव गरेपछि गत २८ जेठमा संशाेधन हालेकी थिइन् । उक्त संशाेधन फिर्ता लिन सोही दिन प्रमुख सचेतक उमाशंकर अरगरियाले दिएको निर्देशन अस्वीकार गरेपछि गत ११ असारमा उनलाई स्पष्टीकरण सोधिएको थियो ।

उक्त स्पष्टीकरण चित्तबुझ्दो नभएपछि गत २३ असारमा सांसदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो । सोही जानकारी संसद सचिवालयलाई गराएलगत्तै सचिवालयले आज सूचना जारी गरेर पदमुक्त भएको जनाएको हो ।

सम्बन्धित समाचार

भारतमा कोरोनाबाट संक्रमितको संख्या ५९ हजार ५०० नाघ्यो

एजेन्सी, बैशाख २७-भारतमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमितको संख्या शनिबारसम्म ५९ हजार ६६२ जना पुगेको छ । गत २४ घण्टामा भारतमा थप ३ हजार ३२० जना कोरोना भाइरस संक्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले...

तुलसी सहकारीमा घोटला प्रकरण : प्रबन्धकसहित तीन जना जेल चलान

विराटनगर । ठगी मुद्दामा विराटनगरस्थित तुलसी बहुउद्देश्यीय सहकारीका तीन जना सञ्चालक पुर्पक्षको लागि कारागार चलान भएका छन् । पक्राउ परेका सहकारीका प्रबन्धक मन्दिप खवा, उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई मोरङ अदालतले शुक्रवार पुर्पक्षको...

लागुऔषध किन्न टेलिकमको तार चोरी

मेचीनगरमा इन्टरनेट र टेलिफोनको तार चोरी गरेको आरोपमा एक किशोरसहित दुई व्यक्ति पक्राउ परेका छन् । मेचीनगर नगरपालिका– ७ को नयाँ बसपार्क क्षेत्रमा नेपाल टेलिकमको केबुल तार चोरी भएपछि विगत एक सातादेखि पूर्वीनाका काँकडभिट्टाका १५०...

शिक्षण अस्पतालमा पीसीआर परीक्षण ल्याब सञ्चालन

काठमाडौं, १२ जेठ-त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पीसीआर परीक्षण ल्याब स्थापना गरिएको छ । शिक्षण अस्पतालमा पीसीआर परीक्षण ल्याव स्थापना गरिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाका निर्देशक डा.रुना झाले ल्याब पूर्ण क्षमतामा सञ्चालन गर्न आग्रह गरिन्...

विराटनगरको बखरीमा पाठेघर रोग सम्वन्धी शिविर

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउन टाउनको आयोजनामा विराटनगर–१२ स्थित बखरीमा पाठेघर रोग सम्वन्धी शिविर सम्पन्न भएको छ । क्लबले बख्री स्वास्थ्य चौकीमा महिलाहरूका लागि पाठेघरको क्यान्सर रोग सम्वन्धी शिविर आयोजना गरेको हो ।...

एमालेको उद्योग विभाग प्रमुख बने विराटनगरका मोती दुगड

विराटनगर, २ पुस । व्यवसायी मोतीलाल दुगड नेकपा एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको प्रमुख बनेका छन् । एमाले केन्द्रीय कमिटी बैठकले उनलाई विभागको प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो । दुगड केपी शर्मा ओली...

कोरोनाबाट ६ जनाको मृत्यु

काठमाडौं, ३ भदौ=पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरस संक्रमणबाट थप ६ जनाको निधन भएको छ । योसँगै कोरोना संक्रमणबाट देशभर निधन हुनेको संख्या १ सय २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा....

प्रथम पालिका स्तरीय अध्यक्ष कपको उपाधि मोरङ पुलिसलाई

विराटनगर । मोरङको कटहरीमा भएको प्रथम पालिकास्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि मोरङ प्रहरीले जितेको छ । कटहरी गाँउपालिका ५ को खेलमैदान शनिबार सम्पन्न भएको फाइलनमा घरेलु टिम कटहरी ५ लाई १–० गोलले हराउँदै मोरङ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्