आजदेखि ४ दिन यो वर्षकै धेरै पानी पर्ने, सतर्क रहन मौसमविद्को

 न्यूज विराट
आजदेखि ४ दिन यो वर्षकै धेरै पानी पर्ने, सतर्क रहन मौसमविद्को

काठमाडौं, २५ असार-देशका विभिन्न ४ वटा प्रदेशमा आगामी ४ दिन यस वर्षको (मनसुन सक्रिय भएपछिको) अहिलेसम्म कै बढी पानी पर्ने मौसमविद्ले बताएका छन् ।

आजदेखि २८ असारसम्म प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा मनसुन सुरु भएपछिको अहिलेसम्म कै बढी वर्षा हुने अनुमान गरिएको जल तथा मौसम विज्ञान विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा अर्चना श्रेष्ठले जानकारी दिइन् ।

‘मनसुन शुरु भएदेखि नै पानी परिरहेको छ, पानीको सतह माथि आइसकेको र जमिन गलिसकेको छ, जुलाई र अगस्टमा मौसम थप सक्रिय हुन्छ, अबको चार दिन अलि बढी पानी पर्नसक्छ,’ श्रेष्ठले भनिन् । उनका अनुसार अहिलेसम्म औसतभन्दा धेरै पानी परिसकेको छ ।

त्यसैले सम्भावित पानी पर्ने प्रदेशको तराई तथा चुरे क्षेत्रबाट बग्ने नदी, खोला तथा खहरेमा बाढी बढ्ने र समतल भूभागमा डुबानको सम्भावना हुने भएकाले विशेष सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ ।

सरकारले यसवर्ष असारमा आधारित विपद्को सूचना प्राणाली व्यवस्थापन गरिएको छ । त्यसैले पानीपर्ने सम्भावना छ मात्रै नभनी कुनकुन क्षेत्रमा पानी पर्नेछ, कस्तो असर गर्न सक्छ, त्यसबाट कसरी सावधानी अपनाउने भनेर सार्वजनिक सूचना दिन थालिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए ।

मुलुकमा गएको वैशाखदेखि अहिलेसम्म पर्याप्त पानी परिसकेको छ । प्रि–मनसुनमा नै भारी वर्षा भएकाले जमिन गलिसकेको सन्दर्भमा ठाउँठाउँमा बाढी पहिरोले मानवीय क्षति पुर्‍याइसकेको छ । मनसुनको सुरुवातमा नै पहिरोले धेरै मानिसको ज्यान लिइसकेको छ भने घरबारविहीन बनाएको छ । पर्वत र बझाङको ठूलो पहिरोमा मात्रै १५ जनाको ज्यान गएको छ । प्राधिकरणको अभिलेखअनुसार वैशाखदेखि अहिलेसम्म कूल ८०४ वटा विपद् घटनामा ११४ जनाको मृत्यु भएको छ ।

यसवर्ष मनसुनका समयमा औसत वर्षा हुने मौसम विभागले भनिसकेको छ । औसत वर्षा पनि कुनै समय कम पानी पर्ने र कुनै समय भारी वर्षा हुनसक्ने विज्ञले बताएका छन् । भारी वर्षाले ठाउँठाउँमा बाढी, डुबान र पहिराको जोखिम बनाइसकेको छ । पहाडी क्षेत्रमा साना तथा खहरे खोला र नदीनालाको बहाव बढ्न थालेको छ । आगामी चार दिन खतराको तहसम्म बढ्ने अनुमान छ । यसतर्फ सचेत भएर चनाखो हुनसमेत प्राधिकरणले आज एक सूचना जारी गरी जनाएको छ ।

भारी वर्षाबाट हुने सम्भावित जोखिमसमेतलाई आँकलन गरी यसवर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७७ को भाग (एक र दुई) प्रकाशित भइसकेको छ । उक्त कार्य योजनानुसार विपद्का समयमा सङ्घीय मन्त्रालय, प्रदेश र स्थानीय सरकार राजनीतिक दल तथा गैरसरकारी संस्था एजेन्सी, विकास साझेदार संस्था तथा निजी क्षेत्रलगायतको समन्वयमा विपद् व्यवस्थापन र क्षति न्यूनीकरणको तयारी गरिएको छ ।

यी नदीमा बहाव बढ्नसक्ने    

शुक्ररबारदेखि आइतबारसम्म कन्काइ, कोशी, कमला, वाग्मती, नारायणी तथा यसका सहायक नदीमा पानीको सतह बढेर खतराको तहसम्म हुनसक्ने पूर्वानुमान गरिएको छ ।

खासगरी प्रदेश १ र २ को चुरे तथा तराई क्षेत्रमा बग्ने खोला तथा नदीमा ठूलो बाढी आउने हुनाले त्यस क्षेत्रका बासिन्दालाई सतर्क र विशेष चनाखो रहन आग्रह गरिएको पोखरेलले बताउनुभयो । उक्त समयमा तराईको झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवनलगायत जिल्लाका कतिपय होचो ठाउँमा डुबानको सम्भावना छ ।

