ब्राजिलमा एकैदिनमा ४८ हजार कोरोना संक्रमित

 न्यूज विराट
ब्राजिलमा एकैदिनमा ४८ हजार कोरोना संक्रमित

एजेन्सी, असार १९-ब्राजिलमा कोरोनाभाइरसबाट एकैदिनमा ४८ हजारभन्दा बढी संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार अबेर दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्रै ब्राजिलमा ४८ हजार १ सय ५ जना सक्रमित भएका हुन् ।

यो सँगै ब्राजिलमा कोरोनाभाइरसबाट संक्रमितहरुको कुल संख्या १४ लाख ९६ हजार ८ सय ५८ पुगेको अधिकारीहरुले जनाएका छन् ।स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले त्यसैगरी ब्राजिलमा एकैदिनमा कोरोनाका कारण १ हजार २ सय ५२ जनाको मृत्यु भएको छ । उनीहरुका अनुसार कुल मृतकको संख्या ब्राजिलमा ६१ हजार ८ सय ८४ पुगेको छ ।

ब्राजिलमा १ दिन अगाडी भने २४ घण्टामा ४६ हजार ७ सय १२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । विश्वभरीको तथ्याङ्कअनुसार धेरै संक्रमित भएका देशहरुको सूचीमा ब्राजिल अहिले दोस्रो अग्रस्थानमा रहेको छ । पहिलो स्थानमा भने अमेरिका रहेको छ ।

कोरोनाबाट धेरै सङ्मितहरु रहेको देशहरुको सूचीमा रुस तेस्रो स्थानमा रहेको छ भने चौथोमा भारत, पाँचौमा स्पेन, छैठौँमा पेरु, सातौमा चिली, आठौमा बेलायत, नबौँमा इटली र दशौमा मेक्सीको रहेका छन् । विश्वभरी अहिलेसम्म २ सय १५ देशका कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ ।

सम्बन्धित समाचार

मोरङमा सुरू भयो ‘लापसे’ अभियान, खाएर सवारी चलाए मुद्दा चल्ने

विराटनगर । सार्वजानिक सवारीसाधनका कर्मचारी (चालक, सहचालक, परिचालक) लाई लक्षित गरेर मोरङ ट्राफिक प्रमुख प्रहरीले विराटनगरमा लापसे (लागू पदार्थ सेवन) सम्बन्धी चेकजाँच अभियान सुरु गरिएको छ ।ट्राफिक सप्ताहको अवसर पारेर मोरङ ट्राफिक प्रहरीले विराटनगरबाट लापसे...

बाइडेनको आदेशमा पहिलो हवाई हमला

एजेन्सी, १४ फागुन । अमेरिकी राष्ट्रपति जोन वाइडेनको आदेशमा सिरियामा इरान समर्थिक लडाकुको अखडामा हवाई हमला भएको छ ।बीबीसीका अनुसार हमलामा २२ जनाको मृत्यु भएको आशंका छ । पेन्टागनले हमलाको पुष्टि गरिसकेको छ । राष्ट्रपति...

विराटनगरमा टेवल टेनिस प्रतियोगिता

विराटनगर । विश्व टेबल टेनिस दिवसको असर पारेर विराटनगरमा टेबल टेनिस प्रतियोगीता आयोजना गरेको छ । बिराटनगर टेबल टेनिस क्लबको आयोजनामा उक्त प्रतियोगिता आयोजना गरिएको हो । तियोगीतामा ६ ओटा इभेन्टहरुमा प्रतिस्पर्धा गराइएको थियो ।...

प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगितामा झापा र सुनसरी विजयी

विराटनगर । कोशी प्रादेशिक क्रिकेट सँघ कोशी प्रदेशको आयोजनामा प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिताको मंगलबार भएको खेलमा झापा र सुनसरी विजयी भएको छ । वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा झापाले इलामलाई ६ विकेटले पराजित गरेको छ...

तालमेलको मोडालिटीबारे गठबन्धनकाे छलफल अन्योलमा

काठमाडौं, २४ चैत । पाँच दलीय गठबन्धनको प्रदेश, जिल्ला र स्थानीय तहमा गठित सबै संयन्त्रबाट प्रतिवेदन आउन बाँकी छ । संयन्त्रहरूलाई प्रतिवेदन बुझाउने समयसीमा भने मंगलबारसम्म तोकिएको थियो । तर, प्रतिवेदन नै नआएपछि कांग्रेस वरिष्ठ...

आज देशभर एकैदिन ५ सय ८८ जनाले जिते कोरोना

काठमाडौं, १५ भदौ–आज ५ सय ८८ जना कोरोना भाइरस (कोभिड(१९) संक्रमण मुक्त भएका छन् । योसँगै आजसम्म कोरोना जितेर घर फर्किनेको संख्या २१ हजार ४ सय १० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर...

भारतको बिहारमा चट्याङ लागेर ८३ जनाको मृत्यु

एजेन्सी, असार ११-भारतको बिहारमा चट्याङ पर्दा ८३ जनाको मृत्यु भएको छ । आपतकालीन व्यवस्था विभागले बिहीबारसाँझसम्ममा ८३ जनाको मृत्यु भएको जानकारी दिएको छ । भारतमा चट्याङ लागेर बर्सेनि सयौं मानिसले ज्यान गुमाउने गरेका छन् ।

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्