प्रदेश २ मा ३ हजार ७ सय ३७ जनामा कोरोना संक्रमण

 न्यूज विराट
प्रदेश २ मा ३ हजार ७ सय ३७ जनामा कोरोना संक्रमण

जनकपुरधाम, २२ असार-प्रदेश २ मा पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार महोत्तरीमा २० जना, सर्लाहीमा ८ जना र धनुषामा १ जनामा संक्रमण देखिएको हो ।

सोमबार संक्रमण पुष्टि भएकाहरूमध्ये ४ जना महिला र २५ जना पुरुष रहेका छन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या ३ हजार ७ सय ३७ पुगेको छ । संक्रमितमध्ये ३ हजार ४ सय ९० पुरुष र २ सय ४७ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिएका छन ।

महोत्तरीमा संक्रमण पुष्टि भएकाहरू भङ्गहा नगरपालिकास्थित क्वारेन्टाइनका १८ देखि ४५ वर्ष उमेर समूहका २० जना पुरुषहरू रहेका छन् भने सर्लाहीको चक्रघट्टा क्वारेन्टाइनमा रहेका १४ देखि ५३ वर्ष उमेर समूहका ४ जना महिला र ३ वर्षीय बालकदेखि ५१ वर्ष उमेर समूहका ४ जना पुरुषहरू रहेका छन् । त्यस्तै, धनुषाको धनौजी गाउँपालिकास्थित क्वारेन्टाइनका २० वर्षीय १ पुरुषसमेत संक्रमित भएका हुन् ।

प्रदेशभरीमा सोमबारसम्म सप्तरीमा ४ हजार ८ सय ८९, सिरहामा २ हजार ८ सय ९५, धनुषामा ४ हजार ४ सय ७९, महोत्तरीमा ३ हजार ५ सय ५६, सर्लाहीमा ५ हजार ७ सय १९, रौतहटमा १३ हजार ५ सय १३, बारामा ३ हजार ६ सय १७ र पर्सामा ७ हजार १ सय ५६ जना गरि कुल ४५ हजार ८ सय २४ जनाको स्वाब परीक्षण गरिएकोमा ३ हजार ७ सय ३७ जना संक्रमित भएका छन् भने ३९ हजार २ सय ८९ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै, सप्तरीमा २ सय २१, सिरहामा ५ सय ८२, धनुषामा २ सय २२, महोत्तरीमा ३ सय ५०, सर्लाहीमा ३ सय ७३, रौतहटमा ६ सय २९, बारामा ३ सय २२ र पर्सामा ९९ जना गरि कुल २ हजार ७ सय ९८ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा आज मात्रै सप्तरीमा ९८, सिरहामा ५०, धनुषामा २८, महोत्तरीमा ८, सर्लाहीमा ९२, बारामा ३८ र पर्सामा ९९ जना गरि कुल ४ सय १३ जनाको स्वाब संकलन गरिएको छ भने सप्तरीमा १७, सिरहामा ६८ र पर्सामा २ सय ९३ गरि जम्मा ३ सय ७८ जनाको आरडीटी परिक्षण गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

आरडीटीतर्फ अहिलेसम्म २२ हजार ४ सय ५३ जनाको परीक्षण गरिएकोमा सप्तरीमा ६२, सिरहामा १ सय ३५, धनुषामा १ सय ६६, महोत्तरीमा ४ सय ६७, सर्लाहीमा ६, रौतहटमा १ सय २६, बारामा ४४ र पर्सामा २१ जना गरि कुल १ हजार २७ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने २१ हजार ४ सय २६ जनाको रिपोर्ट नेगेटिभ आएको झाले बताए ।

प्रदेश २ को आठवटै जिल्लाका विभिन्न ठाउँहरूमा निर्माण गरिएको ३१ हजार ७ सय ९१ बेड क्षमताको ४ सय ५५ वटा क्वारेन्टाइनमा अहिले ३ हजार ५६ जनालाई राखिएको छ भने १८ हजार ८ सय ९० जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको विभिन्न ठाउँहरूमा सञ्चालनमा रहेको १ हजार ९ सय ६८ बेड क्षमताको आइसोलेशनमा सप्तरीमा १ सय २४, सिरहामा ९८, धनुषामा १ सय २२, महोत्तरीमा १ सय ९, सर्लाहीमा ३४, रौतहटमा १ सय २९, बारामा ८ र पर्सामा ८ जना गरि कुल ६ सय ३२ जना बिरामीलाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