प्राधिकरणले यी चार प्रदेशका अलावा प्रदेश नं ५ तथा कर्णाली, सुदुरपश्चिम प्रदेशका बासिन्दाले पनि यो समयमा सतर्क रहनुपर्ने आवश्यकता औँल्याएको छ । प्राधिकरणले आफ्नो टोल, बस्ती आसपासमा खोला नदीको बहावबारे जानकारी लिन र समुदायमा जानकारी दिनसमेत अनुरोध गरेको छ ।

नदीनालामा आउने बाढीको जानकारी लिन जल तथा मौसम विज्ञान विभागको टोल फ्री नं ११५५ र आपत्कालीन सेवाका लागि राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको टोल फ्री नं ११४९ चौबिसै घण्टा खुला रहने जनाइएको छ । यस्तै प्राधिकरणले मोबाइलमा आउने सन्देशलाई पनि विशेष ध्यान दिन भनेको छ । बाढी, पहिरो र डुबानबारे मिडियामा आउने सूचनालाई समेत ध्यान दिन प्राधिकरणले आग्रह गरेको छ ।

एक जना जलाधार विज्ञ मधुकर उपाध्यायले यो समयमा नसोचेको स्थानमा समेत भेलपहिरो आउनसक्ने भएकाले सचेत हुन आग्रह गरे । पानीको स्रोतको व्यवस्थापन नभएको र परेको पानी बग्ने बाटो नष्ट भएकाले जथाभावी रुपमा क्षति पुर्‍याउनसक्ने हुँदा थप सचेत बन्नुपर्ने उनको सुझाव छ । पर्वत र बझाङमा जङ्गलबाट खसेको पहिरो त्यसको एउटा उदाहरण हो ।

विपद् जोखिम व्यवस्थापन विज्ञ डा. कृष्ण देवकोटाले जमिन गलिसकेको हुँदा थोरै पानीले नै धेरै क्षति पुर्‍याउनसक्ने भएकाले थप जोखिम बढेको बताए । उनले आवश्यक समन्वयमा क्षति र जोखिम न्यूनीकरणका कामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

सम्बन्धित समाचार

विराटनगरमा आज र भोलि भेरोसेलको दोस्रो खोप लगाइदै

विराटनगर, २५ असार । विराटनगरमा आगामी आज र भोलि कोरोना भाइरसविरुद्धको दोस्रो खोप लगाइने भएको छ । विराटनगर महानगरपालिकाले आसार २५ र २६ गते पहिलो चरणमा खोप लगाएकालाई दोस्रो मात्र लगाइने सुचना प्रकाशित गरेको थियो...

फेरी बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं, २ असोज-शुक्रबार छापावाल सुनको मूल्य चार सय रुपैयाँले वृद्धि भएको छ । बिहीबार ९६ हजार ६ सय रुपैयाँ गरिएको छापावाल सुनको मूल्य आज ९७ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ...

१ सय ४ पत्रकारले गराए कोरोना परीक्षण

जनकपुर, ३१ वैशाख-२ जना पत्रकारमा कोरोनाको संक्रमण भेटिएपछि त्रसित बनेका वीरगन्जका पत्रकारले आज आफैँ अस्पतालमा पुगेर पीसीआर परीक्षणका लागि स्वाबको नमूना दिएका छन् । सँगै काम गर्ने २ सहकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएपछि वीरगन्जका...

रमपम विराट गोल्डकप : फाइलनमा चर्च ब्वाइज र थ्रीस्टार भिड्दै, कसले जित्ला उपाधि ?

विराटनगर । सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ ।विराटनगर सहिद मैदानमा सोमबार भएको सेमिफाइनलमा विभागीय टिम नेपाल पुलिस क्बललाई १–० गोलले...

१५ हजारको अक्सिजन सिलिण्डर ४१ हजारमा बेच्ने तीन जना समातिए

अक्सिजन सिलिन्डरको कृतिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री (कालोबजारी) गरेको अभियोगमा तीन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको सातदोबाटो बस्ने नुवाकोट विदुर नगरपालिका–३ का रामकृष्ण घिमिरे, ललितपुर महानगरपालिका–१२ लगनखेल बस्ने मकवानपुर...

आज रक्षा बन्धन मनाइदै

काठमाडाैं, १९ साउन-हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा साेमबार मनाइँदैछ । यस अवसरमा विधिपूर्वक स्नान गरी ऋषि तर्पण र हातमा डोरो धारण गरिन्छ । गुरु पुरोहितले विधिपूर्वक तयार गरेकाे...

ओलीको अनुपस्थितिमै नेकपा स्थायी कमिटी बैठक सुरु

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मां ओली भने बैठकमा आइपुगेका छैनन् । ओलीको अनुपस्थितिमै बैठक सुरु भएको कार्यालय सचिव ईश्वरी...

मोटरसाईकल चोरी आरोपमा पाँच पक्राउ

विराटनगर । मोरङ प्रहरीले मोटसाइकल चोरी आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । विभिन्न मितिमा मोटसाइकल चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा मोरङ कटहरी गाउँपालिका – ६ का १९ वर्षीया प्रकास सरदार,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्