बझाङमा पहिरोले १७ घर बगायो

 न्यूज विराट
बझाङमा पहिरोले १७ घर बगायो

काठमाडौं, २० असार-बझाङको केदारस्युँ गाउँपालिका-८ मा पहिराले १७ घर बगाएको छ । शुक्रबार राति परेको वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले केदारस्युँ गाउँपालिका-८ को मल्लेसका १७ घर बगाएको हो ।

बझाङका प्रहरी नायब उपरीक्षक गणेश बमले घटनास्थलतर्फ प्रहरीको टोली गइरहेको जानकारी दिए । ‘प्रहरीको टोली घटना स्थलतर्फ गइसकेको छ,’ उनले भने, ‘बाटो खराबका कारण टोली घटनास्थल पुग्न सकेको छैन ।’

पहिरोबाट के-कति मानविय क्षति भयो भनेर अहिले एकीन जानकारी नआएको डिएसपी बमले बताए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

सम्बन्धित समाचार

देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्री बनाउन सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै नेपाली कांग्रेसका सभापति शेरबादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । सर्वोच्चको संवैधानिक इजलासले आज १४६ सांसदले दायर गरेको मुद्दामा फैसला गर्दै संसद विघटन बदर र...

मधेसमा एमालेका शीर्ष नेतालाई तोकियो विशेष जिम्मेवारी

जनकपुर, बैशाख २ । आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन जित्ने रणनीति बनाउँदै मधेस प्रदेशमा एमालेले पार्टीको उच्च तहका नेताहरुलाई विभिन्न जिम्मेवारी दिएको छ । निर्वाचनमा उम्मेद्वारीको टुंगो लगाउन,विभिन्न दलहरुसँग वार्ता र समन्वय...

सुर्खेतमा भारतबाट आएका १ युवकको  मृत्यु

सुर्खेत, १४ जेठ-सुर्खेतमा भारतको गुजरातबाट आएका १ युवकको मृत्यु भएको छ । ५ दिनअघि गुजरातबाट हिँडेका उनी यात्राकै क्रममा विरामी भएपछि उपचारका लागि कर्णाली प्रदेश अस्पताल भर्ना गरिएको र मंगलबार राती मृत्यु भएको प्रदेश अस्पताल...

प्रदेश १ मा ५६९ जना संक्रमित थपिए, ६१९ डिस्चार्ज

विराटनगर, १४ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५ सय ६९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २५३, झापामा १ सय ४३, सुनसरीमा १ सय १२, उदयपुरमा १२, इलाममा ११, धनकुटामा ४, भोजपुरमा ३,...

विराटनगरको जनता माविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

विराटनगर, १४ असार । विराटनगर २ स्थित जनता माध्यामिक विद्यालयका पूर्व विद्यार्थीहरुले विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका छन् । स्वं मनोहर रोक्का क्षेत्रीको ४५ दिनको स्मृति दिवसको अवसर पारेर विद्यालयमा एस.एल.सी.समूह २०३१ ले ६३...

रुससँग तनावका बीच नेटोले पूर्वी युरोपमा पठायो लडाकु विमान

एजेन्सी, १० माघ । रुसले युक्रेनको सिमानामा एक लाखभन्दा सेना जम्मा गरेपछि उत्पन्न विवादका बीच उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) ले पूर्वी युरोपका मुलुकमा लडाकु विमान र शिप परिचालन गरेको छ । रुसले युक्रेनमा आक्रमण...

कोशी कोभिड अस्पतालमा धनपालथानका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु

विराटनगर, २० भदौ–विराटनगरस्थित कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोशी अस्पतालको आइसोलेशनबाट रिफर गरिएका मोरङको धनपालथान गाउँपालिकाका ५२ वर्षीय पुरूषको शनिबार विहान ११ बजे मृत्यु भएको हो...

प्रहरीका ७३ सइ प्रहरी निरीक्षकमा बढुवा

काठमाडौं, २४ जेठ-नेपाल प्रहरीका ७३ प्रहरी नायव निरीक्षक प्रहरी निरीक्षक पदमा बढुवा भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका ७३ जनलाई प्रहरी निरीक्षकमा बढुवा गरेको हो । बढुवा सूचीको पहिलो स्थानमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्