प्रदेश २ मा सबैभन्दा बढी रौतहट जिल्लामा १ हजार २ सय १८ जनाको रिपोर्ट पोजेटिभ आएको छ । त्यस्तै महोत्तरीमा ७ सय ३, सर्लाहीमा ६ सय ४९, धनुषामा ४ सय ६२, सप्तरीमा २ सय ३७, सिरहामा १ सय ९५, पर्सामा १ सय ६२ र बारामा १ सय ११ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा ५६ जना व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरूमा धनुषाका ६ जना, सर्लाहीका ३४ जना र रौतहटका १६ जना व्यक्तिहरू रहेको उनले जानकारी दिए ।

योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका १ सय २१, सिरहाका ७६, धनुषाका ३ सय १९, महोत्तरीका १ सय ९७, सर्लाहीका ५ सय ५९, रौतहटका ५ सय ४१, बाराका १ सय ७ र पर्साका १ सय ७१ जना गरि २ हजार ९१ जना संक्रमितहरू डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेका छन् । प्रदेश २ मा हालसम्म रौतहट, बारा र पर्साका १/१ जना गरि ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

सम्बन्धित समाचार

सिंगापुरमा बुधबार कोभिड १९ विरुद्धको खोप लगाइँदै

काठमाडौं, १५ पुस-सिंगापुरमा आज कोभिड- १९ विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । बुधबार बिहानदेखि सिंगापुरमा पनि कोभिड- १९ का विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । यो खोप पहिलो चरणको हो । यो पहिलो...

इन्डो–नेपाल क्रिकेट प्रतियोगिता, वाइआरसिसि सेमिफाइनलमा प्रवेश

विराटनगर । विराटनगरको वाइआरसिसि क्रिकेट क्लबले चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ । बुधबार विराटनगरको जुट मिल खेलमैदानमा भएको अन्तिम क्वार्टरफाइनल खेलमा सिराहा क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै...

प्रदेशको नामकरण पहिलो प्राथमिकता: मुख्यमन्त्री राई

विराटनगर, १६ कात्तिक । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरण सरकारको पहिलो प्राथमिकता हुने बताएका छन् । मुख्यमन्त्रीको शपथ लिएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले प्रदेशको नामकरण अहिलेसम्म हुने नसकेकाले यो वर्तमान...

भोलिदेखि १ साता भारत र चीनतर्फका नाका बन्द गर्ने सरकारको निर्णय

सरकारले भारत र चीनतर्फका सबै सीमा नाका १ साताका लागि बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज आइतबारको बैठकले यो निर्णय गरेको हो । भोलि बिहान १० बजेबाट १ साताका लागि दुवै देशतर्फका नाका...

भारतमा संक्रमितको संख्या ३० लाख ४३ हजार नाघ्यो

एजेन्सी, ७ भदौ-गत २४ घण्टामा भारतमा ७० हजार कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । शनिबार त्यहाँ अहिलेसम्मककै बढी ७० हजार नयाँ संक्रमित थपिएका हुन् । योसँगै भारतमा संक्रमितको संख्या ३० लाख ४३ हजार...

मौद्रिक नीतिको लागि वाणिज्य महासंघ कोशी प्रदेशको १५ बुद्धे सुझाब

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिकाका १५ बुद्धे राय सुझावहरु दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बुधबार १५ बुद्धे सुझाब दिएका...

शिक्षादीप कलेजका विद्यार्थीले उडाए ‘वाटर रकेट’, बुधबारबाट सुरू भयो ६ दिने कार्यशाला

विराटनगर । पानी र हावाको मिश्रणको चापबाट चल्ने ‘वाटर रकेट’ तयार हुँदा विराटनगरस्थित शिक्षादीप कलेजका ७ जना विद्यार्थीको अनुहारमा बेग्लै चमक देखियो । कक्षा १२ मा विज्ञान संकाय लिएर अध्ययन गर्दै आएका आयुष ठाकुर, रितेस...

भारतीय न्युज च्यानल प्रसारण रोक्ने निर्णय

काठमाडौं, २५ असार-विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । च्यानल वितरकहरुले बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय भएको मेगा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्