नेकपा स्थायी कमिटी बैठक बुधबारसम्मका लागि स्थगित

 न्यूज विराट
नेकपा स्थायी कमिटी बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडाैं, २२ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पुनः स्थगित भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको नेकपाको पाँचौँ बैठक यही २४ असार (बुधबार)सम्मका लागि स्थगित भएकाे छ। नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार यसअघि यही २० असारलाई बोलाइएको बैठक आजसम्म स्थगन गरिएकामा पुनः बुधबारसम्म स्थगन गरिएको हाे ।

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टीमा देखिएको समस्या समाधानका लागि थप छलफल आवश्यक भएकाले बैठक स्थगन गरिएकाे प्रचार विभाग उपप्रमुख थापाले बताए ।

नेकपाको स्थायी कमिटी बैठक पार्टी एकता, सरकारको कामको समीक्षा, मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसिसी) संविधान संशोधनलगायतका विषयमा छलफल गर्नका लागि १० असारदेखि जारी छ ।

पार्टीभित्र देखिएको विवाद समाधान गरी बैठक बस्ने तयारी गरिएको छ । अध्यक्षद्वय पार्टीभित्र देखिएको विवाद समाधान गर्न निरन्तर छलफल गरे पनि सहमतिमा पुग्न सकेका छैनन् ।

हिजो आइतबार पनि २ अध्यक्षबीच बालुवाटारमा छलफल भएको थियो । आज पनि उनीहरूबीच पार्टीभित्र देखिएका विवाद समाधानका लागि छलफल हुने प्रचार विभाग उपप्रमुख थापाले जानकारी दिए ।

सम्बन्धित समाचार

पाकिस्तानमा लगातार ३ वटा बम बिस्फोट

एजेन्सी, असार ७-पाकिस्तानको सिन्ध प्रान्तमा शुक्रबार भएका ३ वटा बम बिस्फोटनबाट २ सैनिकसहित ४ जनाको मृत्यु भएको छ ।स्थानीय सञ्चार माध्यमका अनुसार सिन्धुदेश क्रान्तिकारी सेना नामको विद्रोही समूहले ती बिस्फोटको जिम्मेवारी लिएको छ । एउटा...

प्रचण्ड र प्रचण्डपथ अव बिलाएर जान्छ : ओली

काठमाडौं, भदौ ३१ । एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड अव बिलाएर जाने ठोकुवा गर्नुभएको छ । एमाले काठमाडौंले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो ठोकुवा गर्नुभएको हो...

जवानीमा अपराध, बुढेसकालमा सजाय

विराटनगर । मोरङ मिक्लाजुङ्गका दुई जना प्रतिवादीले जवानीमा गरेको अपराधजको कैद सजाय १६ वर्षपछि आएर भुक्तान गरेका छन् । मिक्लाजुङ गाउँपालिका –१ बस्ने ५० वर्षीय धनकुमार राई र सोही ठाउँका ७० वर्षीय देवी प्रसाद राईले...

प्रेस सेन्टरको स्थापना दिवसमा आश्रममा फलफूल वितरण

विराटनगर । प्रेस सेन्टर नेपालको २१ औं स्थापना दिवसको अवसर पारेर ज्येष्ठ नागरिकहरुलाई फलफूल र स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।प्रेस सेन्टर नेपाल मोरङले मंलबार स्थापना दिवसमा विराटनगर ८ मा रहेको विराटेश्वर वृद्धा आश्रममा फलफूल...

नेप्से २५ अंकले घट्दा सेयरमा सर्किट ब्रेक

काठमाडौं,३० वैशाख  -सेयरबजार परिसूचक नेप्से खुलेको डेढ घण्टा हुन नपाउँदै २५ अंकले घटेर सर्किट लागेको छ ।  नेप्से परिसूचक २५.३० अंकले घट्दा १२२६.१५ अंकमा पुगेर कारोबार बन्द भएको हो । मंगलबार ८७ कम्पनीको १ लाख...

उदयपुरमा चट्याङ लागेर वृद्धको मृत्यु

उदयपुर, २ जेठ-उदयपुरमा चट्याङ लागेर १ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा उदयपुरको कटारी नगरपालिका–३ राजावासका ६१ वर्षीय लिबहादुर सुनुवार रहेका छन् । बिहीबार दिउँसो जंगलमा गाईवस्तु चराउन गएका सुनुवार साँझपख घर फर्कने क्रममा...

१३औँ संस्करणको साफ च्याम्पियनसिप अर्को वर्ष हुने

काठमाडौँ, १६ असार-बङ्गलादेशमा हुने भनिएको १३औँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ च्याम्पियनसिप ९साफ० प्रतियोगिता अर्को वर्ष हुने भएको छ । कोरोना भाइरसका कारण साफ च्याम्पियनसिप एक वर्ष सारिएको हो । साफको सोमबार बसेको बैठकले साफ...

इटहरीमा सौन्दर्यकर्मी युनियन गठन, अध्यक्षमा सिर्जना

विराटनगर । सुनसरीको इटहरीमा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल गठन भएको छ । इटहरीमा शुक्रबार भएको एक भेलाले राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल इटहरी उपमहानगरपालिकाको अध्यक्षमा सिर्जना बस्नेत (पराजुली) लाई चयन गरेको छ । समितिको उपाध्क्षमा समिक्षा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्